काँग्रेसले शनिबार देशभरका स्थानिय तहहरुमा विरोध प्रदर्शन गर्दै

३ माघ, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आज (शनिबार) प्रतिनिधिसभा विघटनविरुद्ध देशभरका स्थानिय तहहरुमा विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको कदमविरुद्ध काँग्रेसले आज दोस्रो चरणको आन्दोलनअन्तर्गत सात सय ५३ गाउँ तथा नगरपालिकामा विरोध प्रदर्शन गर्न लागेको हो । प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध काँग्रेस चरणवद्ध रुपमा देशव्यापी प्रदर्शन गरिरहेको छ । यस्तै काँग्रेसले आउदो माघ ८ गते ६ हजार..

प्रतिनिधिसभा विघटनसम्बन्धीको सुनुवाई संवैधानिक इजलासमै हुने

२ माघ, काठमाण्डौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ सर्वाेच्च अदालतको संवैधानिक इजलासमै हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वमा आज बसेको संवैधानिक इजलासले रिट निवेदकहरूको माग बमोजिम बृहत पूर्ण इजलासमा लैजान नपर्ने आदेश दिएको हो । प्रधान्यायाधीश जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित इजलासको आदेशमा भनिएको छ, ‘प्रस्तुत रिट निवेदनमा नेपालको संविधानको धारा १३७ (३) बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश..

अब ओलीसँग मिल्ने सम्भावना छैनः माधव नेपाल

२ माघ, काठमाण्डौँ । नेपाल कम्युष्टि पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब केपी ओलीसँग मिल्ने सम्भावना नरहेको बताउनुभएको छ । प्रधानमन्त्री केपी ओलीसँग मिलेर अघि बढ्ने सम्भावना रहँदै नरहेको उहाँले उल्लेख गर्नुभएको हो । संविधान निगरानी समूहद्वारा आज आयोजित कार्यक्रममा उहाँले अब मिल्ने सम्भावना नरहेको भन्दै ओली पार्टी सदस्य हुन योग्य समेत नरहेको बताउनुभयो । ओली मदन भण्डारी फाउन्डेसनको वरिपरि मात्र डुल्ने गरेको नेता नेपालको भनाई छ ।..

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको तीन दिने भारत भ्रमण आजबाट

१ माघ, काठमाण्डौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज भारत भ्रमणमा जाँदैहुनुन्छ । उहाँ तीन दिने भारत भ्रमणका लागि भारत प्रस्थान गर्न लाग्नुभएको हो । भ्रमणका क्रममा उठाउने मुद्दा र छलफलका विषयका बारेमा परराष्ट्र मन्त्रालयले मङ्गलबार नै जानकारी गराइसक्नुभएको छ । नेपालले सीमा समस्याको विषय उठाउने भएपनि भारतीय पक्षले त्यसबारे कुरा नगर्ने भएको छ । नेपालले कालापानी क्षेत्रको विवाद समाधानका विषयमा कुरा उठाउने भएको छ । तर, भारतीय पक्ष यसबारे कुरै..

बैङ्कले दिने ब्याजदर झनै घट्यो

१ माघ, काठमाण्डौँ । वाणिज्य बैङ्कहरुले निक्षेपमा दिने ब्याजदर झनै घटाएका छन् । यसअघि नै ज्यादै कम भएको मानिएको बचत तथा मुद्दती निक्षेपको ब्याजदर माघ महिनादेखि लागु हुनेगरी झनै घटाइएको हो । राष्ट्र बैङ्कले प्रत्येक महिनाका लागि लागु हुने ब्याजदर महिना सुरु हुनुभन्दा अघि नै प्रकाशित गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेसँगै माघ महिनाका लागि सबैजसो बैङ्कहरुले यस्तो ब्याजदर प्रकाशन गरेका हुन् । अहिले बैङ्कहरुले प्रकाशित गरेको ब्याजदर तालिका अनुसार बचत खातामा..

डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी

२७ पौष, काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी भईरहेको अंन्तराष्ट्रिय संञ्चारमाध्यमहरुले जनाएको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्न नौ दिन बाँकी रहेको बेला राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने तयारी भएको जनाईएको छ । महाअभियोग प्रस्तावमा दुई सय बढी डेमोक्रेट सांसदहरुले हस्ताक्षर गरेको उल्लेख गरिएको छ । उक्त प्रस्तावमा अमेरिकी संसदको तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स”मा मंगलबार मतदान हुने सक्ने डेमोक्र्याट नेताहरुलाई उद्धृत गर्दै..

नेकपा एकता राष्ट्रिय अभियानमा संगठित हुन बामदेव गौतमको आव्हान

२५ पौष, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले विभाजित नभई नेकपा एकता राष्ट्रिय अभियानमा संगठित हुन आव्हान गर्नुभएको छ । ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान’को संयोजकको रुपमा आज विज्ञप्ति सार्वजनिक गर्दै नेकपा नेता कार्यकर्ताहरुलाई गौतमले भन्नुभएको छ, ‘तपाईंहरु जुन ठाउँमा हुनुहुन्छ त्यहीँ नेकपा एकता अभियानको नाम संगठन खडा गर्नुहोस् र विभाजनमा ढल्केका कमरेडहरुलाई सम्झाउनुहोस् ।’ उहाँले कुनै पनि समूहका नेताहरुको गालीगलौजको शैलीमा विरोध नगर्न र..

चार पूर्वप्रधानन्यायाधीशको निश्कर्षः प्रधानमन्त्री ओलीको कदम असंवैधानिक !

२४ पौष, काठमाण्डौँ । चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् । पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वक्तव्य जारी गर्दै आकर्षित नहुने धारणा प्रयोग गरेर संसद भंग गरिएको बताउनुभएको छ । संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजन बाहेक अर्काे अवस्थामा संसद विघटन गर्ने अधिकार नदिएको ब्यहोरा वक्तव्यमा उल्लेख गरिएको छ । आफ्नै पार्टीका केही..

प्रचण्डलाई ओलीको कटाक्षः बुहारीवाला पार्टी होईन

२४ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि परिवारवादको आरोप लगाउनुभएको छ । धनगढीमा नेकपाको आफ्नो समूहको सभामा बोल्दै ओलीले प्रचण्ड छोरीबुहारी र आफन्तलाई पद र शक्तिमा लान केन्द्रित भएको आरोप लगाउनुभएको हो । ‘जसलाई छोरीहरु र बुहारीहरुको मतलब छ, जनताको मतलब छैन,’ ओलीले प्रचण्डप्रति संकेत गर्दै भन्नुभयो, ‘ध्यान कता छः छोरी बुहारी, भाई भतिजा, आफन्त, भाञ्जो, साली, नाति ।’ उहाँले आफ्नो..

अविश्वास प्रस्ताव लैजादा प्रचण्ड–माधव नेपाल पक्षले आफूलाई नसोधेको वमदेवको भनाई

२३ पौष, काठमाण्डौँ । विभाजित नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लैजादा प्रचण्ड–माधव नेपाल पक्षले आफूलाई नसोधेको बताउनुभएको छ । राष्ट्रियसभा सदस्यको रुपमा पहिलो बैठक विहीवारको बैठकमा सम्बोधन गर्दै गौतमले यसअघि आफूले अविश्वास प्रस्ताव ल्याउन खोज्दा असफल बनाएको अरोप लगाउनुभयो । गौतमले आफू भएको भए अविश्वास प्रस्ताव आएपछि पार्टी जोगाउन प्रधानमन्त्रीबाट राजिनामा दिने थिएँ भन्नुभयो । गौतमले भन्नुभयो–‘म पटक पटक बैठकमा नेताहरुको कार्यशैली सुधारको कुरा उठाएँ तर सुधार भएन..