हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस्ः प्रधानमन्त्री ओली

४ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । वसन्त पंञ्चमी (श्रीपञ्चमी) तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना गर्नुभएको हो । वैद्धिककालदेखि नै प्रज्ञा प्रकाशको प्रतीकका रुपमा सरस्वती पूजा मनाइँदै छ । प्रधानमन्त्री ओलीले नागरीकको जीवनमा खुशी..

आज वसन्तपञ्चमीः राष्ट्रपतिद्धारा वसन्त श्रवण

४ फाल्गुन, काठमाण्डौँ । वसन्तपञ्चमीको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको न्यासल चोक पुगेर वसन्त श्रवण गर्नुभएको छ । हनुमान ढोकाका मुल पुरोहितबाट उहाँले वसन्त श्रवण गर्नुभएको हो । राष्ट्रपति भण्डारीलाई पुरोहितले टीका तथा प्रसाद समेत प्रदान गर्नुभएको हो । बसन्त श्रवण गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नीप्रसाद सापकोटा, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतका उच्च पदस्थ व्यक्तिहरू हनुमानढोका पुग्नुभएको थियो ।

इजलासमा प्रधानन्यायाधीशको प्रश्नः यो सरकार केपी ओलीको हो कि नेकपाको ?

२ फाल्गुन, काठमाण्डौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वर्तमान सरकार कसको नेतृत्वको हो भनि इजलासमा प्रश्न गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आइतबारदेखि सुरु भएको रिट निवेदकतर्फको जबाफी बहसका क्रममा प्रधानन्यायाधीश राणाले अधिवक्ता डा. दीनमणि पोखरेललाई यसबारे प्रश्न गर्नुभएको हो । ‘अहिलेका प्रधानामन्त्री जो हुनुहुन्छ, केपी ओलीको सरकार हो कि नेकपाको सरकार हो ? इजलासमा राणालले प्रश्न गर्नुभएको थियो । जबाफमा पोखरेलले नेकपाको सरकार भएको बताउनुभयो । राणाले फेरि थप्नुभयो,..

विश्वका शक्तिशाली प्रेम–पत्र !

२ फाल्गुन, काठमाण्डौँ । युवा जनरल नेपोलियन बोनापार्टलाई विवाहको दुई दिनलगत्तै इटालियन सेनाविरुद्ध लड्न मोर्चामा जानुपर्याे । उनले लडाइँको मोर्चाबाटै आफ्नी पत्नी जोसेफिनलाई प्रेमपत्र लेखे– ‘जोसेफिन, तिमी मेरा लागि अतुलनीय छौं । तिमीबाट टाढा रहँदा जीवनको कुनै पनि आनन्दले मलाई छुँदैन । तिमीबाट अलग रहँदा सारा संसार मेरा लागि विशाल मरुभूमि बन्छ र त्यसको निर्जनतामा म एक्लै भौंतारिने गर्छु–आफ्नो अतृप्त आकांक्षाका साथ ।’ ‘मेरो प्राण जोसेफिनकै लागि हो । मेरी..

प्रधानमन्त्री ओली गृह जिल्ला झापा आउदैं

२ फाल्गुन, झापा । प्रधानमन्त्री केपी शर्मा ओली आउदो फाल्गुन १६ गते गृह क्षेत्र आउनुहुने भएको छ । करिव एक बर्ष पछी प्रधानमन्त्री ओली गृह जिल्ला झापा आउन लाग्नुभएको हो । अघिल्लो बर्ष फाल्गुनमा उहाँ दमक रवि सडक शिलान्यास गर्न गृह क्षेत्र आउनुभएको थियो । आउदो फाल्गुन १६ गते प्रधानमन्त्री ओलीले दमक र कमलमा बिभिन्न योजनाको शिलान्यास र उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको सचिवालयका सदस्य होमबहादुर थापाका अनुसार प्रधानमन्त्री..

