७ माघ, काठमाण्डौँ । नेपाली कांग्रेसले वैशाखमा तोकिएको मध्यावधि निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन पार्टी जिल्ला कार्यसमितिलाई सर्कुलर पठाईएको छ ।
प्रधानमन्त्री केपी ओलीले ५ पौषमा संसद विघटन गरी वैशाख १७ २७ का लागि मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको थियो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमाबार मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन सबै जिल्ला सभापति परिपत्र गरेको जनाईएको छ । आयोगले १५ माघदेखि २१ सम्म ७५३ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ ।
१८ वर्ष उमेर पुगेका व्यक्तिको नामावली अद्यावधिकका लागि सात सय ५३ स्थानीय निकायमा आयोगले पत्र पठाएको थियो ।
निर्वाचन आयोगले गर्ने मतदाता नामावली प्रकाशन, मतदाताको नाम वा विवरणमा त्रुटि भए सच्याउन निवेदन दिने, झुठो विवरण दिई मतदाता बनेको भए उजुरी दिनेलगायतका कार्यमा सहयोग गर्न निर्देशन दिइएको छ ।
त्यसैलाई सहयोग हुनेगरी सहभागी हुन काँग्रेसले परिपत्र जारी गरेको हो । गत साता आयोगले निर्वाचनसम्बन्धी कार्यक्रमबारे दलहरूसँग छलफल गरेको थियो ।
संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै काँग्रेस विरोधमा उत्रिएको काँग्रेसले निर्वाचन सम्बन्धि कार्यमा सहयोग गर्ने परिपत्र गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।