मुख्य समाचार
देशभर वायु प्रदुषणको मात्रा फेरी बढ्यो, काठमाण्डौँ विश्वकै प्रदुषित शहर
२३ चैत्र, काठमाण्डौँ । देशभर वायु प्रदुषणको मात्रा बढेसंगै काठमाण्डौँ विश्वकै प्रदुषित शहर बनेको छ । बिहीबार साँझ पूर्वी तथा मध्य नेपालमा भएको वर्षाले प्रदषण केही घटे पनि आइतबारदेखि फेरि बढेको हो । स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार आज बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स ३३१ छ र काठमाडौं संसारकै धेरै वायु प्रदुषण भएको सहरको सूचीमा पहिलो नम्बरमा छ । वातावरण विभागको तथ्याङ्कअनुसार सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदुषण धनगढीमा छ । धनगढी..
पेट्रोल, डिजेल र मटितेलको मुल्य बढ्यो (नयाँ मुल्य सुची हेर्नुहोस्)
२३ चैत्र, काठमाण्डौँ । नेपाल आयल निगमले गएराती देखी इन्धनको मूल्य बढाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले गए राति १२ बजेदेखि लागू हुनेगरी इन्धको मूल्य बढाएको हो । स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २÷२ रुपैयाँ बढाउनुपरेको निगमले जनाएको छ । अब पेट्रोलको प्रतिलिटर मूल्य रु १२० रुपैयाँ र डिजेल मटितेलको रु १०३ रूपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास तथा..
पौडेललाई ठाकुरको जवाफः अहिले ओली जीसंग कुरा भईरहेको छ
२२ चैत्र, काठमाण्डौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसंग भेट गर्नुभएको छ । काँग्रेस नेता पौडेल अध्यक्ष ठाकुरको हात्तिवनस्थित निवासमै पुग्नुभएको थियो । ठाकुरको मनशाय बुझ्न र नयाँ सरकारका लागि समिकरण बनाउन पहलका लागि पौडेल त्यहाँ पुगेको स्रोतको भनाई छ । काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरिसकेको र सत्ता समिकरणका लागि जसपाले उठाएको मुद्दा सम्बोधन गर्नेबारे पौडेलले कुराकानी गर्नुभएको..
जुम्लाको ढिपु गाउँमा आगलागी, ३५ घर जलेर नष्ट, आगो नियन्त्रण बाहिर
२२ चैत्र, काठमाण्डौँ । जुम्लाको तिला गाउँपालिका ९ ढिपु गाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । ७५ घर भएको मुल्ली गाउँमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार आगो अझै नियन्त्रण बाहिर रहेको छ । प्रर्याप्त पानी नभएको कारण आगो नियन्त्रणमा आउन सकेको छैन । घरको छाना निकाल्ने र माटो हालेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको उहाँले बताउनुभयो । ३५..
प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी
२२ चैत्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारी भएको छ । २३ चैत्रभित्र नै अविश्वासको प्रस्ताव ल्याउने गरी तयारी भएको स्रोतको भनाई छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समिकरण बनाएर अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारी भएको हो । त्यसका लागि भित्री रुपमा गृहकार्य भइरहेको बताएको छ । प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याउने काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले..
प्रधानमन्त्रीको राजीनामा माग्ने कांग्रेसको निर्णय
२१ चैत्र, काठमाण्डौँ । नेपाली कांग्रेसको शुक्रबार राति सानेपामा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाले पेश गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले पारित गर्दै नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको हो । अब आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्नेसमेत कांग्रेसले निर्णय लिएको छ । बैठकको निर्णयपछि अब प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र देखिँदै आएको अलमल समाप्त भएको छ । अब कांग्रेसले ओली..
भारतमा कोरोना संक्रमणको दर बढ्न थालेपछि काँकरभिट्टा नाकामा कडाई
२० चैत्र, झापा । भारतमा कोरोना भाइरस संक्रमणको दर बढ्न थालेपछि भारतको पश्चिम बंगालस्थित रानीगञ्ज पानीट्यांकीसँग सीमा जोडिएको नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टामा समेत कडाइ गर्न थालिएकोे छ । स्थानीय प्रशासनका अनुसार छिमेकी मुलुक भारतका विभिन्न मुख्य शहरहरुमा कोरोना भाइरस संक्रमणको दर बढ्न थालेपछि कामको खोजीमा गएका नेपालीहरु केही दिनयता यो नाका भएर घर फर्कन थालेका छन् । संक्रमण देखिएका ठाउँबाट आएका नेपालीबाट संक्रमण फैलिने डरले आवतजावतमा कडाइ गरिएको इलाका प्रहरी..
घनश्याम भुषाल र सुरेन्द्र पाण्डे पनि एमालेबाट ६ महिनाका लागि निलम्बत
१९ चैत्र, काठमाण्डौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेताहरु घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई पनि ६ महिनाको लागि निलम्बन गर्नुभएको छ । यसअघि वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि साधारणसदस्यमेत नरहनेगरि निलम्बन गरिएको थियो । यी चारै जना नेताहरुलाई अध्यक्ष केपी शर्मा ओलीले यसअघि स्पष्टीकरण सोध्नुभएको थियो । नेताहरुको स्पष्टीकरणत्रको जवाफ चित्त बुझ्दो नआएको भन्दै कारबाही गरिएको बताईएको छ । चारै जना नेताहरुलाई..
नेकपा विवाद बारेको पुनरावलोकन निवेदनमा पहिलेकै फैसला सदर
१९ चैत्र, काठमाण्डौँ । सर्वाेच्च अदालतले नेकपा विवाद बारेको पुनरावलोकन निवेदनमा पहिलेकै फैसला सदर गरिदिएको छ । नेकपाको दर्ता खारेज गर्ने सर्वाेच्च अदालतको फैसला पुनरावलोकनका लागि माओवादी अध्यक्ष प्रचण्डले गत मंगलबार रिट दायर गर्नुभएको थियो । सो मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासमा आज चढेको थियो । तर अदालतले फाल्गुन २३ कै फैसलालाई सदर गर्दै निस्सा दिन अस्वीकार गरेको हो । तत्कालीन..
आज तराईमा होली पर्व मनाइँदै
१६ चैत्र, विराटनगर । आज तराईका जिल्लाहरुमा होली पर्व मनाइँदैछ । रंगहरूको पर्व होली तराई तथा मधेसका जिल्लाहरूमा हर्षाेलासका साथ मनाइँदैछ । पहाडी जिल्लामा हिजो नै फागु पूर्णिमा अर्थात होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज मनाईदैँ छ । होलीका अवसरमा केन्द्र सरकारले आज एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७