बागलुङमा होली खेल्ने क्रममा झडप हुँदा दुुई जनाको मृत्यु

१६ चैत्र, बागलुङ । बागलुङको निसीखोला गाउँपालिका होली खेल्ने क्रममा दुुई समूहबीच झडप हुँदा दुुई जनाको मृत्यु भएको छ । बागलुङको निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमा होली खेल्न गएको युवाहरुको दुुई समूहबीच झडप हुँदा निसिखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको बागलुङका प्रहरी प्रमुख एसपी कृष्ण बहादुर पल्लीमगरले बताउनुभयो । घटनामा निसीखोलाका केही युवाहरु घाइते भएका छन् । बल्देधुरीमा होलीका..

ओलीले मलाई घोक्र्याएर एमालेमा फर्काउन बाध्य बनायोः माधव नेपाल

१४ चैत्र, काठमाण्डौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई घोक्र्याएर एमाले पार्टीमा फर्काइएको प्रतिकृया दिनुभएको छ । नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको दया र कृपा रहुञ्जेल ओली सरकार टिकिरहने नेता नेता नेपालको तर्क छ । आज काठमाडौंमा बृहत नागरिक आन्दोलनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै एमालेका वरिष्ठ नेता नेपालले आफूलाई घोक्रयाएर पार्टीमा फर्काइएको टिप्पणी गर्नुभएको हो । नेकपा खारेज गर्ने सर्वाेच्च अदालतको फाल्गुन २३ गतेको निर्णयलाई संकेत..

विद्यार्थी नेताहरुको एउटै आवाजः स्ववियु निर्वाचन हुनुपर्छ !

१४ चैत्र, काठमाण्डौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनबारे त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चासो देखाएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिभुवन विश्वविद्यालय समितिसँग त्रिविले आगामी जेष्ठ ३० गते स्ववियु निर्वाचन गर्न सहमति जनाएको छ । नेविसंघ त्रिवि समितिले पाँच बुँदे माग राखेर ४८ दिनसम्म गरेको रिले अनसनपछि स्ववियु निर्वाचन गर्नेगरी त्रिवि र नेविसंघबीच ९ चैत्रमा सहमति भएको थियो । उक्त सहमतिको विद्यार्थी संगठनले स्वागत गरेका छन् । सत्तारुढ नेकपा एमाले..

दुई समुहका एमाले सांसदहरु बालुवाटारमा बहश गर्दे, नेपाल र रावललाई कारवाही गर्ने ओलीको संकेत

१३ चैत्र, काठमाण्डौँ । दुई समुहमा विभाजित भएका नेकपा एमालेका सांसदहरु आज दिउँसो बालुवाटारमा भेला भए । प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको दलको बैठकमा भाग लिन माधव नेपाल पक्षका नेताहरु पनि बालुवाटार पुगेपछि पार्टी एकताको भाव सञ्चार भएको भन्दै ओली पक्षका सांसदहरु पनि उत्साहित देखिए । एमाले संसदीय दलको बैठक आगामी बजेट र विकास योजनाहरुका सम्बन्धमा सांसद र मन्त्रीबीच सम्वाद गर्नका लागि बोलाइएको थियो । बैठकलाई..

प्रदेश–१ को मन्त्रिमण्डल विस्तारः सपथग्रहण आजै (नामावली सहित)

१३ चैत्र, विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । विस्तारित सदस्यको सपथग्रहण आजै दिउँसो १ बजे हुनेछ । सर्वाेच्च अदालतको दल विभाजनसम्बन्धी फैसलापछि शक्तिशाली बनेका राईले प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार टङ्क आङ्बुहाङ, उषाकला राई, रामबहादुर राना र अम्बिरबाबु गुरुङलाई मन्त्री पदको जिम्मेवारी दिइएको छ । राजकुमार ओझा र कला घलेलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री कार्यालय स्रोतका..

कोरोना संक्रमण त्रासः उपत्यकामा उच्च सतर्कता

१२ चैत्र, काठमाण्डौँ । पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा उच्च सतर्कता अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले छुट्टाछुट्टै निर्णयमार्फत कोरोनाको संक्रमण र रोकथामका लागि प्रभावकारी भूमिका खेल्न आम सर्वसाधारणमा अपिल गरेको छ । उपत्यकामा बढ्दो भीडभाड, त्यसमाथि नेपालीहरुको पर्व होली समेत भएकाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न सचेत गरिएको छ । यस्तै भीडभाडमा नजान, मास्कको अनिवार्य प्रयोग गर्न, साबुनपानीले नियमित हात..

राजेन्द्र महतोलाई रेशम चौधरीको जवाफः बाहिर आएको कुरा भ्रामक र कपोलकल्पित हो

११ चैत्र, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले कारागारमा रहेका आफ्नै पार्टीका निलम्बित सांसद रेशमलाल चौधरीलाई डिल्लीबजार कारागारमा पुगेर भेट गर्नुभएको छ । नेकपा एमालेसँग सत्ता सहकार्यको हल्ला चलिरहेका बेला निलम्बित सांसद चौधरीलाई भेट्न महतो आफै आज डिल्लीबजार कारागार पुग्नुभएको हो । एमालेसँग सत्ता साझेदारीका लागि रेशम चौधरीको मुद्दा फिर्तालाई जसपाले प्रमुख एजेण्डा बनाइरहेका बेला आज रेशम चौधरीकै भनाइ भन्दै ओलीसँग सहकार्य गर्न नहुने, बरु जेलमै कुहिने..

एमालेको पार्टी कार्यलय अब थापाथलीमा सर्ने

११ चैत्र, काठमाण्डौँ । सत्तारूढ दल नेकपा (एमाले)को पार्टी कार्यलय अब थापाथलीमा सर्ने भएको छ । आजमात्रै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथलीस्थित नयाँ कार्यालय भवनको अवलोकन गर्नुभएको छ । अवलोकनपछि प्रधानमन्त्री ओलीले उक्त घर पार्टी कार्यालयका लागि उपयुक्त हुने नै प्रतिक्रिया दिनुभएको छ । उक्त घर भने प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडको पहलमा खोजिएको बताईएको छ । दुगडले उक्त घर पाँच वर्षको लागि सम्झौता भएको जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारी र बङ्गलादेशका प्रधानमन्त्री हसिनाबीच शिष्टाचार भेटवार्ता

९ चैत्र, काठमाण्डौँ । बङ्गलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा.वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा.एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको बताइएको छ । आजै बङ्गलादेशका विदेशमन्त्री डा.मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता..

राष्ट्रपति भण्डारी ढाकामा, आजै महत्वपूर्ण भेटवार्ता

९ चैत्र, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको राजकीय भ्रमणका सिलसिलामा राजधानी ढाकामा आइपुग्नुभएको छ । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदका मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी बिहान स्थानीय समयानुसार १० बजे ढाकास्थित हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थल प्रस्थान गर्नुभएको हो । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानबाट उहाँ ढाका पुग्नुभएको हो । राष्ट्रपति भण्डारीलाई समकक्षी हमिदले विमानस्थलमा स्वागत गर्नुभयो..