प्रचण्डलाई ओलीको जवाफः जनसमर्थन कस्तो हुन्छ बुटवलमा हेर्न आउनुस्

१ फाल्गुन, बुटवल । काठमाडौंमा भएको प्रचण्ड–माधव पक्षको विरोधसभामा प्रचण्डले ‘जनसहभागिता हेर्न यहाँ आउनुस् केपीजी’ भनि दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले जबाफ फर्काउनुभएको छ । उहाँले प्रचण्ड–नेपाल पक्षले काठमाडौंमा गरेको विरोधसभाका लागि देशभरबाट मान्छे ओसारेपनि जनसहभागिता नदेखिएको दावी गर्नुभयो । बुटवलमा आज नेकपा ओली समूहले गरेको जनसभाका क्रममा ओलीले देशभरबाट नभइ प्रदेशस्तरको सभामा नै हजारौंको सहभागिता रहेको बताउनुभयो । ‘अस्ति ३ दिनअघि मात्रै देशभरबाट मान्छे जम्मा गरेर अलीकति मान्छे..

आज सोनाम ल्होसारः राष्ट्रपति देखी मुख्यमन्त्रीसम्मले दिए शुभकामना

३० माघ, काठमाण्डौँ । तामाङ समुदायको सोनाम तथा ग्याल्पो ल्होसार पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपीशर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतले शुभकामना दिनुभएको छ । त्यस्तै, नेपाली कांग्रेस, नेकपा, जनता समाजवादी पार्टीले पनि ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै बहुरंगी संस्कृतिको धनी नेपाल यिनै विभिन्न आस्था र अवस्थाहरुलाई मिलाएर अघि बढ्न सकेको खण्डमा मात्रै राजनैतिक स्थायित्व, दिगो शान्ति, छिटो..

सुशासन, पारदर्शिता र स्वच्छताका लागि नियमन, अनुगमन हुनुपर्छः प्रधानमन्त्री ओली

२७ माघ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजकल्याण परिषद् र विश्वविद्यालयहरुबीच परियोजना मूल्याङ्कनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर नयाँ अभ्यासको प्रारम्भ भएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा परिषद् र विभिन्न विश्वविद्यालयबीच परियोजना मूल्याङ्कनसम्बन्धी समझदारीमा हस्ताक्षर समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कार्यक्रम नतिजामुखी बनाउन र कार्यान्वयन भइरहेको काम परिणाममुखी बनाउने प्रभावकारी माध्यम अध्ययन, अनुगमन र विश्लेषण भएको बताउनुभयो । सामाजिक क्षेत्र र समाजकल्याणका क्षेत्रका कार्यक्रम अनुगमनका अभावमा अलपत्र हुने जनगुनासोबीच आज..

प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुनेछः रामकुमारी झाँक्री

२७ माघ, काठमाण्डौँ । प्रहरीले नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ । गत माघ १६ गते गोर्खामा आयोजित सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाले राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै ‘जरुरी पक्राउ पूर्जी’ थमाएर झाँक्रीलाई बिहीबार शंखमूलस्थित निवासबाटै पक्राउ गरेको थियो । पक्राउ गरेर झाँक्रीलाई मीनभवनस्थित अपराध महाशाखा प्रमुख दिपक कार्कीको कार्यकक्षमा राखिएको थियो । नेत्री झाँक्रीले सरकारले चौतर्फी दबाब थेग्न नसकेपछि..

प्रचण्डको खुलासा पछि वालुवाटारमा खैलाबैला !

२७ माघ, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका दुईजना मन्त्री फर्कन लागेको दाबी गरेपछि ती को हुन् भन्ने चासो बढेको छ । यसले प्रधानमन्त्री निवास बालुवाटारमा समेत चासो बढेको छ । बालुवाटारले तिनको खोजी थालेको बुझिएको छ । प्रचण्डले ढुक्कका साथ दुई मन्त्री फर्कने बताउनुभएको थियो । उहाँले हिजो भृकुटीमण्डपमा आयोजित नेकपाको प्रचण्ड नेपाल समूहको विरोध सभामा बोल्दै दुई मन्त्रीको आफूसँग वार्ता..