माधव नेपाल समूहको राजनीतिक अस्तित्व संकटमा

माधव नेपाल समूहको राजनीतिक अस्तित्व संकटमा


६ पौष, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेको बेला संसद विघटनको यो निर्णयले माधव नेपाल समुह संकटमा परेको छ । यदी पार्टी विभाजित भईहालेको खण्डमा कुन कित्तामा जाने भन्ने बिषयले नेपाल समुहको राजनीतिक अस्तित्व धरापमा परेको हो ।

नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन एमालेमा माधवकुमार नेपाल पक्षलाई आफ्नो स्वार्थका दृष्टिले ठुलो बाधक ठान्दै आएका थिए । पछिल्लो घटनाक्रमसँगै ओलीले उक्त समूहलाई राजनीतिक रुपमा संकटमा धकेलिदिएका हुन् ।

पार्टी विभाजन भएमा वा ओली र प्रचण्डपक्ष विभाजित भएको अवस्थामा माधवकुमार नेपाल समूह कुन कित्तामा उभिने भन्ने नैतिक संकट खडा हुने भएको छ । प्रचण्ड पक्षमा उभिँदा जनयुद्ध र पूर्वमाओवादीको विरासत बोक्नुपर्ने, लामो समय आफूले संघर्ष गरेको राजनीतिको विरासतबाट अलग्गिनुपर्ने चुनौती माधव नेपाल पक्षसामु खडा हुनेछ भने ओलीकै पिछलग्गु भएर जानलाई पनि ‘आत्मसमर्पण’ कै अवस्थाबाट गुज्रिनुपर्ने देखिन्छ ।

यस्तो अवस्थामा माधवकुमार नेपाल पक्षले आफ्नो राजनीतिक यात्रालाई कसरी अगाडि बढाउने भन्ने चुनौती टड्कारो हुने देखिन्छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर