मुख्य समाचार

प्रधानमन्त्री ओली र भारतीय विदेशसचिव श्रृंगलाबीच भेटवार्ता
११ मंसिर, काठमाण्डौँ । नेपालको दुई दिने भ्रमणमा रहनुभएका भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । बालुवाटारमा भएको भेटवार्तामा प्रधानामन्त्री ओलीले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड दिनुभयो । भेटवार्ताको क्रममा प्रधानमन्त्री ओलीले अहिले सम्बन्धमा देखिएको चिसोपना हटाउँदै सबै समस्याको समाधान गर्नुपर्नेमा जोड दिएको प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो । विदेश सचिव श्रृंगलाले आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको..

नेपाल–भारत परराष्ट्रसचिव स्तरीय बैठक सम्पन्न
११ मंसिर, काठमाण्डौँ । नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डल स्तरीय बैठक सम्पन्न भएको छ । सो द्विपक्षीय बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौडेलले र भारतीय टोलीको नेतृत्व भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले गर्नुभएको हो । काठमाण्डौँमा आज भएको द्विपक्षीय बैठकमा नेपाल–भारत सम्बन्धका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चार्टर्ड जहाजबाट आज बिहान नेपाल आइपुग्नुभएका श्रींगलाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए लगत्तै पत्रकारहरूसँगको प्रतिक्रियामा नेपाल–भारत..

ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन
१० मंसिर, काठमाण्डौँ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन सरकारले तत्कालका लागि स्थगन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो मंसिर २७ गते हुने भनिएको निर्वाचन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहनुभएका संञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार कोभिडका कारण अर्काे मिति नतोकिएसम्मका लागि ट्रेड युनियनको निर्वाचन निर्वाचन स्थगन भएको बताउँनुभयो । त्यसअघि सरकारले गत असोज २४ गते..

महिला हिंसा अन्त्यका लागि जनचेतना र कानूनी कारवाहीमा कडाई गर्न राष्ट्रपतिको जोड
१० मंसिर, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिनका लागि जनचेतना फैलाउन तथा अपराधीलाई दण्डित गर्दै पीडितलाई यथोचित क्षतिपूर्तिसहित कानूनी उपचारको व्यवस्था गराउन सम्बद्ध पक्षलाई आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले ‘महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तरराष्ट्रिय दिवस’को अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा कुनै पनि संस्कृति, भूगोल, समाज र अर्थतन्त्र महिला हिंसाबाट मुक्त हुन नसकेका सन्दर्भमा त्यस्ता सबै प्रकारका हिंसा अन्त्य गर्दै लैङ्गिक समानताको स्थापना..

बालिका हत्या प्रकरणः बर्दिबासमा निषेधाज्ञा जारी
१० मंसिर, महोत्तरी । महोत्तरीको बर्दिबासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । बर्दिबास नगरपालिका–१४ स्थित शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलबसा खातुनको हत्याको विरोधका क्रममा भएको प्रदर्शनका क्रममा थप एक जनाको प्रहरीको गोली लागेर मृत्यु भएपछि हुनसक्ने सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले आज बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । भीड नियन्त्रणमा लिन भन्दै प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका थिए..

वर्तमान सरकार कुनैपनि हालतमा परिवर्तन हुदैँनः मन्त्री श्रेष्ठ
९ मंसिर, विराटनगर । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले कुनैपनि हालतमा वर्तमान सरकार परिवर्तन नहुने बताउनुभएको छ । विराटनगरमा आज संञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपाली जनताले पाँच वर्षसम्म सरकार चलाउने म्यान्डेड दिएकाले आफ्नो अवधि पुरा नभएसम्म सरकार परिवर्तन नहुने बताउँनुभएको हो । मुलुकको राजनीतिक स्थायित्व, विकास र सम्वृद्धिका लागि आफ्नो पार्टीलाई दुई तिहाई नजिकको जनताको समर्थन रहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार पुर्ण अवधिसम्म चल्ने उहाँले स्पष्ट पार्नुभयो । अर्काे..

प्रतिपक्षी दलसंग सत्ता साझेदारी गर्न देउवासँग छलफल भएको कुरो निराधार र झुटो होः विष्णु पौडेल
९ मंसिर, काठमाण्डौँ । अर्थमन्त्री विष्णु पौडेलले निर्वाचनको बेला तयार भएको घोषणापत्र कार्यान्वयन गर्दै जनताका पक्षमा निर्णय गर्दै जाने बताउनुभएको छ । प्रेस संगठन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री पौडेलले जनताका पक्षमा निर्वाचनको घोषणापत्र कार्यान्वयन हुने गरी निर्णय गर्दै जाने बताउनुभएको हो । उहाँले ५ वर्षको अवधि नसकिदै घोषणा पत्र कार्यान्वयन गरेर पुनः जनता सामु जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेकपाका महासचिव समेत रहनुभएका पौडेलले पार्टीको समस्या..

भारत–चीनका उच्च अधिकारीहरुको नेपाल भ्रमणमा होड्बाजी !
८ मंसिर, काठमाण्डौँ । कोरोना महामारीका कारण केही महिना यता स्थगित भएको छिमेकी देशका उच्च अधिकारीहरुको नेपाल भ्रमण सुचारु भएको छ । कोरोना कारण अन्तर्राष्ट्रिय उडान नियमित भइसकेको छैन । तर, विदेशी पाहुनाहरु चार्टर्ड विमानमा काठमाडौं आउजाउ गर्न सुरु गरेका छन् । विशेषतः पछिल्लो समयमा दक्षिणको छिमेकी मुलुक भारतबाट निरन्तर उच्च तहको भ्रमण भइरहेको छ । उत्तरको छिमेकी चीनबाट पनि आगामी साता रक्षामन्त्री आउने निश्चित प्रायः छ । कोरोना संक्रमण..

प्रधानमन्त्री ओली इलाम र ताप्लेजुङ्ग भ्रमणका लागि प्रस्थान
८ मंसिर, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज इलाम र ताप्लेजुङ्गको भ्रमणका लागि त्यस क्षेत्र तर्फ प्रस्थान गर्नुभएको छ । उहाँ हेलिकप्टर मार्फत दुई जिल्ला भ्रमणका लागि निस्कनुभएको हो । उहाँले ताप्लेजुङ्गमा चीनसँग सीमा जोडिएको ओलाङचुङगोलाको निरीक्षण गर्नुहुँने छ । यस्तै इलाममा पनि उहाँ स्थानीय कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको बताईएको छ । ओलीसँग पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ सहभागी हुनुहुन्छ । केही दिनअघि प्रधानमन्त्री ओली संखुवासभा भ्रमणमा जानुएको थियो ।-file..

म कुनै गुटमा छैन, पार्टी फुट्नु हुँदैनः वामदेव गैतम
६ मंसिर, दाङ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताउनुभएको छ । नेकपा तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा गौतमले सो कुरो बताउनुभएको हो । कार्यक्रममा बोल्दै उपाध्यक्ष गैतमले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूहरूले निरन्तर पहल गरिरहेको बताउनुभयो । कुनै गुटमा आफु नरहेको भन्दै सधैं गुटको विपक्षमा रहेको बताउनुभयो । ‘मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्नुहुँदैन..