मुख्य समाचार

‘भर्जिन ल्याण्ड’मा राजधानी, दंगाली मख्ख ! (फोटो हेर्नुहोस्)
२१ असोज, दाङ । एउटै जिल्लामा दुई उपमहानगरपालिका भएको जिल्ला हो– दाङ । तत्कालीन राप्ती अञ्चलको केन्द्र तुलसीपुर र जिल्ला सदरमुकाम घोराहीमा बजार ठूला छन्, जनसंख्याको चाप छ अनि थुप्रै सरकारी कार्यालय छन्। यिनै संरचना र भौगोलिक हिसाबले प्रदेशको केन्द्र पर्ने पर्ने भएकाले आफ्नो जिल्ला राजधानी हुनु पर्ने दंगालीको सुरूदेखिकै माग थियो । २०७४ माघमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बुटवललाई प्रदेशको अस्थायी राजधानी तोकियो । दंगाली आन्दोलनमा उत्रिए..

आज थपिए १५ सय ५१ जना कोरोना संक्रमित
२० असोज, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसका आज १५ सय ५१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ९० हजार ८ सय १४ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिनुभएको हो । प्रवक्ता गौतमका अनुसार अनुसार संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १०१७ जना रहेका छन् । आजसम्म ६७ हजार ५ सय ४२ जना संक्रमणमुक्त भएका छन् । आज २३४० जना..

प्रदेश–५ को राजधानी दाङको देउखुरी र नाम लुम्बिनी दुई तिहाइ बहुमतले पारित
२० असोज, रुपन्देही । प्रदेश–५ को स्थायी राजधानी र नामको विषय टुंगो लागेको छ । विशेषगरी प्रदेश–५ को राजधानी बुटवल कि दाङ भन्नेमा तीव्र विवाद रहँदै आएकोमा आजको मतदानबाट प्रदेशको स्थायी राजधानी दाङको देउखुरी हुने टुंगो लागेको छ भने प्रदेशको नाम पनि लुम्बिनी भएको छ । प्रदेशसभाको आजको बैठकमा भएको मतदानबाट दुई तिहाइ बहुमतका साथ दाङको देउखुरीलाई राजधानी बनाउने प्रस्ताव पारित भयो । भोटिङमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३..

प्रदेश–५ को नाम लुम्बिनी र राजधानी दाङ बनाउने प्रस्तावमाथि मतदान शुरु
२० असोज, रुपन्देही । प्रदेश–५ को नाम लुम्बिनी र राजधानी दाङ बनाउने सरकारको प्रस्तावसहित चार वटा प्रस्तावमाथि मतदान शुरु भएको छ । प्रदेशसभाको बैठकमा अहिले मतदान शुरु भएको हो । मतदानको सबै प्रक्रियाबारे जानकारी दिएपछि सभामुखले मतदान शुरु भएको घोषणा गरेका हुन् । नाम लुम्बिनी र राजधानी दाङ राख्ने सरकारको प्रस्तावमा दुई तिहाई मत प्राप्त हुने सम्भावना रहेको छ । ८७ सांसद संख्यामध्ये ६१ जना नेकपाका भएका र उक्त दलले..

छाङरुबासीलाई विदेशी भूमिको प्रयोग गर्नु पर्ने बाध्यता हट्यो
२० असोज, दार्चुला । दार्चुला ब्यास नगरपालिका–१ छाङरुबासीलार्ई स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवत–जावत गर्न बाटो निर्माण गरिएको छ । नेपाली सेनाले घाँटीबगड–छाङरु गोरेटोरघोडेटो बाटो खनेर सोमबार स्थानीय तहलाई हस्तान्तरण गरेपछि त्यस क्षेत्रका जनतालाई महाकाली वारी किनारै– किनार भएर आवत–जावत गर्न सुबिधा भएको हो । उक्त घोडेटो बाटो पूर्णरुपमा सञ्चालमा आएसँगै अब मुलुकको एकस्थानबाट अर्काे स्थानको यात्रामा रहँदा विदेशी भूमिको प्रयोग गर्न पर्ने बाध्यता हटेको सैनिक प्रवक्ता सन्तोष बल्लभ..

