प्रेस काउन्सिको कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठलाई हटाईयो

२ भाद्र, काठमाण्डौँ । सरकारले प्रेस काउन्सिको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ । हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यसअघि कार्यवाहक अध्यक्ष रहनुभएका किशोर श्रेष्ठको जिम्मेवारी खोस्दै भण्डारीलाई नियुक्त गरेको हो । भण्डारीलाई केही दिनअघि सरकारले काउन्सिलको सदस्यमा नियुक्त गरेको थियो । यस्तै डा.कल्याण रोकालाई युवा तथा साना व्यवसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको स्रोतले बतायो । श्रेष्ठको काउन्सिलको सदस्य पद भने यथावत नै..

तपाईंहरु समस्या सृजना गर्ने समाधान गर्न नसक्ने ? कार्यदल किन ?–बामदेव गौतम

१ भाद्र, काठमाण्डौँ । ‘तपाईंहरु आफै समस्या सृजना गर्ने आफै समाधान गर्न नसक्ने ?’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा उपाध्यक्ष बामदेव गौतमले उठाउनुभएको प्रश्न । विवाद समाधान गर्न गठित कार्यदलप्रति असहमती जनाउदै गैतमले असन्तुष्टि ब्यक्त गर्नुभयो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको द्वन्द्वका कारण समस्या सृजना भएको भन्दै गौतमले दुबै जना बसेरै समस्याको निकास निकाल्नुपर्ने बताउनुभयो । नेकपाका एकजना सचिवालय सदस्यका अनुसार गौतम निकै कडा ढंगले..

संवैधानिक नियुक्तिको सकसः १५ पदको बार्गेनिङमा काँग्रेस

१ भाद्र, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच संवैधानिक आयोगका रिक्त पदाधिकारी र सदस्यको नियुक्तिका सम्बन्धका छलफल भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकसँग संवैधानिक आयोगमा नियुक्तिका सन्दर्भमा छलफल गर्नुभएको थियो । यसअघि उक्त विषयमा..

ओली–मोदी फोन संवादको तारतम्य !

१ भाद्र, काठमाण्डौँ । पाँच वर्षअघिको भारतीय नाकाबन्दीमा राजनीतिक कारण थियो । अहिले विश्वव्यापी महामारी कोरोनाको प्रकोप छ । यस्तो अवस्थामा नक्सा र राम जन्मभूमि अयोध्या बारे उसलाई जति रिस उठेपनि नाकाबन्दीको हदसम्म जान नसक्ने विश्लेषण गरिएको छ । मानवीय दृष्टिकोणबाट पनि भारत यसपटक विगतमाझैँ नाकाबन्दीको हदमा जाँदैन भनिएको छ । उसले निर्यातजन्य वस्तुमा करलगायतको विषय उठाएर अप्ठेरो पार्ने योजना बनाएपनि महामारीमा त्योसमेत मानवीय दृष्टिकोणले उपयुक्त नभएको भन्दै त्यत्तिकै पन्छाएको..

कांग्रेस सभापतिमा कस्ले बाजी मार्लान् ? शिर्ष नेताहरुको आ–आफनै तयारी !

१ भाद्र, काठमाण्डौँ । नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीको आगामी महाधिवेशनमा आफूले सभापतिमा शेरबहादुर देउवालाई पराजित गर्न सक्ने बताउनुभएको छ । उहाँले अब आफू पार्टी र देश हाँक्नका लागि तम्तयार भएको समेत बताउनुभयो । ‘म शेरबहादुरजीलाई सभापतिमा पराजित गर्न सक्छु,’ सिंहले पत्रकार ऋषि धमलासँग भन्नुभयो, ‘अब शेरबहादुरजीको नेतृत्वमा पार्टी चल्दैन, म नेपाली काँग्रेसलाई प्रभावशाली टिम दिनसक्छु ।’ देउवाको विकल्प दिन पार्टी सभापतिमा सबै आकांक्षीहरु मिलेर जानुपर्नेमा सिंहको जोड..

आज एकै दिनमा थपिए ६ सय ४१ जना कोरोना संक्रमित

३२ श्रावण, काठमाण्डौँ । नेपालमा आज एकै दिनमा कोरोना भाइरसका ६ सय ४१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिनुभएको हो । आजसम्म १७ हजार ३ सय ३५ जना संक्रमणमुक्त भएका छन् । आज १३४ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिनुभयो । यस्तै हालसम्म मृतकको संख्या..

सिमा विवाद समाधान गर्ने बाटो खुल्योः कलम थापा

३२ श्रावण, काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको टेलिफोन वार्तालाई स्वागत गुर्नभएको छ । अध्यक्ष थपाले लामो समयदेखिको सम्वादहीनता अन्त्य हुनु सकारात्मक भएको पनि टिप्पणी गगर्नुभएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष थापाले दुई देशका प्रधानमन्त्रीबीच यसरी सम्वाद हुनुलाई सकारात्मक र स्वागतयोग्य बताउँदै अब सिमा विवादलगायत छिपक्षीय हितका सबै विषय समाधान गर्ने वार्ताको बाटो..

प्रेमी बन्छौ कि शासक ? भन ए पुरुष !

३१ श्रावण, काठमाण्डौँ । विश्वविख्यात चित्रकार, मूर्तिकार, डिजाइनर, कवि अनि नाटककार हुन् पाब्लो पिकासो । बीसौं शताब्दीका सबैभन्दा चर्चित तर विवादास्पद व्यक्तित्व । उनले १४–१५ वर्षको कलिलो उमेरमै उत्कृष्ट चित्र बनाउन थालेका थिए । २५ वर्षको उमेरमा कोरेको कलाकृति ‘एभिगननका महिलाहरू’ पहिलो सुप्रसिद्ध चित्र । उनले सो चित्र एक वर्ष लगाएर बनाएका थिए । सन् १९३७ मा स्पेनी गृहयुद्धको समय जर्मन सेनाले स्पेनमा बम बर्साएपछि त्यसको विरुद्ध ‘गेर्निका’ चित्र तयार..

ओली र मोदीबीच टेलिफोन संम्वादः भारतीय स्वतन्त्रता दिवशको शुभकामना

३१ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नेपाल भारत द्धिपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ । छलफलका क्रममा प्रधानमन्त्री ओलीले अर्थपूर्ण द्धिपक्षीय सहकार्यको अपेक्षा समेत व्यक्त गर्नुभएको छ । आज अपरान्ह प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग टेलिफोन वार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीअनुसार प्रधानमन्त्री ओलीले गत १० अप्रिल २०२० मा मोदीसँग गरेको कुराकानीको सम्झना गरेका थिए । साथै,..

कोरोना कहरः कतै निषेधाज्ञा, कतै सेवा ठप्प

३१ श्रावण, काठमाण्डौँ । नेपालमा कोरोना संक्रमणले पछिल्लो समय भयावह स्थिती सृजना गरेको छ । समुदाय स्तरमा संक्रमण फैलिएपछि नियन्त्रण तथा रोकथाममा निकै कठिनाई भइरहेको छ । देशका विभिन्न स्थानमा निषेधाज्ञा र सेवा बन्द गर्न थालिएको छ । आज मात्रै पनि दर्जनौँ ठाउँमा विभिन्न सेवा बन्द तथा निषेधाज्ञादेखि लकडाउनसम्मको निर्णय गरिएको छ । झापाका दमक नगरपालिकाले विहान ८ बजेदेखी दिउसो ४ बजे सम्ममात्र पसल खोल्न अनुमती दिएको छ । मोटरसाईकलमा..