नेकपामा नयाँ समिकरणको पहलः ओली–नेपालबीच भेटवार्ता

५ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पाटी (नेकपा) भित्र नयाँ समिकरणको पहल शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालबीच हिजो एक्ला एक्लै कुराकानीबाट नयाँ समिकरणको पहल शुरु भएको स्रोतले बताएको छ । ओलीले नेपाललाई मिलेर जान प्रस्ताव गर्नुभएको छ । उहाँले पूर्व एमालेबीचको एकतामा जोड दिएपछि नेपालले त्यसलाई सकारात्मक रुपमा लिनुभएको बुझिएको छ । स्रातेका अनुसार आफू सधै सहमति र सहकार्यको पक्षमा रहेको..

आज थपिए ३०९३ जना कोरोना संक्रमित

४ कार्तिक, काठमाण्डौँ । आज थप तीन हजार ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ८६१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको बताईएको छ । थपिएका संक्रमितमध्ये १७ सय दुई जना उपत्यकाका छन् । स्वास्थ्य मन्त्रालयको आजको नियमित पे्रस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो ।

कोरोना संक्रमितको उपचार सरकारले गर्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल

४ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवंम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने भन्ने सरकारको निर्णय जनताप्रति गैरजिम्मेवार र अनुत्तरदायी भएको भन्दै फिर्ता लिन माग गर्नुभको छ । आज विज्ञप्ति जारी गर्दै सत्तारुढ दलका नेता नेपालले सरकारको निर्णयले आफूलाई गम्भीर बनाएको उल्लेख गर्नुभएको छ । देश कोरोनाको महामारीबाट आक्रान्त भइरहेको र विरामीहरुको संख्या दिनदिनै बढिरहेको बेला नेपाल सरकारले सबै विरामीको उपचार गर्न नसक्ने भन्दै आफ्नो..

ओली–प्रचण्डबीच भेटवार्ताः कर्णाली प्रदेशको विवादमा हस्तक्षेप नगर्न प्रचण्डको सुझाव

४ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको विवाद अझै मिल्न सकेको छैन । असोज २६ गते नेकपा कर्णालीका सहइन्चार्ज समेत रहेका सदस्य यमलाल कँडेल लगायतका १८ जना सदस्यहरुले मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि सुरु भएको विवाद कसरी मिलाउने भन्नेमा नेताहरुबीच नै मतभेद देखिँदा विवाद लम्बिएको हो । यसबारे छलफल गर्न अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले कर्णालीका पदाधिकारीहरुलाई काठमाडौँ..

भारतका सेनापति नरवाणे दिपावलीलगत्तै नेपाल भ्रमणमा आउने निश्चित

४ कार्तिक, काठमाण्डौँ । भारतका सेनापति एम.एस. नरवाणे नेपाल भ्रमणमा आउने भएका छन् । नेपाली सेनाले यसको पुष्टि गरिसकेपनि मिति खुलाएको छैन । तर, उनी दिपावलीलगत्तै नेपाल भ्रमणमा आउने निश्चित भएको छ । नेपाली सेनाले भारतका सेनापति नरवाणे नेपाल भ्रमणमा कात्तिक महिनामै आउने पुष्टि गरेको छ । भारतीय पत्रिका टाइम्स अफ इन्डियाले पनि दिपावलीलगत्तै नरवाणेले नेपाल भ्रमण गर्ने उल्लेख गरिसकेको छ । सेनापति नरवाणे फेब्रुअरी महिनामै नेपाल भ्रमणमा आउने तय..

नवरात्रको आज चौथो दिन, कुष्माण्डा देवीको पूजा–आराधना गरिँदै

४ कार्तिक, काठमाण्डौँ । आज नवरात्रको चौथो दिन, दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन कात्र्तिक १ गते शनिबार दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान..

आज थपिए ३७९० जना कोरोना सङ्क्रमित, १८ जनाको मृत्यु

३ कार्तिक, काठमाण्डौँ । आज देशभर तीन हजार ७९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख ३६ हजार ३६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप दुई हजार ३८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै आज देशभर दुई हजार ३३५ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको..

प्रधानमन्त्रीसहित सबै मन्त्रीले पाउने दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय

३ कार्तिक, काठमाण्डौँ । मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली र सबै मन्त्रीले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । आज (सोमवार) मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता संञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले यस्तो जानकारी दिनुभएको हो । ‘मन्त्रिपरिषद्का सबै सदस्यहरुले दसैं भत्ता वापतको रकम कोरोना कोषमा कोरोना रोकथाम तथा उपचारमा सघाउने गरी जम्मा गर्ने निर्णय भएको छ’, उहाँले भन्नुभयो, ‘संघीय मन्त्रीपरिषद्को निर्णयको..

सरकारको प्रवक्ताको जिम्मेवारी संञ्चारमन्त्री गुरुङलाई

३ कार्तिक, काठमाण्डौँ । संञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ता तोकिएको छ । मन्त्रिपरिषद्ले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको बालुवाटार स्रोतको भनाई छ । गुरुङलाई प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै लागू हुने गरी दिने तयारी छ । यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारको प्रवक्ता हुनुहुन्थ्यो । गुरुङ वर्तमान सरकारका चौथो प्रवक्ता हुनुहुन्छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट गुरुङलाई गएको असोज २८ मा संञ्चार मन्त्रालयको जिम्मेवारी दिएपछि प्रवक्तासमेत..

दशैं भत्ता फिर्ता गर्न कांग्रेस सांसदलाई देउवाको निर्देशन

३ कार्तिक, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्न निर्देशन दिनुभएको हो । ‘यो वर्षको दशैंभत्ता सरकारलाई फिर्ता गर्ने भनेर हामी संसद सदस्यहरुलाई नेपाली कांग्रेस पार्टीको निर्देशन छ । हामी त्यहीअनुसार गर्छौ ।’ कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले भन्नुभयो । सरकारले पछिल्लो..