नवरात्रको आठौँ दिन आज, महागौरीको पूजा आराधना गरिँदै

८ कार्तिक, काठमाण्डौँ । नवरात्रको आठौँ दिन आज । दशैँघर वा पूजा कोठामा नौँ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाइन्छ । यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित पापको समेत नष्ट गराउने शक्ति रहेको पाइन्छ । यी देवीको उपासनाले भविष्यमा समेत पाप–सन्ताप समेत नष्ट हुने शास्त्रीय मान्यता रहेको छ । प्रत्येक वर्ष..

महामारीबाट नागरिकलाई सरकारले बचाउँछः प्रधानमन्त्री ओली (पूर्णपाठ सहित)

७ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र महाविपत्तिमा नागरिकलाई राज्यको साथ रहने बताउनुभएको छ । आज देशबासीका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व मनाउन सबैलाई आग्रह समेत गर्नुभएको छ । उहाँले कोरोना महामारीबाट नागरिकलाई बचाउन तथा स्वास्थ्य उपचार गर्न सरकार आफ्नो कर्तव्यबाट विमुख हुन नसक्ने भन्दै हरेक नागरिकको परीक्षण र उपचारमा यथोचित व्यवस्था मिलाएको बताउनुभयो..

आज थपिए ४४९९ जना कोरोना संक्रमित

७ कार्तिक, काठमाण्डौँ । वितेको २४ घण्टामा नेपालमा चार हजार चार सय ९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या एक लाख ५३ हजार ८ पुगेको छ । काठमाडौँ उपत्यकामा मात्र २७२० जना संक्रमित थपिएका छन् । यसमा १ हजार ९२ जना महिला तथा १ हजार ६२८ जना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थपिएका संक्रमितबारे आज (शुक्रबार) अपराहन्न जानकारी दिएको..

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

७ कार्तिक, काठमाण्डौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । आज (शुक्रबार) बिहान वीरेन्द्रनगरमा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको हो । अविश्वासको प्रस्तावमा शून्य र विपक्षमा १८ मत परेकाले अविश्वासको प्रस्ताव अस्वीकृत भएको मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले बताउनुभयो । यसअघि नेकपाकै नेता यामलाल कँडेलसहितका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव..

ऊर्जामन्त्रीको निर्देशनः दशैँको बेला बत्ती ननिभोस्

७ कार्तिक, काठमाण्डौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बडादशैंँका अवसरमा देशैभर विद्युत् सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ । चाडपर्वका बेला अन्य समयभन्दा विद्युत् खपत बढ्ने भएकाले चनाखो भएर सेवा प्रवाह गर्न तथा विद्युत् प्रवाहमा अनियमित हुन नदिन मन्त्री पुनले निर्देशन दिनुभएको हो । मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभूषण चौधरी, सोही..

आज दशैंको सातौँ दिन, घर घरमा फूलपाती भित्र्याइदैँ

७ कार्तिक, काठमाण्डौँ । आज दशैंको सातौँ दिन घर घरमा फूलपाती भित्र्याइदै छ । दशैंमा शुभसाईतको प्रतीकको रुपमा फूलपाती भित्र्याउने गरिन्छन् । फूलपातीमा पूजा कोठामा केराको बोट, उखु, बेलपत्र, धानको बाला लगायतका सामाग्री भित्र्याउने गरिन्छ । नेपाली सेनाले सैनिक मंञ्च टुँडिखेलमा विशेष समारोह गरेर फूलपाती बढाइँ गर्ने गरे पनि यो पटक कोरोनाका कारण औपचारिकतामा मात्र सिमित हुने जनाइएको छ । फूलपाती बढाईमा राष्ट्रपति सहभागि हुने चलन रहेको छ । यस्तै हनुमानढोका..

आज थपिए ३६३७ जना कोरोना संक्रमित, २१ जनाको मृत्यु

६ कार्तिक, काठमाण्डौँ । देशभर सक्रिय संक्रमितको ४५ हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ३४९ र होम आइसोलेशनमा ३१ हजार ५३८ जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उहाँले पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि जानकारी दिए..

कोरोना महामारीले अचाक्ली बढायो ल्यापटप–कम्युटरको मुल्य

६ कार्तिक, काठमाण्डौँ । अहिले कोरोना महामारीलाई देखाउँदै ल्यापटप तथा डेस्कटप कम्प्यूटरको मूल्य व्यवसायीहरुले ह्वात्तै बढाएका छन् । चैत्रमा ६० हजार रुपैयाँ पर्ने डेलको आइ फाइभ टेन जेनेरेसन ल्यापटप कम्प्यूटर अहिले ८५ हजार रुर्पौँयासम्म पर्न थालेको छ । ८ महिनामा त्यसको मूल्य लगभग २५ हजार रुपैयाँले बढिसेकेको छ । अनलाइन क्लासले ल्यापटपको माग बढाएको र स्टक समेत नरहने अवस्था आएकोले मूल्य बढेको व्यवसायीहरु बताउछन् । तर व्यवसायीनै पिच्छे कम्प्यूटरको मूल्य..

नेपाल–भारतको सम्वन्ध सुधार्न ‘रअ’ प्रमुख गोयल नेपाल आए

६ कार्तिक, काठमाण्डौँ । दुई दिन नेपाल भ्रमणमा आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल बुधबार काठमाडौं आएलगत्तै खैलाबैला मच्चिएको थियो । उनी विशेष विमानमा किन नेपाल आए ? यो आम चासोको विषय बन्यो । देशका प्रधानमन्त्रीको स्वीकृति विना उनी नेपाल आउन सम्भव नभएको नेकपा विदेश विभागका विष्णु रिजालले बताउनुभयो । उहाँको भनाईलाई आधार मान्ने हो भने प्रधानमन्त्री ओलीकै अनौपचारिक निम्तोमा गोयल नेपाल आएका हुन् । गोयलले एक रातको..

संघीय सरकारविरुद्ध प्रदेश–२ सरकारद्वारा सर्वोच्चमा मुद्दा दायर

५ कार्तिक, जनकपुरधाम । प्रहरी भर्नाको लागि प्रक्रिया अघि बढाएको बढाएको भन्दै प्रदेश नं. २ को सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा फेरि पनि मुद्दा दायर गर्ने भएको छ । मुद्दा दर्ता गराउनका लागि गएपनि सर्वोच्च अदालतले मुद्दाको फाइल बुझी १६ गते दुवै मुद्दा दर्ता हुने जनाएको छ । हिजो (मंगलवार) प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले संघीय सरकारका विभिन्न मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयविरुद्ध प्रहरी..