आफूहरु हिंसात्मक आन्दोलनतर्फ नजाने प्रचण्डको भनाई

आफूहरु हिंसात्मक आन्दोलनतर्फ नजाने प्रचण्डको भनाई


६ माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरु हिंसात्मक आन्दोलनतर्फ नजाने स्पष्ट पार्नुभएको छ । आज (मंगलबार) काठमाडौंमा दाहाल–नेपाल समूहनिकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले आफूहरुले कानुनी राजको मान्यतामा हस्ताक्षर गरिसकेकाले हिसांत्मक आन्दोलनतर्फ नजाने स्पष्टीकरण दिनुभएको हो ।

कार्यक्रममा अध्यक्ष ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषा पुर्व राजाकै भाषा जस्तै ह्वास्सै गन्हाएको बताउनुभयो पुस ५ को सरकारको कदम प्रतिनिधिसभा विघटन मात्र नभएर संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति प्रकृयालाई भंग गर्ने र देशलाई दुर्घटनातिर लैजाने दुश्कर्मको सुरुवात भएको पनि उहाँको भनाई थियो । उहाँले हेर्दाहेर्दै आफ्नै पार्टीको प्रधानमन्त्रीले आफैले जन्माएको संविधानको (बच्चा)को हत्या गर्न लागेकाले त्यो रोक्न लागि संघर्ष गर्नुपरेको बताउनुभयो । ‘प्रधानमनत्री ओलीको भाषामा राजाकै भाषा ह्वास्स गन्हाएको छ’ प्रचण्डको भनाई छ । उहाँले ओलीले राजतन्त्र पुनःस्थापना र देशलाई विध्वंश गर्ने प्रतिक्रान्तिको योजना जसरी पनि असफल पार्नुपर्ने बताउनुभयो ।

उहाँले प्रतिगमन र प्रतिक्रान्तिको प्रयास रोक्न पत्रकारहरुको भेला सफल हुनेमा विश्वास व्यक्त गर्दै संविधान र गणतन्त्रको रक्षा गर्नु सवैको दायित्व भएको बताउनुभयो । त्यसक्रममा प्रचण्डले प्रधानमन्त्री ओलीले पटकपटक नेकपा फुटाउन प्रयास गरेको भन्दै बैठक चलिरहेका बेला नेकपा एमाले दर्ता गर्न लगाएर प्रतिगमनको सुरुवात गरेको बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर