ओली–प्रचण्डबीच भेटवार्ताः कर्णाली प्रदेशको विवादमा हस्तक्षेप नगर्न प्रचण्डको सुझाव

ओली–प्रचण्डबीच भेटवार्ताः कर्णाली प्रदेशको विवादमा हस्तक्षेप नगर्न प्रचण्डको सुझाव


४ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको विवाद अझै मिल्न सकेको छैन । असोज २६ गते नेकपा कर्णालीका सहइन्चार्ज समेत रहेका सदस्य यमलाल कँडेल लगायतका १८ जना सदस्यहरुले मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि सुरु भएको विवाद कसरी मिलाउने भन्नेमा नेताहरुबीच नै मतभेद देखिँदा विवाद लम्बिएको हो ।

यसबारे छलफल गर्न अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले कर्णालीका पदाधिकारीहरुलाई काठमाडौँ बोलाएर छुटछुट्टै छलफल गरेपनि कसरी मिलाउने भन्नेमा ओली र प्रचण्डबीच नै विवाद देखिएपछि विवादबारे निष्कर्षमा पुग्न छैनन् ।

यसैबीच नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्ने जिम्मा प्रदेशलाई नै दिनुुपर्ने प्रस्ताव ओलीसमक्ष राख्नुभएको छ ।

आज प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तामा अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशमा देखिएको समस्यामा केन्द्रले हस्तक्षेप गर्नुभन्दा प्रदेशलाई नै मिलाउने जिम्मेवारी दिनुपर्ने प्रस्ताव गर्नुभएको हो । प्रचण्डको यो प्रस्तावमा प्रधानमन्त्री ओली मौन हुनुहुन्छ । वालुवाटार स्रोतका अनुसार कुनै ठोस सहमति भने बन्न छैन ।

ओली र प्रचण्डबीच करिव २ घण्टा भेटवार्ता भएपनि कर्णाली विवादबारे कुनै निकास नआएको प्रचण्ड निकट एक नेताले जनाए ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर