मुख्य समाचार

यो सरकारले एमसीसी प्रस्ताव सदनमा प्रस्तुत गरेको होईनः सुवास नेम्वाङ
८ फाल्गुन, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सरकारलाई काम गर्न नदिईएको बारे आधार पेश गर्नुभएको छ । आज ओली समूहले विराटनगरमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै नेम्वाङले यस्तो बताउनुभएको हो । उहाँले संसद्ले काम पाएन भने सरकारले ढङ्ग नपूर्याएको भन्ने आरोप लाग्ने गरेको बताउदैं सरकारले संसदलाई काम दिएन भने सरकारले काम गर्न सकेन भन्ने आरोप लाग्नेको बताउनुभयो । उहाँले उहाहरण दिदै..

आम निर्वाचनका लागि तयारीमा लागौँः सुवास नेम्वाङ
६ फाल्गुन, इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुवास नेम्वाङले आगामी आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गर्नुभएको छ । इलाममा आज आयोजित नेकपा कार्यकर्ता भेटघाटमा उहाँले निर्वाचनका लागि तयारी अवस्थामा बस्न सबैलाई आग्रह गर्नुभएको हो । कार्यक्रममा बोल्दै नेम्वाङले वैशाखमा निर्वाचन हुनेमा आफू विश्वस्त रहेको समेत बताउनुभयो । नेता नेम्वाङले भन्नुभयो–‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन घोषणा गर्ने काम दुई सय प्रतिशत उपयुक्त लागेर गर्नुभएको हो । सर्वाेच्च..

सर्वाेच्चमा प्रधानमन्त्रीको जवाफः अदालतको अवहेलना भन्ने दाबी नै अनुचित !
६ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वाेच्च अदालतमा आँफै उपस्थित भएर अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्नुभएको छ । उहाँले आफूबाट अदालतको अवहेलना भएको भन्ने दाबी नै अनुचित र खारेजभागी रहेको स्पष्ट पार्नुभएको छ । उहाँले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै आएको र अदालतको अवहेलना कहिल्यै नगरेको बताउनुभएको छ । आज सर्वाेच्च अदालतमा आफैं उपस्थित भएर ११ बुँदे लिखित जवाफ बुझउँदै प्रधानमन्त्री ओलीले आफू ओलीले..

टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्द
६ फाल्गुन, काठमाण्डौँ । परीक्षामा टिकटक बनाउने दैलेखका विद्यार्थीको परीक्षा रद्द भएको छ । कक्षा १२ को परीक्षामा टिकटक बनाएर सामाजिक संञ्जालमा राख्ने रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको हो । रोशनले दैलेखको कालीका मा.वि.बाट परीक्षा दिएका थिए । उनको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत मंसिरमा भएको परीक्षामा उनले परीक्षा दिएकै बेला टिकटक बनाएकाले उनको चालु खण्डको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो ।..

भागरथी भट्टको हत्यारा सार्वजनिक
५ फाल्गुन, काठमाण्डौँ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ बर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । घटना भएको १३ दिनसम्म सूक्ष्म ढङ्गले अनुसन्धान गरेको प्रहरीले सनातन धर्म माविमा कक्षा ११ मा अध्ययनरत भागरथीकै सहपाठी दिनेश भट्टलाई पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । दिनेशले प्रहरी समक्ष दिएको बयान र भेटिएका प्रमाणहरूको आधारमा प्रहरी उनले नै घटना गराएको निष्कर्षमा पुगेको..

काँग्रेस महाधिवेशन भाद्र ७, ८, ९ र १० गते गर्ने प्रस्ताव
५ फाल्गुन, काठमाण्डौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन भाद्र ७, ८, ९ र १० गतेका लागि प्रस्ताव गरिएको छ । आज बसेको काँग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय महाधिवेशन भाद्र ७, ८, ९ र १० गतेका लागि प्रस्ताव गरिएको हो । यस्तै असार २० गतेबाट तल्लो तहको अधिवेशन सुरु गर्ने प्रस्ताव छ । बैठकमा काँग्रेस संस्थापन पक्षबाट प्रस्ताव पेस भएको छ । केन्द्रीय महाधिवेशन बाहेकको कार्यतालिकामा पौडेल पक्ष सहमत छैन..

नेपाली कांग्रेस महासंकटमा !
५ फाल्गुन, काठमाण्डौँ । आज नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दैछ । पार्टी प्रवक्ता विश्व प्रकाश शर्माका अनुसार बैठकमा पार्टीको १४ औं महाधिवेशनको नयाँ मिति र भावी आन्दोलनको स्वरुपको बारेमा छलफल हुनेछ । गत असार महिनामा बसेको केन्द्रीय कार्य समितिको बैठकले यही फाल्गुन ७ देखि १० सम्म पार्टीको १४ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर कोरोनाको कहर, क्रियाशील सदस्यता वितरणमा देखिएको झमेला र विभिन्न जिल्लामा समायोजनमा उत्पन्न..

भागरथी हत्या प्रकरण अभियुक्त पक्राउ, बलात्कारपछि भीरमा लडाएर हत्या गरेको स्विकार
५ फाल्गुन, काठमाण्डौँ । बैतडीकी भागरथी भट्टको हत्याका अभियुक्त पक्राऊ परेका छन् । उनलाई पक्राऊ गरेको पुष्टि प्रहरीले गरेको छ । भागरथीको हत्या उनकै छिमेकी युवाले गरेको पत्ता लागेपछि उनलाई पक्राऊ गरिएको हो । ती युवकले भागरथीलाई भीरमा लडाएर बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । उनलाई आज प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ । भागरथीको परिवारसँग ती युवकको परिवारको सम्बन्ध बिग्रेको थियो । त्यसपछि उनीहरु गाउँबाट एक किलोमिटर पर..

निर्वाचन आचारसंहिता जारी गर्ने तयारीमा निर्वाचन आयोग
४ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधान नहुँदै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्ने तयारी गरेको छ । सरकारले आउदो वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेको छ । तर, नेकपाको विवाद अझै पनि हल भएको छैन् । यस्तो अवस्थामा कसरी चुनाव होला ? भनेर चौतर्फी प्रश्न उठिरहेको छ । आयोग निकट उच्च स्रोतले जनाएअनुसार निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदा तयार भैसकेको छ ।..

सपना रोकालाई धम्क्याउने विनयजङ्ग बस्नेत पक्राउ
४ फाल्गुन, काठमाडौं । काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्दै आएकी सपना रोकालाई धम्क्याएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोका संगै शव जलाउने विनयजङ्ग बस्नेत रहेका छन् । विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले आज उनलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । काठमाडौंमा बेवारिसे शव..