प्रधानमन्त्रीसहित सबै मन्त्रीले पाउने दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय

३ कार्तिक, काठमाण्डौँ । मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली र सबै मन्त्रीले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । आज (सोमवार) मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता संञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले यस्तो जानकारी दिनुभएको हो ।

‘मन्त्रिपरिषद्का सबै सदस्यहरुले दसैं भत्ता वापतको रकम कोरोना कोषमा कोरोना रोकथाम तथा उपचारमा सघाउने गरी जम्मा गर्ने निर्णय भएको छ’, उहाँले भन्नुभयो, ‘संघीय मन्त्रीपरिषद्को निर्णयको मर्म अनुसार प्रदेश सरकारका मन्त्रीहरुलाई पनि कोषमा जम्मा गर्न आग्रह गर्ने निर्णय भएको छ ।’

यसअघि कोरोना महामारीका बीच सांसदहरुले दसैँ भत्ता लिएको समाचार बाहिरिएपछि नेकपा र काँग्रेसले सांसदहरुले पाएको सो वापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ । यस्तै पार्टी निर्णयअघि नै केही सांसदहरुले स्वतस्फूर्त रुपमा रकम फिर्ताको घोषणा समेत गरेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270