५ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गर्नुभएको छ । आज विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उहाँले यो सिफारिस गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पनि संसद विघटनको सिफारिस गर्नुभएको स्रोतले जनाएको छ । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ ।
यसअघि हिजो पार्टीभित्र विवाद कायमै रहेका वेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुग्नुभएको थियो ।
यता नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाउनुभएको थियो । प्रवक्ता श्रेष्ठले यसको चर्काे विरोध गर्नुभएको छ ।