प्रदेश–१ को नाम किरात, कोशी र सगरमाथा चर्चामा !
२० असोज, विराटनगर । कोरोना भाइरसको महामारीकाबीच प्रदेश–५ ले नाम र राजधानी टुंगो लगाउन लागेसँगै प्रदेश–१ मा पनि नाम र राजधानीको बहस सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता शेरधन राईले नेतृत्व गरेको प्रदेश–१ सरकारले राजधानीको विषय गत २३ वैशाख २०७६ मा टुंगो नै लगाएको छ । नामको विषयमा भने सहमति जुट्न सकेको छैन । नेपालका सात प्रदेश मध्ये पाँचवटाले भूगोलका आधारमा प्रदेशको नाम टुंगो लगाएका छन् ।..

प्रदेश–५ राजधानी बिवादः प्रदेश सभामा कुर्सी तोडफोड, सभामुखमाथि माईक प्रहार
१९ असोज, रुपन्देही । प्रदेश–५ को प्रदेशसभा तनावका बीच नै प्रदेशको स्थायी राजधानीको टुंगो लगाउने देखिएको छ । आज (सोमबार)को प्रदेशसभा बैठकमा तोडफोड, नाराबाजी र आरोप प्रत्यारोपका बीच संसदीय कारबाही भइरहेको थियो । सामान्यतयाः विपक्षीले अवरोध गरेपछि बैठक स्थगित गर्ने र सहमतिको प्रयास गर्ने गरिन्छ । तर आजको प्रदेशसभाको दृश्य त्यस्तो रहेन ।सभामुखले बैठक चलाए भने विपक्षीले पनि आफ्नो मर्यादा भुल्दै कुर्सी नै तोडफोटमा उत्रिए । प्रदेशसभा बैठकमा काँग्रेस सांसदहरुले..

दाङलाई प्रदेश–५ को राजधानी बनाउने पक्षमा मतदान गर्न नेकपाको ह्वीप
१८ असोज, रुपन्देही । प्रदेश–५ को राजधानी दाङलाई बनाउने पक्षमा मतदान गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ह्वीप जारी गरेको छ । सोमबार विहान बसेको प्रदेश–५ को संसदीय दलको बैठकले दाङलाई राजधानी बनाउने पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो । नेकपा प्रदेश–५ प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालले ह्वीप जारी गर्ने निर्णय भएको जानकारी दिनुभयो । ढकालका अनुसार सरकारले निर्णय गरी दर्ता भएको प्रस्तावको पक्षमा मतदान गर्न ह्वी जारी गर्ने निर्णय..

प्रदेश–५ का मुख्यमन्त्री पोखरेलमाथि आक्रमण प्रयास, ९ जना पक्राउ
१९ असोज, रुपन्देही । प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलमाथि भौतिक आक्रमणको प्रयास भएको छ । हिजो साझ उहाँ सवार गाडीमा आक्रमण भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर काठमाडौंबाट भैरहवा हुँदै बुटवल आउने क्रममा राजमार्ग चौराहा नजिक सिद्धार्थ कटेज अगाडि आक्रमण प्रयास भएको हो । पोखरेल सवार गाडीमाथि ढुंगामुढा भएको छ । ढुंगा प्रहार गर्ने काँग्रेस कार्यकर्ता रहेको जनाइएको छ । ढुंगा प्रहार भएपछि प्रहरीले हवाई फायर गरेको..

प्रदेश–५ को राजधानी दाङमा राख्ने निर्णयमाथि पुनर्विचार गर्न विष्णु पौडेलको आग्रह
१८ असोज, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले प्रदेश–५ को राजधानी दाङमा राख्ने निर्णयमाथि पुनर्विचार गर्न पार्टी अध्यक्षद्वय केपी ओली र प्रचण्ड समक्ष माग गर्नुभएको छ । आज दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा महासचिव पौडेलले अध्यक्षद्वयसँग दाङमा राजधानी राख्ने निर्णयबारे पुनर्विचार गर्न आग्रह गर्नुभएको हो । महासचिव पौडेलले ओली र प्रचण्डलाई यस्तो प्रस्ताव राख्दै गर्दा बालुवाटारमा प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल पनि उपस्थित हुनुहुन्थ्यो ।..