मुख्य समाचार

आफुलाई सरकारमा नलगेको भन्दै ओली विरुद्ध वामदेव
३ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीको सम्वन्धमा फाटो सुरु भएको छ । आफूलाई पटक पटक ओलीबाट धोका भएको भन्दै उपाध्यक्ष गौतमले नयाँ योजनासाथ बढ्ने निष्कर्षका साथ निकटस्थहरुलाई तयारीमा लाग्न आग्रह गर्नुभएको स्रोतको भनाई छ । स्रोतका अनुसार गौतमले आफूले पटक पटक साथ दिंदा पनि धोका भएको भन्दै अब कडा कदम चालेर देखाउने तयारी थाल्नुभएको हो । गौतमले यसअघि बनेको ओलीविरुद्धको..

गस्तीमा हिडेका असईको घाँटी रेटेर हत्या, अर्का प्रहरी जवान बेपत्ता
३ कार्तिक, कैलाली । गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको छ । उनको हत्या तस्कर समूहले गरेको प्रहरीको अनुमान छ । उनको शव हिजो बिहान मोहना नदीमा फेला परेको थियो । प्रहरीका अनुसार तस्करीको ट्रान्जिट प्वाइन्ट मानिने कैलालीको धनगढी उपमहानगरपालिका–बनकट्टी घाटमा तस्कर समूहले शनिबार राति उनको हत्या गरेको हो । विकसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउदको अवस्था भने अझै अज्ञात..

सेनाको आधुनिकीकरणमा सरकारको पूर्ण सहयोग रहन्छः प्रधानमन्त्री ओली
२ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको आधुनिकीकरणमा सरकारको पूर्ण सहयोग रहने बताउनुभएको छ । आज आईतबार ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ को अनलाईन भर्चुअलमार्फत शुभारम्भ गर्नुहुँदै रक्षामन्त्री समेत रहनुभएका प्रधानमन्त्री ओलीले कोभिड—१९ को रोकथाम र नियन्त्रणमा नेपाली सेनाले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षाको गम्भीरता र संवेदनशीलतालाई मध्यनजर गर्दै हुने यस्ता नियमित अन्तरक्रिया र छलफलबाट महत्वपूर्ण निष्कर्ष निस्कने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा..

आज थप २९४२ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित संख्या ३९३४१ पुग्यो
२ कार्तिक, काठमाण्डौँ । बितेको २४ घण्टामा देशभर थप २९४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । यस्तै हाल देशभर संस्थागत आइसोलेशन १२ हजार ९३३ जना र होम आइसोलेशन २६ हजार ४०८ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर १४ हजार..

कार्तिक ७ गतेभित्र क्लिनफिड लागू गर्न संञ्चार मन्त्रालयको निर्देशन
२८ असोज, काठमाण्डौँ । संञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन नियमन गर्ने ऐनले गरेको व्यव्स्था अनुसार नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुले कार्तिक ७ गतेभित्र विज्ञापनरहित, क्लिनफिड प्रसारण गर्न गराउन सम्बन्धित संघ संस्थालाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव गोकर्णमणी दवाडीले आज एक विज्ञप्ति जारी गरी ऐन प्रारम्भ हुँदाको समयमा विदेशी च्यानलसँग डाउनलिङ गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको एक वर्षभित्र अर्थात कात्तिक ७ गतेभित्र विज्ञापनरहित..

सर्लाहीमा नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप
२८ असोज, सर्लाही । सर्लाहीमा नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । आफ्नो कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गर्न गएका कांग्रेसका नेताकार्यकर्ता र प्रहरीबीच आज दिउँसो झडप भएको हो । ठुलो संख्यामा आएका कांग्रेसका नेता एवंम कार्यकर्ता जिल्ला प्रहरी कार्यालयभित्र प्रवेश गर्न खोजेपछि झड्प भएको पहरीले जनाएको छ । कांगे्रसका कार्यकर्ता आउनबित्तिकै ढुङ्गामुडा गर्न थालेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी एवं प्रवक्ता मदन..

सरकारका प्रवक्ता भन्छन् ‘ढुक्क हुनुहोस्, फेरी राष्ट्रव्यापी लकडाउन हुन्न’
२१ असोज, काठमाण्डौँ । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अब नेपालमा राष्ट्रव्यापी लकडाउन हुने सम्भावना नरहेको बताउनुभएको छ । उहाँका अनुसार संक्रमण अध्यधिक बढ्यो भने ‘हट स्पट’हरुमा चाहिँ स्थानीय प्रशासनले निषेधाज्ञा लगाउन वा सिल गर्न सक्ने बताईएको छ । चैत्र १० मा नेपालमा दोस्रो संक्रमण पुष्टि भएसँगै सरकारले देशभर लकडाउन गरेको थियो । उक्त लकडाउनको अवधी श्रावण ६ सम्म कायम रह्यो । त्यसपछि सरकारले संक्रमण बढे निषेधाज्ञा जारी गर्र्ने..

राप्रपाको एकीकरणलाई वैधानिकता
२१ असोज, काठमाण्डौँ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को एकीकरणलाई वैधानिकता दिएको छ । आयोगको बैठकबाट दुई पार्टीबीच एकीकरण गरी राप्रपाका नाममा दल दर्ता गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको जानकारी दिँदै पार्टी अध्यक्ष कमल थापाले एकीकरणले वैधानिकता प्राप्त गरेकामा गौरव लागेको बताउनुभएको छ । प्रजातन्त्रको पुनःस्थापनापछि वि.सं. २०४७ जेष्ठ १५ गते पूर्वपञ्चहरुको समूहले..

अनसनरत डा.केसीसँग वार्ता गर्न समिति गठन
२१ असोज, काठमाण्डौँ । सरकारले २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता समिति बनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेका शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिनुभयो । चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित विभिन्न माग राख्दै अनशनरत केसीसँग वार्ता गर्न वार्ता टोली गठन गर्न चिकित्सक..

ओली–गौतम ‘वन टु वन’ वार्तामा
२१ असोज, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमसंग वालुवाटारमा ‘वन टु वन’ वार्ता गरिरहनुभएको छ । ओलीले आज विहान गौतमलाई छलफलका लागि अकस्मात बोलाउनुभएको थियो । लगत्तै नेकपा उपाध्यक्ष गौतम भैंसेपाटीबाट निस्किएर १० बजे बालुवाटार प्रवेश गर्नुभएको थियो । गौतमलाई ओलीले मन्त्रिमण्डल पुर्नगठनको विषयमा गम्भीर छलफल गर्न बोलाएको स्रोतले जानकारी दिएको छ । राष्ट्रियसभाका मनोनित सांसद गौतमलाई सरकारमा लान अदालतले अल्पकालिन रोक लगाएको अवस्थामा दुई नेताबीच भेट भइरहेको..