पहिलो बलात्कारको घटना लुकाईयो, पुनः बलात्कार संगै हत्या नै भयो !

१२ असोज, काठमाण्डौँ । पछिल्लो समय नेपालमा बलात्कार जस्तो जघन्य घटना दिनहुँ जसो बाहिर आईरहेको छ । यस्तै घटना फेरी बझाङ जिल्लामा पनि घटेको छ । बझाङ जिल्लाको मष्टा गाउँपालिका–२ की १२ वर्षीय बालिका सम्झना विकको वलात्कार पछि क्रुरतापूर्वक ढंगले हत्या गरिएको घटना भर्खेरै मात्र बाहिर आएको छ । बलात्कारमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन ढिलाइ हुँदा निम्तिने दुष्परिणामको उदाहरण बनेको छ यो घटना । बलात्कारीलाई समयमै प्रहरी प्रशासनसमक्ष उभ्याएर कारवाहीको..

मन्त्रिपरिषद्को बैठक सम्पन्न, मन्त्रीमण्डल हेरफेर बारे छलफल भएन

११ असोज, काठमाण्डौँ । आकस्मिक रुपमा आज बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत डा.अन्जन शाक्यलाई अधिकार दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । नेकपाका दुई अध्यक्षबीच आज बिहान भएको छलफलमा मन्त्रीमण्डल हेरफेर गर्नेबारे..

ओली–प्रचण्डबीच भेटवार्ता

११ असोज, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज छलफल भएको छ । नेकपाका अर्का अध्यक्षसमेत रहनसभएका प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुग्नुभएको थियो । भेटमा सरकार र पार्टीका कामकारबाहीबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । तर, कुन–कुन विषयमा छलफल भयो भन्ने प्रचण्डको सचिवालयले खुलाएन । मन्त्रिपरिषद पुनर्गठनको चर्चा चल्नु, यही चर्चाको बीच आजै प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक आह्वान गर्नु र..

देउवाको निर्णय विरुद्ध विरोध पत्र दर्ता गराउने तयारीमा पौडेल समूह

११ असोज, काठमाण्डौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले महाधिवेशनको निष्पक्षतासँग जोडिएका पछिल्ला निर्णय सच्याउन माग राखेर पार्टीको केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता गर्ने भएको छ । शनिबार बसुन्धरास्थित एक पार्टी प्यालेसमा पौडेल पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठकको निर्णयपछि आज दिउँसो पार्टी कार्यालयमा विरोध पत्र दर्ता गर्न लागेको स्रोतले जानकारी दियो । विरोध पत्रमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहित २७ जनाको हस्ताक्षर रहेको..

नयाँ मन्त्रीका लागि ८ नेताको नाम चर्चामा !

१० असोज, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिवेला मन्त्रिमण्डल पूनर्गठनको तयारीमा जुटेको छ । हालै बसेको सचिवालय बैठकले नै मन्त्रिमण्डल पूनर्गठनबारे छलफल अघि बढाएको हो । मन्त्रिमण्डल पूनर्गठनको मापदण्ड कस्तो बनाउने भन्नेबारे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आन्तरिक छलफल तथा परामर्श भईरहेको छ । सचिवालयका अधिकांश सदस्यहरुले ठूलो मात्रामा पूनर्गठन गर्नुपर्ने धारणा राखेका छन् भने केहीले भने राम्रो काम गर्ने मन्त्रीहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्..

विश्वलाई प्रधानमन्त्रीको सन्देशः अहिले संसारलाई मास्क चाहिएको छ न कि बन्दुक !

