नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेसको केन्द्रीय समिति बैठक अनिश्चत

१८ असोज, काठमाण्डौँ । संगठनका चार जना केन्द्रीय सदस्यमा कोरोना पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अनिश्चत भएको छ । हिजो नेपाली कांग्रेसका चार जना केन्द्रीय सदस्यमा कोरोना पुष्टि भएको थियो भने अझै केहिको रिपोर्ट आउँन बाँकि छ । केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगनकुमार थापा, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ र कल्पना चौधरीमा कोरोना संक्रमण देखिएपछि सबैको रिपोर्ट नआउन्जेल बैठक स्थिगित भएको कांग्रेस स्रोतले जनाएको छ । आज विहान..

आणविक अस्त्रको खर्च शान्ति र मानवताको हितका खातिर उपयोग गरौँ

१७ असोज, काठमाण्डौँ । नेपालले पारमाणविक हातहतियारका निम्ति विनियोजित स्रोतलाई समग्र शान्ति र मानवताको बृहत्तर हितका खातिर अघि सारिएका दिगो विकास योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । संयुक्त राष्ट्र सङ्घको ७५ औँ महासभाको सन्दर्भमा आणविक शस्त्रास्त्रको पूर्ण उन्मूलनसम्बन्धी अन्तरराष्ट्रिय दिवसका अवसरमा आज न्यूयोर्कमा भएको उच्चस्तरीय बैठकमा नेपालले आणविक हातहतियारको कालो छाया रहेसम्म विश्व सुरक्षित स्थान बन्न नसक्ने यथार्थ प्रस्तुत गरेको हो । पूर्वअभिलखित ‘भिडियो’ सम्बोधनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिलेको..

आज थपिए २१२० कोरोना संक्रमित

१७ असोज, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसका आज २१ सय २० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ८४ हजार ५ सय ७० पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिनुभएको छ । आजसम्म ६२ हजार सात सय ४० जना संक्रमणमुक्त भएका छन् । आज २०४४ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिनुभयो । यस्तै काठमाडौं उपत्यकामा मात्र ११७७ जना कोरोनाभाइरस संक्रमित..

प्रदेश–५ को राजधानी दाङलाई तोक्ने पक्षमा मतदान गर्ने नेकपा प्रदेश–५ संसदीय दलको निर्णय

१७ असोज, रुपन्देही । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश–५ संसदीय दलको आजको बैठकले प्रदेशको राजधानी दाडको देउखुरी र नाम लुम्बिनी राख्ने प्रस्तावमा मतदान गर्ने निर्ण गरेको छ । बैठकले प्रदेशसभामा हिजो पेस भएको प्रदेशको स्थायी राजधानी र नामाकरणसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । उक्त बिषयमा आज बिहानैबाट बसेको संसदीय दलको बैठकले सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको नेकपा प्रदेश–५ का प्रमुख सचेतक भूमिश्वर..

नेकपा सचिवालय बैठक स्थगित

१७ असोज, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ । आज अपरान्ह ४ बजेका लागि बोलाईएको बैठक स्थगित भएको हो । बैठक स्थगित भएको जानकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले अन्य पदाधिकारी तथा सदस्यहरुलाई जानकारी दिएको छ । आजको बैठकमा सरकारले गरेको राजदूत नियुक्ति, प्रदेश–५ को राजधानी तोक्ने विषय, मन्त्रिमण्डल पुर्नगठनलगायतका विषयमा छलफल हुने भएको थियो । आजको बैठकमा कतिपय नेताहरुले प्रधानमन्त्री ओलीप्रति तिव्र असन्तुष्टि जनाउने तयारी..

प्रधानमन्त्री ओली बिरुद्ध मोर्चाबन्दीः दाहाल, खनाल, नेपाल, गौतम एक कित्तामा !

