११ माघ, काठमाण्डौँ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिनुभएको छ । आज उहाँले मोडल जाङ्मु शेर्पासँग विवाह गर्नुभएको हो ।
काठमाडौंस्थित एक पार्टी प्यालेसमा भएको विवाह समारोहमा नेकपाका सीमित नेता र आफन्त सहभागी थिए । ४९ वर्षका बेहुला राई र २४ वर्षकी बेहुली शेर्पा किराती परम्परागत भेषभुषामा सजिएका थिए ।
राईको पुख्यौंली घर भोजपुर हो, त्यस्तै शेर्पाको घर संखुवासभा हो । काठमाडौंमा हुर्केबढेकी शेर्पाको आमाबाबु हाल अमेरिकामा बस्दै आएका छन् ।
शेर्पा मोडल समेत हुन् । मिस मंगोल २०१८ को उपाधि समेत जितेकी उहाँले विभिन्न म्युजिक भिडियोमा अभियन गर्नुभएको छ ।