मुख्य समाचार
भारत–चीनका उच्च अधिकारीहरुको नेपाल भ्रमणमा होड्बाजी !
८ मंसिर, काठमाण्डौँ । कोरोना महामारीका कारण केही महिना यता स्थगित भएको छिमेकी देशका उच्च अधिकारीहरुको नेपाल भ्रमण सुचारु भएको छ । कोरोना कारण अन्तर्राष्ट्रिय उडान नियमित भइसकेको छैन । तर, विदेशी पाहुनाहरु चार्टर्ड विमानमा काठमाडौं आउजाउ गर्न सुरु गरेका छन् । विशेषतः पछिल्लो समयमा दक्षिणको छिमेकी मुलुक भारतबाट निरन्तर उच्च तहको भ्रमण भइरहेको छ । उत्तरको छिमेकी चीनबाट पनि आगामी साता रक्षामन्त्री आउने निश्चित प्रायः छ । कोरोना संक्रमण..
प्रधानमन्त्री ओली इलाम र ताप्लेजुङ्ग भ्रमणका लागि प्रस्थान
८ मंसिर, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज इलाम र ताप्लेजुङ्गको भ्रमणका लागि त्यस क्षेत्र तर्फ प्रस्थान गर्नुभएको छ । उहाँ हेलिकप्टर मार्फत दुई जिल्ला भ्रमणका लागि निस्कनुभएको हो । उहाँले ताप्लेजुङ्गमा चीनसँग सीमा जोडिएको ओलाङचुङगोलाको निरीक्षण गर्नुहुँने छ । यस्तै इलाममा पनि उहाँ स्थानीय कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको बताईएको छ । ओलीसँग पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ सहभागी हुनुहुन्छ । केही दिनअघि प्रधानमन्त्री ओली संखुवासभा भ्रमणमा जानुएको थियो ।-file..
म कुनै गुटमा छैन, पार्टी फुट्नु हुँदैनः वामदेव गैतम
६ मंसिर, दाङ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताउनुभएको छ । नेकपा तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा गौतमले सो कुरो बताउनुभएको हो । कार्यक्रममा बोल्दै उपाध्यक्ष गैतमले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूहरूले निरन्तर पहल गरिरहेको बताउनुभयो । कुनै गुटमा आफु नरहेको भन्दै सधैं गुटको विपक्षमा रहेको बताउनुभयो । ‘मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्नुहुँदैन..
नेकपा सुसासन र समृद्धिको अभिभारा पूरा गर्न बनेको पार्टी होः मुख्यमन्त्री राई
६ मंसिर, सोलुखुम्बु । प्रदेश–१ का मुख्य मन्त्री शेरधन राईले नेकपा फुट्नका लागि नभई विकास, सुसासन र समृद्धिको अभिभारा पूरा गर्नका लागि बनेको पार्टी भएको बताउनुभएको छ । सोलुखुम्बुको माप्य–खुम्बु मितेरी ट्रष्ट ब्रिजको आज उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राईले नेकपाको अन्तरविरोधमा विकास र संघीयता विरोधीहरु खुशी भएपनि साना साना फुटेका कम्यूनिष्ट पार्टीहरुलाई जोडेर देशको नेतृत्वका लागि नेकपा बनेकाले फुट्ने कल्पना समेत गर्न नसकिने स्पष्ट पार्नुभयो । त्यस अवसरमा छिमेकी मुलुकहरुबाट दैनिक..
उदाउँदो सूर्यलाई अघ्र्य दिएर छैठ पर्व सम्पन्न
६ मंसिर, काठमाण्डौँ । आस्थाको महापर्व छैठ पर्व आज उदाउँदो सूर्यलाई अघ्र्य दिइएसँगै सम्पन्न भएको छ । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । मिथिलाञ्चलको महत्त्वपूर्ण पर्व अहिले नेपालको पहाडी जिल्लाहरुमा पनि मनाउन थालिएको छ । आज बिहान राजधानीको गुहेश्वरीस्थित छैठघाटमा ब्रतालुहरु उदाउँदो सूर्यलाई अघ्र्य दिन तथा पूजाआजाका लागि पुगेका..
विश्व बैंकको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय
५ मंसिर, काठमाण्डौँ । सरकारले सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजनाका लागि विश्व बैंक समूहको अन्तिर्राष्ट्रिय विकास संस्थाबाट प्रस्तावित १५ करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । गत कार्तिक २७ गते र मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले विश्व बैंकबाट प्रस्तावित १५ करोड अमेरिकी डलर (कविर १८..
आज थपिए १९ सय ४५ जना कोरोना संक्रमित, ५ हजार ३ सय ६४ जना संक्रमणमुक्त
५ मंसिर, काठमाण्डौँ । आज नेपालमा १९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या दुई लाख १६ हजार ९ सय ६५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज पाँच हजार तीन सय ६४ जना संक्रमणमुक्त भएका छन् । आजसम्म एक लाख ९१ हजार दुई जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । हाल सक्रिय संक्रमितको संख्या २४ हजार..
छैठ पर्वको मुख्य दिन आज साँझ, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै
५ मंसिर, काठमाण्डौँ । छैठ पर्वको मुख्य दिन आज साँझ, अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको थियो । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छैठ पर्व सम्पन्न हुनेगरेको छ । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छैठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् ।..
छैठ पर्वको अवसरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्धारा शुभकामना व्यक्त
५ मंसिर, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले छैठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । छैठ पर्व २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुका लागि शुभकामना व्यक्त गर्नुहुँदैँ उहाँले विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ को बढ्दो सङ्क्रमणबाट जोगिन पूर्वसावधानीका उपाँयको..
कोरोना कहरबीच रगतको अभाव
४ कार्तिक, काठमाण्डौँ । कोरोना महामारीमा रगतको अभाव सुरु भएको छ । महामारीकालमा स्वेच्छाले रक्तदान गर्ने व्यक्तिहरु पनि पछि हट्दा आजभोलि अस्पतालहरुमा सहज रुपमा रगत पाउन छाडिएको छ । कोरोनाभाइरस संक्रमणको त्रासले स्वःस्फूर्त रुपमा रक्तदान गर्नेहरु ज्यादै न्यून संख्या सहभागी हुन्छन् । कोरोना संक्रमण दर तीब्र गतिमा बढ्दै गएपनि एक महिनाअघिसम्म रक्तदान कार्यक्रमको आयोजना गरेर अस्पतालमा रगतको अभाव हुन नदिएको अभियान्ताहरु बताउछन् । तर एक महिना यता रक्तदान कार्यक्रमहरुमा दाताहरु..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७