सरकारका प्रवक्ता भन्छन् ‘ढुक्क हुनुहोस्, फेरी राष्ट्रव्यापी लकडाउन हुन्न’

२१ असोज, काठमाण्डौँ । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अब नेपालमा राष्ट्रव्यापी लकडाउन हुने सम्भावना नरहेको बताउनुभएको छ । उहाँका अनुसार संक्रमण अध्यधिक बढ्यो भने ‘हट स्पट’हरुमा चाहिँ स्थानीय प्रशासनले निषेधाज्ञा लगाउन वा सिल गर्न सक्ने बताईएको छ । चैत्र १० मा नेपालमा दोस्रो संक्रमण पुष्टि भएसँगै सरकारले देशभर लकडाउन गरेको थियो । उक्त लकडाउनको अवधी श्रावण ६ सम्म कायम रह्यो । त्यसपछि सरकारले संक्रमण बढे निषेधाज्ञा जारी गर्र्ने..

राप्रपाको एकीकरणलाई वैधानिकता

२१ असोज, काठमाण्डौँ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को एकीकरणलाई वैधानिकता दिएको छ । आयोगको बैठकबाट दुई पार्टीबीच एकीकरण गरी राप्रपाका नाममा दल दर्ता गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको जानकारी दिँदै पार्टी अध्यक्ष कमल थापाले एकीकरणले वैधानिकता प्राप्त गरेकामा गौरव लागेको बताउनुभएको छ । प्रजातन्त्रको पुनःस्थापनापछि वि.सं. २०४७ जेष्ठ १५ गते पूर्वपञ्चहरुको समूहले..

अनसनरत डा.केसीसँग वार्ता गर्न समिति गठन

२१ असोज, काठमाण्डौँ । सरकारले २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता समिति बनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेका शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिनुभयो । चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित विभिन्न माग राख्दै अनशनरत केसीसँग वार्ता गर्न वार्ता टोली गठन गर्न चिकित्सक..

ओली–गौतम ‘वन टु वन’ वार्तामा

२१ असोज, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमसंग वालुवाटारमा ‘वन टु वन’ वार्ता गरिरहनुभएको छ । ओलीले आज विहान गौतमलाई छलफलका लागि अकस्मात बोलाउनुभएको थियो । लगत्तै नेकपा उपाध्यक्ष गौतम भैंसेपाटीबाट निस्किएर १० बजे बालुवाटार प्रवेश गर्नुभएको थियो । गौतमलाई ओलीले मन्त्रिमण्डल पुर्नगठनको विषयमा गम्भीर छलफल गर्न बोलाएको स्रोतले जानकारी दिएको छ । राष्ट्रियसभाका मनोनित सांसद गौतमलाई सरकारमा लान अदालतले अल्पकालिन रोक लगाएको अवस्थामा दुई नेताबीच भेट भइरहेको..

‘भर्जिन ल्याण्ड’मा राजधानी, दंगाली मख्ख ! (फोटो हेर्नुहोस्)

२१ असोज, दाङ । एउटै जिल्लामा दुई उपमहानगरपालिका भएको जिल्ला हो– दाङ । तत्कालीन राप्ती अञ्चलको केन्द्र तुलसीपुर र जिल्ला सदरमुकाम घोराहीमा बजार ठूला छन्, जनसंख्याको चाप छ अनि थुप्रै सरकारी कार्यालय छन्। यिनै संरचना र भौगोलिक हिसाबले प्रदेशको केन्द्र पर्ने पर्ने भएकाले आफ्नो जिल्ला राजधानी हुनु पर्ने दंगालीको सुरूदेखिकै माग थियो । २०७४ माघमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बुटवललाई प्रदेशको अस्थायी राजधानी तोकियो । दंगाली आन्दोलनमा उत्रिए..

आज थपिए १५ सय ५१ जना कोरोना संक्रमित

२० असोज, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसका आज १५ सय ५१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ९० हजार ८ सय १४ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिनुभएको हो । प्रवक्ता गौतमका अनुसार अनुसार संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १०१७ जना रहेका छन् । आजसम्म ६७ हजार ५ सय ४२ जना संक्रमणमुक्त भएका छन् । आज २३४० जना..

प्रदेश–५ को राजधानी दाङको देउखुरी र नाम लुम्बिनी दुई तिहाइ बहुमतले पारित

२० असोज, रुपन्देही । प्रदेश–५ को स्थायी राजधानी र नामको विषय टुंगो लागेको छ । विशेषगरी प्रदेश–५ को राजधानी बुटवल कि दाङ भन्नेमा तीव्र विवाद रहँदै आएकोमा आजको मतदानबाट प्रदेशको स्थायी राजधानी दाङको देउखुरी हुने टुंगो लागेको छ भने प्रदेशको नाम पनि लुम्बिनी भएको छ । प्रदेशसभाको आजको बैठकमा भएको मतदानबाट दुई तिहाइ बहुमतका साथ दाङको देउखुरीलाई राजधानी बनाउने प्रस्ताव पारित भयो । भोटिङमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३..

प्रदेश–५ को नाम लुम्बिनी र राजधानी दाङ बनाउने प्रस्तावमाथि मतदान शुरु

२० असोज, रुपन्देही । प्रदेश–५ को नाम लुम्बिनी र राजधानी दाङ बनाउने सरकारको प्रस्तावसहित चार वटा प्रस्तावमाथि मतदान शुरु भएको छ । प्रदेशसभाको बैठकमा अहिले मतदान शुरु भएको हो । मतदानको सबै प्रक्रियाबारे जानकारी दिएपछि सभामुखले मतदान शुरु भएको घोषणा गरेका हुन् । नाम लुम्बिनी र राजधानी दाङ राख्ने सरकारको प्रस्तावमा दुई तिहाई मत प्राप्त हुने सम्भावना रहेको छ । ८७ सांसद संख्यामध्ये ६१ जना नेकपाका भएका र उक्त दलले..

छाङरुबासीलाई विदेशी भूमिको प्रयोग गर्नु पर्ने बाध्यता हट्यो

२० असोज, दार्चुला । दार्चुला ब्यास नगरपालिका–१ छाङरुबासीलार्ई स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवत–जावत गर्न बाटो निर्माण गरिएको छ । नेपाली सेनाले घाँटीबगड–छाङरु गोरेटोरघोडेटो बाटो खनेर सोमबार स्थानीय तहलाई हस्तान्तरण गरेपछि त्यस क्षेत्रका जनतालाई महाकाली वारी किनारै– किनार भएर आवत–जावत गर्न सुबिधा भएको हो । उक्त घोडेटो बाटो पूर्णरुपमा सञ्चालमा आएसँगै अब मुलुकको एकस्थानबाट अर्काे स्थानको यात्रामा रहँदा विदेशी भूमिको प्रयोग गर्न पर्ने बाध्यता हटेको सैनिक प्रवक्ता सन्तोष बल्लभ..

प्रदेश–१ को नाम किरात, कोशी र सगरमाथा चर्चामा !

२० असोज, विराटनगर । कोरोना भाइरसको महामारीकाबीच प्रदेश–५ ले नाम र राजधानी टुंगो लगाउन लागेसँगै प्रदेश–१ मा पनि नाम र राजधानीको बहस सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता शेरधन राईले नेतृत्व गरेको प्रदेश–१ सरकारले राजधानीको विषय गत २३ वैशाख २०७६ मा टुंगो नै लगाएको छ । नामको विषयमा भने सहमति जुट्न सकेको छैन । नेपालका सात प्रदेश मध्ये पाँचवटाले भूगोलका आधारमा प्रदेशको नाम टुंगो लगाएका छन् ।..