दाङलाई प्रदेश–५ को राजधानी बनाउने पक्षमा मतदान गर्न नेकपाको ह्वीप

दाङलाई प्रदेश–५ को राजधानी बनाउने पक्षमा मतदान गर्न नेकपाको ह्वीप


१८ असोज, रुपन्देही । प्रदेश–५ को राजधानी दाङलाई बनाउने पक्षमा मतदान गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ह्वीप जारी गरेको छ । सोमबार विहान बसेको प्रदेश–५ को संसदीय दलको बैठकले दाङलाई राजधानी बनाउने पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।

नेकपा प्रदेश–५ प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालले ह्वीप जारी गर्ने निर्णय भएको जानकारी दिनुभयो । ढकालका अनुसार सरकारले निर्णय गरी दर्ता भएको प्रस्तावको पक्षमा मतदान गर्न ह्वी जारी गर्ने निर्णय भएको छ । नेकपाको ह्वीपसँगै दाङलाई राजधानी बनाउने प्रस्ताव प्रदेशसभाबाट पारित हुने सम्भावना बढेको छ ।

प्रदेश–५ को ८७ प्रदेश सांसद मध्ये नेकपाका ६१ जना छन् । ५८ मत दाङको पक्षमा परेमा दुई तिहाईले राजधानी बनाउने प्रस्ताव पारित हुनेछ ।

आजबाट प्रदेश–५ मा नाम राजधानीबारे छलफल भई भोलि मुख्यमन्त्री शंकर पोखरेलले निर्णायर्थ प्रस्ताव गर्ने तयारी भएको समेत नेकपा प्रमुख सचेतक ढकालले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर