७ पौष, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आजबाट औपचारिक विभाजनतर्फ जाने भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल दुवै समूहले एकले अर्काेलाई कारबाही गर्ने उद्देश्यसहित समानान्तर केन्द्रीय कमिटी बोलाएपछि नेकपा औपचारिक विभाजनमा जाने पक्का भएको हो ।
आज बस्ने दुवै पक्षको केन्द्रीय कमिटी बैठकपछि पार्टी विभाजनले औपचारिकता पाउने सो पार्टीकै नेताहरुले बताएका छन् । सोमबार दुवै पक्षले सांसदहरूको बेग्लाबेग्लै भेला र हस्ताक्षर गरेर तयारी पूरा गरिसकेका छन् । राष्ट्रिय सभा र विघटित प्रतिनिधिसभा दुवै सदनका सांसदको संयुक्त भेलापछि उनीहरूले आ–आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिसकेका छन् ।
ओली पक्षले बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटार र प्रचण्ड–नेपाल पक्षले दिउँसो १ बजे कार्की बेंक्वेट बबरमहलमा केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा अहिलेसम्मको समिकरण हेर्दा प्रचण्ड–नेपाल समूह बहुमतमा देखिन्छ । प्रचण्डनिकट करिब दुई सय र नेपालनिकट करिब एक सय १० जना केन्द्रीय सदस्य रहेको प्रचण्ड–नेपाल समुहको दाबी छ ।
चुनावी गठबन्धन गर्दै २०७५ साल जेष्ठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा गरेर नेकपा गठन भएको थियो ।
यस्तै नेकपाभित्र हाल रहेका ४४ स्थायी कमिटी सदस्यमध्ये २६ जना स्पष्ट रुपमा ओलीको विपक्षमा देखिएका छन् । उनीहरु ओलीलाई कारबाही गर्न सिफारिश भएको आइतबारको बैठकमा समेत सहभागी भए । तर, १३ जना ओली पक्षधर मानिन्छन् । पाँचजना स्थायी कमिटी सदस्यको कित्ता अझै स्पष्ट भएको छैन ।
बामदेव गौतम पनि आजको बैठकमा अनुपस्थित रहनुभयो । त्यसबाहेक प्रचण्डनिकट मानिएका टोपबहादुर रायममाझी र मणि थापा पनि अनुपस्थित रहनुभयो । रायमाझीको मन्त्री बन्ने चर्चा चल्दै आएको छ । हरिबोल गजुरेल पनि तटस्थ भूमिकामा हुनुहुन्छ ।
ओली पक्षधर स्थायी कमिटी सदस्यहरुः
अध्यक्ष केपी शर्मा ओली
सचिवालय सदस्य इश्वर पोखरेल
महासचिव विष्णु पौडेल
सुवासचन्द्र नेम्वाङ
शंकर पोखरेल
प्रदीप ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ्ग
लेखराज भट्ट
किरण गुरुङ्ग
रघुवीर महासेठ
विष्णुप्रसाद रिमाल
सत्यनारायण मण्डल
छविलाल विश्वकर्मा
प्रचण्ड र माधव पक्षका स्थायी कमिटी सदस्यहरुः
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
वरिष्ठ नेता झलनाथ खनाल
वरिष्ठ नेता माधवकुमार नेपाल
प्रवक्ता नारायणकाजी श्रेष्ठ
अष्टलक्ष्मी शाक्य
गणेश शाह
गिरिराजमणि पोखरेल
गोकर्ण बिष्ट
घनश्याम भुसाल
चक्रपाणी खनाल
जर्नादन शर्मा
देवप्रसाद गुरुङ
देवेन्द्र पौडेल
पम्फा भुसाल
वर्षमान पुन
वेदुराम भुसाल
भीमप्रसाद आचार्य
भीमबहादुर रावल
मातृकाप्रसाद यादव
मुकुन्द न्यौपाने
रघुजी पन्त
लिलामणि पोखरेल
युवराज ज्ञवाली
योगेशकुमार भट्टराई
सुरेन्द्रप्रसाद पाण्डे
शक्तिबहादुर बस्नेत
तटस्थ
बामदेव गौतम
रामबहादुर थापा बादल
टोपबहादुर रायमाझी
मणिचन्द्र थापा
हरिप्रसाद गजुरेल