११ असोज, काठमाण्डौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले महाधिवेशनको निष्पक्षतासँग जोडिएका पछिल्ला निर्णय सच्याउन माग राखेर पार्टीको केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता गर्ने भएको छ ।
शनिबार बसुन्धरास्थित एक पार्टी प्यालेसमा पौडेल पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठकको निर्णयपछि आज दिउँसो पार्टी कार्यालयमा विरोध पत्र दर्ता गर्न लागेको स्रोतले जानकारी दियो ।
विरोध पत्रमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहित २७ जनाको हस्ताक्षर रहेको छ । केन्द्रीय सदस्य कल्याण गुरुङका अनुसार पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासमेतको समर्थनमा विरोध पत्र दर्ता गर्ने प्रयास भइरहेको छ ।
त्यसका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता सिट ा ैलाबीच आइतबार विहानबाट छलफल भइरहेको छ । छलफल भइरहेको स्थान भने खुलाइएको छैन ।
सिटौलामा समूहलाई सामेल हुन नचाहे पनि पदाधिकारी र सदस्यहरू गरी २७ जनाद्वारा हस्ताक्षरित विरोध पत्र दर्ता गर्ने पौडेल समूहको तयारी छ । विरोधपत्र पछि संस्थापन पक्षले निर्णय नसच्याए चरणबद्ध विरोधका कार्यक्रम लिएर जाने पनि पौडेल पक्षको तयारी छ ।