मुख्य समाचार
नेपाल सरकारको परराष्ट्र नीति सार्वजनिक
२१ मंसिर, काठमाण्डौँ । सरकारले परराष्ट्र नीति सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयमा आज पत्रकार सम्मेलन आयोेजना गरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक गर्नुभएको हो । नीतिमा छिमेकी लगायत सबै मित्रराष्ट्रसँग नेपालले सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उल्लेख छ । छिमेकी राष्ट्रहरुसँग स्वतन्त्र र सन्तुलित सम्बन्ध कायम राखिने, नेपाली भूमि छिमेकीको हित प्रतिकूल प्रयोग हुन नदिने, सीमाको सुरक्षा तथा व्यवस्थापन गरिने,..
कुनै शक्तिसँग नझुक्ने भन्दै प्रचण्डलाई ओलीको चुनौती
२१ मंसिर, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै शक्तिसँग नझुक्ने भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कडा चुनौती दिनुभएको छ । आज स्थायी कमिटी बैठकमा सहभागी नहुनुको कारण उल्लेख गरी पत्र पठाउँदै उहाँले प्रचण्डलाई चुनौती दिनुभएको हो । ओलीले अर्का अध्यक्ष प्रचण्डद्वारा सचिवालयमा प्रस्तुत यसअघिको प्रतिवेदनलाई सङ्गीन आरोपपत्रको संज्ञा दिनुभएको छ । उहाँले पत्रमा लेख्नुभएको छ, ‘आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको..
आज थपिए १०२४ जना कोरोना संक्रमित, १० जनाको मृत्यु
२० मंसिर, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा देशभर १०२४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ४०२ महिला र ६२२ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २२०६ जना निको भएका छन् भने १० जनाको मृत्यु भएको छ । आजमात्र बीचमा ६ हजार ७४ जनाको कोरोना परीक्षण भएको थियो । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ भने..
अध्यक्ष र प्रधानमन्त्रीबाट नहट्ने ओलीको अडान, विबाद मिलाउने जिम्मा स्थायी कमिटीलाई
२० मंसिर, काठमाण्डौँ । ‘मलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन खोजिरहनुभएको होला तर म दुवै पद छाड्दिनँ,’ आज नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा रातो ज्याकेटमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो । उहाँले पार्टीभित्र बहुमतका आधारमा आफूलाई हटाउन नसकिने समेत बताउनुभयो । ओलीले अडान नछाड्ने संकेत गर्दै पार्टीको एकता महाधिवेशनसम्म आफू अध्यक्षमा रहने र अर्काे संसदीय चुनाव नभएसम्म प्रधानमन्त्री हुने स्पष्ट पार्नुभयो । ओलीले आफू सधै पदमा रहिरहने नभनेको र आगामी..
चिनिया रक्षामन्त्रीको नेपाल भ्रमणले दुई देशको सैन्य सहायता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा
१४ मंसिर, काठमाण्डौँ । चिनिया रक्षामन्त्री वेइ फेङहेको आज हुन लागेको एकदिवसीय कार्यगत भ्रमणले नेपाल र चीनबीचको सुरक्षा सम्बन्ध अझ सुदृढ भई द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने अपेक्षा गरिएको छ । तत्कालीन रक्षामन्त्रीको निमन्त्रणामा हुन लागेको यो भ्रमण शताब्दीऔँ पुरानो समस्यारहित नेपाल–चीन सम्बन्ध परिवर्तित वर्तमान सन्दर्भमा अर्थपूर्ण मानिएको छ । नेपालबाट दुईपटक रक्षामन्त्रीको चीन भ्रमण भइसकेकाले बेइजिङबाट पनि रक्षामन्त्रीको भ्रमण हुनुलाई असामान्य मान्नुपर्दैन । एक्काइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै..
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी
१४ मंसिर, काठमाण्डौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । आईतवार विहान सम्पन्न मतगणना अनुसार उहाँ आफ्ना प्रतिद्वन्द्दी किशोर प्रधानलाई पराजित गर्दै वरिष्ठ उपाध्यक्षमा विजयी हुनुभएको हो । शनिवार भएको ५४ औं वार्षिक साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित हुनुभएको हो । महासंघको विधान अनुसार ढकाल अव निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । नवनिर्वाचित..
ओलीको जवाफी प्रस्तावले प्रचण्ड आक्रोशित
१३ मंसिर, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफी प्रस्ताव पेस गर्नुभएको छ । प्रधानमन्त्री ओलीले पेस गरेको जवाफी पत्र सचिवालय सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ । उक्त प्रस्तावमाथि अध्ययन गरेपछि मंसिर १६ गते दिउँसो एक बजे बस्ने सचिवालय बैठकमा छलफल हुने भएको छ । बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सच्चिनेगरि प्रस्तुत नभएको भन्दै कडा आलोचना पनि..
चीनका रक्षामन्त्री वेइ फेङ्हो आइतबार नेपाल आउदैँ
१३ मंसिर, काठमाण्डौँ । छिमेकी राष्ट्र चीनका रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने भ्रमणमा आइतबार काठमाण्डौँ आउनुहुने भएको छ । सरकारले फेङहीको एकदिने नेपाल भ्रमणबारे औपचारिक जानकारी दिएको हो । भ्रमणको क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उहाँले प्रधान सेनापति पूर्णचन्द्र थापालाई पनि भेट गर्नुहुनेछ । उहाँ आइतबार नै चिन फर्कने कार्यक्रम छ । भारतीय विदेश..
नेकपा सचिवालय बैठक आज बस्दैः प्रधानमन्त्रीको जवाफ तयार
१३ मंसिर, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । पूर्वनिर्धारित सचिवालयको बैठक आज अपराह्न १ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ तयार गर्नुभएको छ । प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयको गत कार्तिक २८ गतेको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्र अस्वीकार गरी त्यसको जवाफ दिन लाग्नुभएको हो..
उद्योग वाणिज्य महासंघको मतदान शुरु, भावी नेतृत्वका लागि ढकाल र प्रधान मैदानमा
१३ मंसिर, काठमाण्डौँ । नेपाल उद्योग वाणिज्य महासंघको मतदान शुरु भएको छ । मतदान अहिले विहानबाट शुरु भएको हो । महाधिवेशनको अन्तिम दिन आज भएकाले निर्वाचन प्रकृया सुरु भएको हो । मतदान टेकुस्थित महासंघको केन्द्रीय कार्यालय, कार्की बैंकेट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भईरहेको छ । टेकुमा वस्तुगत संघ समूह, बबरमहलमा एशोसिएट समूह र कमलादीमा उद्दोग वाणिज्य समूहले मतदान गर्ने गरी व्यवस्था मिलाइएको महासंघले जनाएकोे छ । भावी नेतृत्वको..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७