१० असोज, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलेभन्दा अहिले बहुपक्षीयवादको सान्दर्भिकता स्थापित भएको बताउँदै त्यसलाई सङ्कीर्ण राष्ट्रिय स्वार्थले नभई बृहत विश्व हित र विधिमा आधारित व्यवस्थाले सहारा दिनुपर्ने औंल्याउनुभएको छ । न्युयोर्कमा जारी राष्ट्र सङ्घको ७५ औँ महासभामा ‘हामीले खोजेको भविष्य र हाम्रो अपेक्षाको संयुक्त राष्ट्र सङ्घः प्रभावकारी बहुपक्षीय क्रियाशीलताको माध्यमबाट कोभिड–१९ सामना, बहुपक्षीयताप्रति हाम्रो सामूहिक प्रतिबद्धताको पुनर्पुष्टि’ विषयमा काठमाडौँबाट अप्रत्यक्षरुपमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सम्बोधन गर्नुहुँदै उहाँले एकतर्फी..

वामदेवको मौलिक हकमाथि न्यायालयको हमला !

९ असोज, काठमाण्डौँ । रिट निवेदकको माग र सर्वाेच्च अदालतको आदेश अनुसार असोज १४ गते बुधबारसम्मका लागि नेकपा उपाध्यक्ष वामदेव गौतमको राष्ट्रियसभाको सांसद पद यथास्थितिमा छ । तर, कहिलेकाँही अदालतले रिट निवेदकद्वारा माग नै नभएका विषयमा आदेश गर्छ, जुन यही प्रकरणमा देखिएको छ । संविधानले प्रत्याभूत गरेको व्यक्तिको मौलिक हक कसैले हनन् गरेमा त्यसको सुनिश्चितता गर्ने दायित्व सर्वाेच्च अदालतको हुन्छ । तर, सर्वाेच्च अदालतले नै नेकपा नेता वामदेव गौतमको मौलिक..

चार दिनदेखी लगातार परिरहेको वर्षा भोलिसम्म

९ असोज, काठमाण्डौँ । देशभर चार दिनयता लगातार परिरहेको वर्षा भोलिसम्म हुने भएको छ । गृह मन्त्रालय अन्र्तगतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ५ असोज देखिको निरन्तरको वर्षा भोलि देखी रोकिन्ने सम्भावना रहेको जानकारी दिएको हो । प्राधिकरणले धेरै ठाउँका खोला, नदीहरुमा बाढी आएकोले जोखिम अझै कायमै रहेको बताएको छ । सतर्कता अपनाउन समेत मन्त्रालयले आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले देशका धेरै स्थानहरुमा आज साँझ हल्का..

अविरल वर्षाका कारण स्याङ्जामा पहिरो खस्दा एकै परिवारका नौ जनाको मृत्यु

८ असोज, झापा । लगातार परेको अविरल वर्षाका कारण स्याङ्जामा पहिरो खस्दा एकै परिवारका नौ जनाको मृत्यु भएको छ । घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा वालिङ नगरपालिका–१४ तमादीमा नौ जना र कालीगण्डकी गाउँपालिका–४ मा एक गरी १० जनाको मृत्यु भएको छ । पहिरोमा परी तमादीका एकै परिवारका चार जना महिला, चार जना पुरुष र एक जना बालकको ज्यान गएको हो । पहिरोमा परि ४८ बर्षकी माया नेपाली, ६० बर्षकी सानु..

मल नल्याउने दुवै कम्पनीको जमानी जफत सहित कालो सूचीमा राख्ने बाटो खुल्यो

८ असोज, काठमाण्डौँ । अन्ततः शैलुङ्ग इन्टरप्राइजेज र होनिको मल्टिपल दुबैको बैंक ग्यारेण्टी जफत गरी कालो सूचीमा राख्ने कृषि सामग्री कम्पनी लिमिटेडको निर्णय कार्यान्वयनको लागि बाटो खुलेको छ । समयमा मल नल्याएपछि सम्झौताबमोजिम अघि बढाइएको उक्त प्रक्रियालाई भाँजो हाल्न शैलुङ्गका शारदाप्रसाद अधिकारी र होनिकोका हुमनाथ कोइरालाले उच्च अदालत पाटनबाट केही दिनअघि ल्याएको अन्तरिम आदेश हिजोदेखि रद्ध भएको छ । मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासले ‘करारमा..