५ पौष, काठमाण्डौँ । प्रधानमन्त्री ओली शीतल निवास पुग्नुभएको छ । मन्त्रिपरिषद बैठकमा संसद विघटनको प्रस्ताव पारित गरेर ओली राष्ट्रपति भेट्न शीतलनिवास पुग्नुभएको हो ।
ओलीले संसद विघटन गर्दैछन् भन्ने थाहा पाएपछि नेकपा अध्यक्ष प्रचण्ड बालुवाटार पुग्नुभएको थियो । तर ओलीले अध्यक्ष प्रचण्डलाई भेट दिनुभएन । त्यसपछि प्रचण्ड खुमलटार फर्किनुभएको छ ।
विकसित घटनाक्रमबारे खुमलटारमा अध्यक्ष प्रचण्डसहितका नेताहरुको केहीबेरमा छलफल हुनेछ । अहिले खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल र प्रचण्डबीच छलफल भइरहेको छ ।