भ्रष्टाचार जस्तोसुकै होस् त्यो क्षम्य हुँदैनः प्रधानमन्त्री ओली

२४ मंसिर, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो वा सानो मात्रामा जोसुकैबाट हुने भ्रष्टाचार भए पनि त्यो अक्षम्य अपराध हुने बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरो बताउनुभएको हो । कुनै एक सूचकका आधारमा मात्रै भ्रष्टाचार घटेको वा बढेको निष्कर्षमा पुग्न नकिने उल्लेख गर्दै पछिल्ला दुई वर्षमा मुलुकमा सुशासन कायम भई भ्रष्टाचार गर्ने प्रवृत्ति धेरै हमदसम्म ओरालो लागेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले..

प्रक्रिया नै मिचेर सिद्धबाबालाई सफाईः पीडित पुगिन् प्रधानन्यायाधीश भेट्न

२३ मंसिर, सुनसरी । जिल्ला अदालत, सुनसरीले बलात्कारको मुद्दामा सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिएपछि पीडित प्रधानन्यायाधीशसामू पुगेकी छन् । आफूमाथि अन्याय भएको भन्दै पीडित महिलाले आज प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेट्न सर्वाेच्च अदालत पुगेकी हुन् । आफ्ना श्रीमानलाई लिएर सर्वाेच्च अदालत पुगेकी उनले प्रधानन्यायाधीशलाई भेट गर्न नपाएपछि उनको सचिवालयमा गुनासो सुनाएर फर्केको बताईएको छ । जिल्ला अदालतले सिद्धबाबालाई सफाइ दिएपछि पीडित विक्षिप्त अवस्थामा पुगेकी छिन् । त्यसपछि उनी महान्यायाधिवक्ताको कार्यालयमा..

सगरमाथाको उचाई अब ८ हजार ८ सय ४८.८६ मिटर

२३ मंसिर, सुनसरी । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई अब ८ हजार ८ सय ४८.८६ मिटर भएको छ । यसअघि ८ हजार ८ सय ४८ मिटर रहेकोमा नयाँ मापनले ८६ सेन्टिमिटर बढेको देखाएको हो । आज एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीले संयुक्त रुपमा नयाँ उचाई घोषणा गर्नुभएको हो ।

मोरङको मिक्लाजुङमा विप्लव समूहद्धारा शिक्षकको हत्या

२३ मंसिर, मोरङ । मोरङको मिक्लाजुङमा विप्लव समूहविरुद्ध सुराकी गरेको आरोपमा शिक्षकको हत्या भएको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ । ‘विप्लव समूहका कार्यकर्ताहरुले सुराकीको आरोपमा मिक्लाजुङमा आज बिहान शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको सूचना आएको छ,’ प्रहरी उच्च स्रोतले उल्लेख गरेको छ । ५४ वर्षीय श्रेष्ठलाई घरबाटै उठाएर करिब एक किलोमिटर पर पुर्याई टाउकोमा गोली हानेर विप्लव समूहले हत्या गरेको प्रहरीले जनाएको छ । मक्लाजुङ गाउँपालिका–१ का वडा अध्यक्ष..

वालुवाटारमा बसेको सर्वदलिय बैठक सम्पन्न

२३ मंसिर, काठमाण्डौँ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सर्वदलिय बैठक सम्पन्न भएको छ । बैठक बसेको केही बेरमा नै बैठक सकिएको हो । प्रधानमन्त्रीले आयोजना गर्नुभएको बैठकमा मुलुकमा भएका पछिल्लो घटनाक्रमको बारेमा छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पछिल्लो अवस्थाबारे बैठकमा विफ्रि गर्नुभएको स्रोतले जनाएको छ ।

नेपाल–भारत पारवहन सन्धि र रेल सेवा सम्झौता संशोधन गर्न दुई देश सहमत

२३ मंसिर, काठमाण्डौँ । नेपाल भारत पारवहन सन्धि र विद्यमान रेल सेवा सम्झौता संशोधनलाई अन्तिम रुप दिई शीघ्र हस्ताक्षर गर्न दुई देश सहमत भएका छन् । नेपालको उक्त प्रस्तावलाई भारतीय पक्षले सकारात्मक रुपमा लिएको र यी दुई विषयलाई छिट्टै सम्पन्न गर्नसमेत सहमत भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपाल–भारतबीच पारवहन र अनाधिकृृत व्यापार नियन्त्रणका लागि बनेको नेपाल र भारतका सचिवस्तरीय अन्तर सरकारी समितिको सोमबार सम्पन्न भिडियो कन्फरेन्समार्फत..

आज ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्दै

२३ मंसिर, काठमाण्डौँ । देश अहिले कोरोना महामारीले आक्रान्त छ । महामारीका बीच देशमा भएको राजनीतिक परिवर्तनमाथि चुनौती थपिएको छ । गणतन्त्र, संघीयता र धर्मनीरपेक्षतालाई उल्टाउने गरी सडकमा प्रदर्शनहरु हुन थालेका छन् । शुरुमा केही व्यक्तिहरु सडकमा ओर्लिएकोमा विस्तारै संगठित रुपमा राजावादीहरुको प्रदर्शन हुन थालेको छ । विभिन्न संस्थाका नाममा सडकमा ब्यानरसहित दिनहुँ प्रदर्शन हुँदै आएको छ । झापा, विराटनगर, जनकपुर, वीरगञ्ज, बुटवल, चितवन, धनगढीका अलावा काठमाडौंमा पनि उनीहरुले शक्ति..

काँग्रेसले सरकार विरुद्ध देशव्यापी प्रदर्शन गर्ने

२२ मंसिर, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारका विरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ । काँग्रेसले आउदो मंसिर २९ गते देशव्यापी प्रदर्शन गर्ने भएको हो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई १७ मंसिरमा गृहजिल्ला तनहुँमा एउटा पुल उद्घाटन गर्ने क्रममा स्थानीय प्रशासनले नियन्त्रणमा लिएपछि आक्रोसित भएको काँग्रेसले सरकारविरुद्ध सडकमा जाने निर्णय गरेको हो । काँग्रेसका शीर्ष नेतासहित शुक्रबार बसेको पदाधिकारी बैठकले सरकारविरुद्ध देशव्यापी प्रदर्शनको उद्घोष गरेको थियो । काँग्रेसले..

सगरमाथाको नयाँ उचाई भोली सार्वजनिक गरिदैँ

२२ मंसिर, काठमाण्डौँ । भोली (मंगलबार) नेपाल र चीन दुवै देशले एकैपटक सगरमाथाको उचाइ सम्बन्धी प्रतिबेदन सार्वजनिक गर्ने भएका छन् । भूमि व्यवस्था मन्त्रालयका अनुसार भोली नेपाल र चीन दुबै देशले एकै पटक सार्वजनिक गर्न नेपाल सरकारले चीन सरकारसँग प्रस्ताव गरेको हो । यसमा चिनियाँ पक्षले सहमति जनाएको मन्त्रालयले जनाएको हो । स्रोतका अनुसार दुवै देशका परराष्ट्रमन्त्रीहरुले संयुक्त रुपमा भर्चुअल बैठकबाट उचाइ सार्वजनिक गर्ने भएका छन् । दुवै देशले छुट्टाछुट्टै..

सुनकोसी–मरिन डाइभर्सनको सुरुङ निर्माण गर्न १२ कम्पनी ईच्छुक

२२ मंसिर, काठमाण्डौँ । राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणका लागि १२ कम्पनीले प्रस्ताव पेश गरेका छन् । आयोजनाले आह्वान गरेको बोलपत्रमा चिनियाँ, इरानी र भारतीय मुलुकका निर्माण कम्पनीले प्रस्तावना पेश गरेको सिंञ्चाइ विभागले जनाएको छ । अहिले ती बोलपत्र प्राविधिक पक्षको मूल्यांकनको काम गरिरहेको विभागका महानिर्देशक मधुकर राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार मूल्यांकनबाट प्राविधिक रुपमा योग्य कम्पनीलाई सर्ट लिस्ट गरिनेछ । सर्ट लिस्टमा परेका कम्पनीको आर्थिक..