मन्त्रिपरिषद्को बैठक सम्पन्न, मन्त्रीमण्डल हेरफेर बारे छलफल भएन

मन्त्रिपरिषद्को बैठक सम्पन्न, मन्त्रीमण्डल हेरफेर बारे छलफल भएन


११ असोज, काठमाण्डौँ । आकस्मिक रुपमा आज बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

साथै नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत डा.अन्जन शाक्यलाई अधिकार दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

नेकपाका दुई अध्यक्षबीच आज बिहान भएको छलफलमा मन्त्रीमण्डल हेरफेर गर्नेबारे छलफल भएपनि त्यसबारे मन्त्रिपरिषदमा कुनै प्रसंग नआएको ति मन्त्रीको भनाइ छ ।

मन्त्रीमण्डल हेरफेर तथा थप गर्नेबारे पछिल्लो समय नेकपा दुई अध्यक्षबीच छलफल चलिरहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर