वितेको २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु, १७ सय ३ जनामा संक्रमण पुष्टि

१२ मंसिर, काठमाण्डौँ । वितेको २४ घण्टामा नेपालमा कोरोना भाइरसका थप १७ सय तीन जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या दुई लाख २९ हजार तीन सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार दुई सय ३६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म दुई लाख नौँ हजार चार सय ३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै वितेको २४ घण्टामा..

कांग्रेसका शीर्षहरु नेताहरुसंग भारतीय विदेश सचिवको भेटवार्ता

१२ मंसिर, काठमाण्डौँ । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले आज नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पूर्वराजदूत दिनेश भट्टराई सहभागी हुनुहुन्थ्यो । विदेश सचिव श्रृंगला कांग्रेस नेताहरुलाई भेट्न विहीबार साँझ सभापति देउवा निवासमा पुग्नुभएको थियो । करिब आधा घण्टा चलेको भेटवार्ता औपचारिकतामा मात्र सीमित भएको थियो । भेटवार्तामा नेपाल–भारत बहुआयामिक सम्बन्धबारे छलफल भएको कांग्रेसका एक नेताले..

गुल्मीमा जिप दुर्घटना हुँदा एकै गाउँका ५ जनाको मृत्यु

११ मंसिर, गुल्मी । गुल्मीको इश्मामा जिप दुर्घटना हुँदा एकै गाउँका ५ जनाको मृत्यु भएको छ । इश्मा गाउँपालिका ४ बाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप हुलको विद्यालय नजिकै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा इश्मा गाउँपालिका वडा नं. ४ हुलका ६५ वर्षका डम्बर बहादुर हितान, ३३ वर्षियका शिव बहादुर दर्लामी, ३३ वर्षका धन बहादुर अछामी, ३० वर्षका बसन्त दर्लामी र..

प्रधानमन्त्री ओली र भारतीय विदेशसचिव श्रृंगलाबीच भेटवार्ता

११ मंसिर, काठमाण्डौँ । नेपालको दुई दिने भ्रमणमा रहनुभएका भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । बालुवाटारमा भएको भेटवार्तामा प्रधानामन्त्री ओलीले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड दिनुभयो । भेटवार्ताको क्रममा प्रधानमन्त्री ओलीले अहिले सम्बन्धमा देखिएको चिसोपना हटाउँदै सबै समस्याको समाधान गर्नुपर्नेमा जोड दिएको प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो । विदेश सचिव श्रृंगलाले आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको..

नेपाल–भारत परराष्ट्रसचिव स्तरीय बैठक सम्पन्न

११ मंसिर, काठमाण्डौँ । नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डल स्तरीय बैठक सम्पन्न भएको छ । सो द्विपक्षीय बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौडेलले र भारतीय टोलीको नेतृत्व भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले गर्नुभएको हो । काठमाण्डौँमा आज भएको द्विपक्षीय बैठकमा नेपाल–भारत सम्बन्धका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चार्टर्ड जहाजबाट आज बिहान नेपाल आइपुग्नुभएका श्रींगलाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए लगत्तै पत्रकारहरूसँगको प्रतिक्रियामा नेपाल–भारत..

ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन

१० मंसिर, काठमाण्डौँ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन सरकारले तत्कालका लागि स्थगन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो मंसिर २७ गते हुने भनिएको निर्वाचन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहनुभएका संञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार कोभिडका कारण अर्काे मिति नतोकिएसम्मका लागि ट्रेड युनियनको निर्वाचन निर्वाचन स्थगन भएको बताउँनुभयो । त्यसअघि सरकारले गत असोज २४ गते..

महिला हिंसा अन्त्यका लागि जनचेतना र कानूनी कारवाहीमा कडाई गर्न राष्ट्रपतिको जोड

१० मंसिर, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिनका लागि जनचेतना फैलाउन तथा अपराधीलाई दण्डित गर्दै पीडितलाई यथोचित क्षतिपूर्तिसहित कानूनी उपचारको व्यवस्था गराउन सम्बद्ध पक्षलाई आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले ‘महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तरराष्ट्रिय दिवस’को अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा कुनै पनि संस्कृति, भूगोल, समाज र अर्थतन्त्र महिला हिंसाबाट मुक्त हुन नसकेका सन्दर्भमा त्यस्ता सबै प्रकारका हिंसा अन्त्य गर्दै लैङ्गिक समानताको स्थापना..

बालिका हत्या प्रकरणः बर्दिबासमा निषेधाज्ञा जारी

१० मंसिर, महोत्तरी । महोत्तरीको बर्दिबासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । बर्दिबास नगरपालिका–१४ स्थित शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलबसा खातुनको हत्याको विरोधका क्रममा भएको प्रदर्शनका क्रममा थप एक जनाको प्रहरीको गोली लागेर मृत्यु भएपछि हुनसक्ने सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले आज बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । भीड नियन्त्रणमा लिन भन्दै प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका थिए..

वर्तमान सरकार कुनैपनि हालतमा परिवर्तन हुदैँनः मन्त्री श्रेष्ठ

९ मंसिर, विराटनगर । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले कुनैपनि हालतमा वर्तमान सरकार परिवर्तन नहुने बताउनुभएको छ । विराटनगरमा आज संञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपाली जनताले पाँच वर्षसम्म सरकार चलाउने म्यान्डेड दिएकाले आफ्नो अवधि पुरा नभएसम्म सरकार परिवर्तन नहुने बताउँनुभएको हो । मुलुकको राजनीतिक स्थायित्व, विकास र सम्वृद्धिका लागि आफ्नो पार्टीलाई दुई तिहाई नजिकको जनताको समर्थन रहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार पुर्ण अवधिसम्म चल्ने उहाँले स्पष्ट पार्नुभयो । अर्काे..

प्रतिपक्षी दलसंग सत्ता साझेदारी गर्न देउवासँग छलफल भएको कुरो निराधार र झुटो होः विष्णु पौडेल

९ मंसिर, काठमाण्डौँ । अर्थमन्त्री विष्णु पौडेलले निर्वाचनको बेला तयार भएको घोषणापत्र कार्यान्वयन गर्दै जनताका पक्षमा निर्णय गर्दै जाने बताउनुभएको छ । प्रेस संगठन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री पौडेलले जनताका पक्षमा निर्वाचनको घोषणापत्र कार्यान्वयन हुने गरी निर्णय गर्दै जाने बताउनुभएको हो । उहाँले ५ वर्षको अवधि नसकिदै घोषणा पत्र कार्यान्वयन गरेर पुनः जनता सामु जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेकपाका महासचिव समेत रहनुभएका पौडेलले पार्टीको समस्या..