उपत्यकामा वैशाख १६ देखि अत्यावश्यक बाहेकका सेवा बन्द

१४ वैशाख, काठमाण्डौँ । काठमाडौँ उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका अन्य सेवा र यातायात बन्द गरिएको छ ।

आज काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सो आदेश जारी गरी अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण नेपालमा समेत फैलिएको र पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकामा समेत संक्रमण तीव्र रूपमा बढिरहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि संकामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी मिति वैशाख १६ गते बिहान ६ः०० बजे देखी मिति वैशाख २२ गते राती १२ः०० बजेसम्म उपत्यकाभर लागू हुने जारी आदेशमा भनिएको छ ।

यदि आदेशको उल्लङ्घन गरेमा प्रचलित कानुन अनुसार कारबाही हुने ब्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270