ओली भेट्न बालुवाटारमा प्रचण्ड

ओली भेट्न बालुवाटारमा प्रचण्ड


५ पौष, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुग्नुभएको छ । पाटीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला आज बस्न लागेको स्थायी कमिटि बैठकअघि प्रचण्ड ओली भेट्न बालुवाटार पुग्नुभएको हो ।

स्रोतका अनुसार अहिले ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ । यसअघि हिजो भएको ओली प्रचण्ड वार्तामा ओलीले अध्यादेश फिर्ता लिनुपरे आफुमाथि आरोप लगाउँदै ल्याएको प्रचण्डको प्रतिवेदन फिर्ता हुनुपर्ने अडान राख्नुभएको थियो ।

जवाफमा प्रचण्डले पार्टी कमिटीमा पुगेको प्रस्ताव फिर्ता नहुने बताएपछि ओली खुमलटारबाट बाहिरिनुभएको थियो ।

त्यस्तै ओलीले आफुले पद छोड्नुपरे उपाध्यक्ष वामदेव गौतमलाई अध्यक्ष दिनुपर्ने समेत बताउनुभएको थियो । यसअघि उहाँले गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पनि गर्नुभएको थियो ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर