विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ३३ लाख नाध्यो

७ भाद्र, काठमाण्डौँ । विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ३३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ३३ लाख ७७ हजार आठ सय छ नाघेको छ । आइतबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख आठ हजार पाँच सय ८८ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ५९ लाख चार हजार दुई सय ८८ नाघेको छ । गत..

नेकपा कार्यदलले बुझायो अध्यक्षद्वयलाई प्रतिवेदन

६ भाद्र, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा गठित कार्यदलले आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको छ । महासचिव विष्णु पौडेल नेतृत्वको सो कार्यदलले सर्वसम्मतिले तयार पारेको सो प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयलाई बुझाएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । कार्यदलमा शङ्कर पोख्ररेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहनुभएको थियो । यही भाद्र १..

के प्रचण्ड ‘खोरमा थुनिएका बाघ’ भएका हुन् त ?

४ भाद्र, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको राजनीतिमा कमजोर हुँदै गएको होकी भन्दै उहाँकै निकटस्थहरु छक्क पर्न थालेका छन् । जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहने र कुनै न कुनै राजनीतिक अस्त्र फालेर हलचल ल्याउने प्रचण्ड अहिले पुरै शिथिल जस्तो हुनुहुन्छ । तत्कालको समयमा प्रचण्डसंग कुनै बलियो राजनीतिक एजेन्डा देखिदैन । बलियो राजनीतिक अस्त्र पनि देखिदैन । त्यसैले उहाँका अडान फितलो सावित हुनथालेको छ ।..

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबाट श्रेष्ठलाई नहटाउन सर्वाेच्चको अन्तरिम आदेश

३ भाद्र, काठमाण्डौँ । प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई तत्काल पदबाट नहटाउन सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सरकारले हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका किशोर श्रेष्ठलाई नहटाउन र नियमावली संशोधन गर्न पर्नाका कारण पेश गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो । सरकारले प्रेस काउन्सिल ऐन, २०४८ गत श्रावण २६ गते प्रेस काउन्सिल कार्य व्यवस्था नियमावलीमा संशोधन गर्दै कार्यवाहक अध्यक्ष तोक्ने..

नेकपा एमाले निर्वाचन आयोगमा दर्ता

३ भाद्र, काठमाण्डौँ । निर्वाचन आयोगले नेकपा (एमाले) दर्ता गर्ने निर्णय गरेको छ । निवेदन परेसँगै विवादमा आएको सो पार्टीलाई आयोगले वैधता दिने निर्णय गरेको हो । सो दलले गत असारमा दल दर्ताका लागि आयोगमा निवेदन दर्ता भएपछि पछिल्लो समय नेकपामा विवाद उत्पन्न भएको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै यो पार्टी दर्ताको प्रकृया अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको इशारामा भएको दावी गर्नुभएको थियो । सो..

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

३ भाद्र, काठमाण्डौँ । स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई शुभेच्छुक, शुभचिन्तक, आफन्त र साहित्यकार लगायत विभिन्न क्षेत्रका व्यक्तिहरु उहाँको निवास लैनचौर पुगेर श्रद्धाञ्जली दिएका छन् । यस्तै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल आज बिहान घिमिरेको निवासमा पुगेर श्रद्धाञ्जली दिँदै राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभएको छ । यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री यागेश भट्टराईसहित विभिन्न मन्त्री, सांसद, नेतालगायतपनि घिमिरे निवास पुगेर श्रद्धाञ्जली दिनुभएको छ । घिमिरेको १०२ बर्षको उमेरमा हिजो..

अछामको रामारोशनमा बाढीले बगाउँदा १९ जना बेपत्ता

३ भाद्र, अछाम । मङ्गलवार रातिको वर्षाका कारण अछामको रामारोशन गाउँपालिका–५ सैनीबजारमा रहेका करिब १२ घर बाढीले बगाउँदा १९ जना बेपत्ता भएका छन् । बेपत्ता मध्ये चार जनाको सब फेला परेका जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो । अविरल वर्षाका कारण कैलाशखोलामा आएको बाढीले खोला किनारमा रहेको सैनीबजारका सम्पूर्ण घर तथा पसल बगाएको र घटना स्थलबाट करिब ३/४ किलोमिटर टाढा शव फेला परेका..

कोरोना संक्रमण रोकथामको जिम्मा सीडीओलाई (मन्त्रिपरिषद् बैठकको निर्णय हेर्नुहोस्)

२ भाद्र, काठमाण्डौँ । सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न सिंहदरवारमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहनुभएका सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सो जानकारी गराउनुभएको हो । प्रमुख जिल्ला अधिकारीले सम्वन्धित जिल्ला भरी वा निश्चित क्षेत्र तोकेर निषेधाज्ञा जारी गर्ने तथा..

रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे

२ भाद्र, काठमाण्डौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उहाँको आज अपरान्ह ५ बजेर ५५ मिनेटमा निधन भएको हो । एक सय वर्ष कटिसक्नुभएका राष्ट्रकविको कपुरधारास्थित निवासमै निधन भएको हो । उहाँको केही समययता स्वास्थ्यमा समस्या देखिएको थियो । घिमिरेको जन्म १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । उहाँलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकारका रुपमा चिनिन्छ ।..

नेकपामा महाधिवेशनको चर्चाः प्रचण्ड सहमतिको बिन्दु खोज्दै !

२ भाद्र, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीमा एकता महाधिवेशनको चर्चा चलेको छ । पार्टी विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशन घोषणालाई सहमतिको एउटा बिन्दुका रुपमा लिएको बुझिएको छ । त्यसै अनुसार विवाद समाधानको खाका तयार गरिरहेको कार्यदलले महाधिवेशनको विषयलाई समेत समेटेर छलफल गरिरहेको छ । स्रोतका अनुसार नेकपाभित्र एकता महाधिवेशन घोषणा भएमा सहमतिबाट महाधिवेशन प्रतिनिधि चयनको विषय उठेको छ । पूर्व माओवादीको तर्फबाट तल्लो..