दशैं भत्ता फिर्ता गर्न कांग्रेस सांसदलाई देउवाको निर्देशन

दशैं भत्ता फिर्ता गर्न कांग्रेस सांसदलाई देउवाको निर्देशन


३ कार्तिक, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्न निर्देशन दिनुभएको हो ।

‘यो वर्षको दशैंभत्ता सरकारलाई फिर्ता गर्ने भनेर हामी संसद सदस्यहरुलाई नेपाली कांग्रेस पार्टीको निर्देशन छ । हामी त्यहीअनुसार गर्छौ ।’ कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले भन्नुभयो ।

सरकारले पछिल्लो पटक पीसीआर परीक्षण आफैं गर्न भनेकोमा पनि नेपाली कांग्रेसले विरोध गरेको छ । जनताको ज्युधनको सुरक्षा गर्ने दायित्व सरकारको हुने भन्दै कांग्रेसले यो दायित्वबाट सरकार पन्छिन नमिल्ने जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर