प्रदेश–५ को नाम लुम्बिनी र राजधानी दाङ बनाउने प्रस्तावमाथि मतदान शुरु

प्रदेश–५ को नाम लुम्बिनी र राजधानी दाङ बनाउने प्रस्तावमाथि मतदान शुरु

२० असोज, रुपन्देही । प्रदेश–५ को नाम लुम्बिनी र राजधानी दाङ बनाउने सरकारको प्रस्तावसहित चार वटा प्रस्तावमाथि मतदान शुरु भएको छ । प्रदेशसभाको बैठकमा अहिले मतदान शुरु भएको हो ।

मतदानको सबै प्रक्रियाबारे जानकारी दिएपछि सभामुखले मतदान शुरु भएको घोषणा गरेका हुन् । नाम लुम्बिनी र राजधानी दाङ राख्ने सरकारको प्रस्तावमा दुई तिहाई मत प्राप्त हुने सम्भावना रहेको छ ।

८७ सांसद संख्यामध्ये ६१ जना नेकपाका भएका र उक्त दलले ह्वीप पनि जारी गरेकाले प्रस्तावको पक्षमा मत पुग्ने भएको हो ।

यस्तै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशभरका वासिन्दाको मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी प्रस्ताव गरेको बताउनुभएको छ ।

अहिले ५ नम्बर प्रदेशमा रहेका विगतका ३ वटा अञ्चल (लुम्बिनी, राप्ती र भेरी) को केन्द्रविन्दुको रुपमा राप्ती उपत्यकालाई राजधानी बनाउन खोजेको उहाँले बताउनुभयो ।

प्रदेशसभा बैठकमा मंगलबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो ‘राप्ती उपत्यका देउखुरी क्षेत्रले कुनै एउटा भेगको मात्र प्रतिनिधित्व गर्दैन । यो ठाउँले दुईवटा आञ्चलिक (राप्ती र लुम्बिनी) मनोविज्ञानलाई जोड्ने काम गर्छ, साविकको भेरी अञ्चलको बाँके र बर्दियाको मनोविज्ञानलाई पनि जोड्ने काम गर्छ ।’

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270