१७ असोज, काठमाण्डौँ । आज (शनिबार) अपरान्हको लागि तय गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक यसपटक सामान्य नहुने छाँटकाँट छ । पार्टीभित्र संकट टरेको मात्र थियो तर प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी संग छलफल नै नगरी केही निर्णयहरु गरिदिनुभयो । यस हप्ता मुख्य सचिव र राजदूतको नियुक्ति भयो । त्यसमा ओलीले एकलौटी ढंगले निर्णय गरेको भन्दै नेताहरु असन्तुष्ट छन् । स्रोतका अनुसार वरिष्ठ नेता माधवकुमार नेपाल सबैभन्दा असन्तुष्ट हुनुहुन्छ..

प्रदेश–५ राजधानी विवादः शंकर पोखरेलले बाजी मार्दा विष्णु पौडेल चेपुवामा !

१७ असोज, रुपन्देही । प्रदेश–५ को राजधानी दाङ हुने करिव–करिव पक्का भएको छ । प्रदेश–५ को प्रदेशसभामा राजधानी दाङलाई बनाउने सहमति भएपछि विरोध र समर्थनका स्वरहरु बाहिर आउन थालेका छन् । प्रदेश–५ को दाङ र बुटवलमध्ये एक राजधानी हुने निश्चित नै थियो । तर, नेताहरुबीच लामो रस्साकस्सीपछि दाङको सम्भावना बढेर गयो । दाङ राजधानी प्रस्ताव हुनुमा मुख्यमन्त्री शंकर पोखरेल पनि मुख्य कारण हुन् । पोखरेलको गृहजिल्ला दाङ हो । नेकपा..

ओली–दाहालबीच भेटवार्ताः शनिबार सचिवालय बैठक बस्ने

१६ असोज, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज विहान बालुवाटारमा बसेको बैठकमा मन्त्रिमण्डल पुर्नगठन, राजदूत नियुक्तिलगायतका विषयमा छलफल भएको स्रोतको भनाई छ । नेकपा भित्र मन्त्रिमण्डल पुर्नगठनबारे अझै कुरा मिल्न सकेको छैन । सहमति बन्न नसकिरहँदा प्रधानमन्त्री ओलीले मुख्य सचिव र राजदूतको नियुक्ति गरेपछि प्रचण्डलगायतका नेताहरु असन्तुष्ट बन्दै आएका छन् । दुई नेताबीच झण्डै पौने घण्टामात्र भेटवार्ता भएको..

चर्चामा तीन नेताः को बन्लान् अर्थमन्त्री ?

१६ असोज, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीमा मन्त्रिपरिषद पुनगर्ठनको गृहकार्य जारी छ । नेताहरुबीच मापदण्डका विषयमा सहमति नजुट्दा भाद्र समसान्तमा नै गर्ने भनिएको मन्त्रिपरिषद पुनर्गठनले पार पाउन सकेको छैन । बिहीबारमात्रै सरकारले तत्कालिन अर्थमन्त्री समेत रहनुभएका प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा.युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गर्नुभएसँगै मुलकको सम्पूर्ण अर्थतन्त्रको हिसाबकिताब राख्ने अर्थमन्त्रालयको नेतृत्व गर्ने अवसर अब कसले पाउला ? भन्ने चासो बढ्न पुगेको छ । राष्ट्यिसभा..

बामदेवको सत्ता यात्रामा दिनेश त्रिपाठीको धक्का ‘हात्ती छिर्यो पुच्छर अड्कियो’

१२ असोज, काठमाण्डौँ । मन्त्रिमण्डल पूनर्गठनको अन्तिम तयारी भइसकेको अवस्थामा सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को छलफलले केही दिन पर्खने निष्कर्ष निकाल्यो । कारण थियो १४ गतेका लागि बामदेव गौतमको विषयमा परेको मुद्दाको संवैधानिक इजलाशका लागि सुनुवाई । आजै मन्त्रिमण्डल पुर्नगठन गर्दा बामदेव गौतमलाई नियतवश रोकिएको सन्देश जान्थ्यो । त्यसप्रति प्रचण्डले ओलीलाई सचेत गराएका थिए । त्यसपछि तीन दिन पर्खने सहमति भएको स्रोतको भनाई छ ।..