१२ असोज, काठमाण्डौँ । मन्त्रिमण्डल पूनर्गठनको अन्तिम तयारी भइसकेको अवस्थामा सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को छलफलले केही दिन पर्खने निष्कर्ष निकाल्यो । कारण थियो १४ गतेका लागि बामदेव गौतमको विषयमा परेको मुद्दाको संवैधानिक इजलाशका लागि सुनुवाई ।
आजै मन्त्रिमण्डल पुर्नगठन गर्दा बामदेव गौतमलाई नियतवश रोकिएको सन्देश जान्थ्यो । त्यसप्रति प्रचण्डले ओलीलाई सचेत गराएका थिए । त्यसपछि तीन दिन पर्खने सहमति भएको स्रोतको भनाई छ ।
अब मन्त्रिमण्डल पुर्नगठन १४ असोजपछि मात्र हुने भएको छ । उक्त दिन सर्वाेच्च अदालतको संवैधानिक इजलाशले ‘बामदेव गौतमलाई मन्त्री नबनाउनु’ भनी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको मुद्दाको अन्तिम किनारा लगाउने प्रक्रियामा सुनुवाई शुरु हुनेछ । इजलाशको फैसलाबारे धेरैले अनुमान गरिसकेका छन् ।
हिजो प्रचण्ड बालुवाटार पुगेर नरोकेको भए मन्त्रीहरुको लिष्ट नै तयार गरी पुर्नगठन हुने भइसकेको उच्च सा्रेतको भनाई छ । कतिपय नेतालाई त मन्त्री बन्ने खबर नै आईसकेको थियो ।
यसपटक बामदेवमाथि दिनेश त्रिपाठीले दायर गरेको मुद्दाले धेरैको मन्त्री बन्ने सम्भावनालाई केही दिन पछि धकेल्यो । बिदा हुन लागेका मन्त्रीहरु केही दिन पदमै रहने भएका छन् ।
यो पनि पढ्नुहोस्ः