राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेश प्रस्थान

९ चैत्र, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेश प्रस्थान गर्नुभएको छ । दुई दिने राजकीय भ्रमणका लागि आज बङ्गलादेश प्रस्थान गर्नुभएको हो । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी बङ्गलादेश प्रस्थान गर्नुभएको हो । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रिय सभाका उपाध्यक्ष गणेशप्रसाद तिमिसिनाका..

एमाले संसदीय दलको बैठक सम्पन्नः गुटगत भेला गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय

७ चैत्र, काठमाण्डौँ । नेकपा एमाले संसदीय दलले गुटगत भेला गर्नेहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको दलको बैठकले संसदीय बोर्डमार्फत स्पष्टीकरण सोध्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले चैत्र ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो । यो समूहमा आबद्ध सांसदहरु संसदीय दलको बैठकमा पनि आएनन् । ३८ सांसदको तर्फबाट ज्ञापनपत्र..

एमाले संसदीय दलको बैठक सुरु, वामदेव गौतम पनि सहभागी

७ चैत्र, काठमाण्डौँ । नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे १० बजेदेखि बैठक सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पैष ५ गते प्रतिनिधि सभा विघटन गरेपछि तटस्थ देखिएका नेता वामदेव गौतम पनि आजको बैठकमा सहभागी हुनुहुन्छ । आज पार्टी संसदीय दलको बैठकमा गौतम सहभागी भएको एमाले राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराई जानकारी दिनुभयो । पार्टीभित्र विवाद मिलाउन..

एमाले संसदीय दलको बैठक बोलाईयो

४ चैत्र, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ । भोली ११ बजे बालुवाटारमा बैठक बोलाएको ओली पक्षका सांसद तथा मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । भोलीका लागि सबै सांसदहरुलाई एसएमएस गरेर निम्तो गरिएको उहाँको भनाई छ । प्रधानमन्त्री समेत रहनुभएका ओलीले गत फाल्गुन २८ गते एकलौटी बैठक बसेर गरेको निर्णयको विरोधमा एमालेको झलनाथ माधव पक्षले आजबाट राष्ट्रिय कार्यकर्ता भेला सुरु गरेको छ..

दलहरुबीचको सहकार्यलाई निरन्तरता दिनुपनुपर्छः राष्ट्रपति भण्डारी

३ चैत्र, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढिकरणका लागि राजनीतिक दलबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ । आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सर्वदलीय बैठकमा उहाँले आपसी संवाद, सहकार्य र एकता नेपालको राजनीतिक सौन्दर्य भएको पनि उल्लेख गर्नुभयो । ‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । यहाँको नेतृत्वले सधैं उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनुपर्छ’ राष्ट्रपतिको..

एमालेको नाममा माधव पक्षले छुट्टै गुट भेला गरे कारवाही गर्ने ओलीको चेतावनी

३ चैत्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको नाममा माधव नेपाल पक्षले छुट्टै गुटको भेला गरे कारवाही गर्न सक्ने चेतावनी दिनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज आयोजित चियापान कार्यक्रममा बोल्दै उहाँले पार्टीमा बसेपछि उच्छृङ्खल गतिविधि गर्न तथा विधान विपरितका काम गर्न छुट नदिइने बताउनुभयो । पार्टीलाई पार्टीको रुपमा चल्न नदिने, जहिले पनि भाँडभैलो मच्चाउने प्रविर्ती अव हुन नसक्ने उहाँले बताउनुभयो । ‘पार्टीमा हामी सबैले बिचारमा एकजुट भएर..

जसपाको विवाद उत्कर्षमाः एक समुह ओलीको पक्षमा, अर्को समुह विपक्षमा

४ चैत्र, काठमाण्डौँ । अहिलेको विषम राजनीतिक परिस्थितीमा निर्णायक भूमिमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालमा चर्को विवाद देखिएको छ । दुई धारबीच आन्तरीक द्वन्द्व उत्कर्षमा पुगेको छ । सत्ता साझेदारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने कि ओली इतर राजनीतिक पक्षसँग सहकार्य गर्ने भन्नेबारे जसपा नेपालभित्र बहस चलिरहेको छ । जसपा नेपालले नेकपा एमालेसँग सत्ता साझेदारी गरेर अघि बढ्ने वा नेपाली काँग्रेस र माओवादी केन्द्रसँग मिलेर नयाँ गठबन्धनका..

राष्ट्रपतिद्धारा सर्वदलिय बैठकको आव्हान

४ चैत्र, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूलाई समसामयिक विषयमा छलफल गर्नका लागि आह्वान गर्नुभएको छ । राष्ट्रपतिले आज अपराह्न ४ बजे राष्ट्रपति भवनमा छलफलका लागि आह्वान गर्नुभएको हो । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल एवं पूर्वप्रधानमन्त्रीलाई छलफलमा आमन्त्रण गरिएको छ । दलहरुबीच देखिएको विवाद अन्त्यको प्रयासस्वरुप भण्डारीले बैठक बोलाएको बताइएको छ । बैठकमा..

नेपाल–खनाल समूहले राष्ट्रिय भेला नरोक्ने, ओलीको चियापानमा सहभागी नहुने

२ चैत्र, काठमाण्डौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले चैत्र ४ र ५ गते आयोजना गर्ने भनिएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग आज दुई घण्टा भन्दा बढी छलफल गरेर फर्किएका नेता नेपालले राष्ट्रिय भेला नरोकिने बताउनुभएको हो । ओली समूहसँगको सम्वाद सकारात्मक हुन नसकेकाले भेला नरोकिने बताईएको छ । धुम्बाराहीबाट फर्किएपछि खनाल र नेपाल समूहले बानेश्वरमा केन्द्रीय सदस्य..

ओली–नेपाल पक्षबीच भएको वार्ता निष्कविहिन

२ चैत्र, काठमाण्डौँ । नेकपा एमालेको विवाद समाधान गर्ने प्रयासस्वरुप आज अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षबीच भएको वार्ता ठोस निष्कर्षमा पुग्न सकेन । एमाले मुख्यालय धुम्बाराहीमा भएको वार्तामा दुवै पक्षले आ–आफ्ना अडान नछोडेपछि सहमति जुट्न नसकेको हो । तीन महिनाभन्दा लामो अन्तरालमा ओली र माधव आमनेसामने भएका हुन् । झण्डै तीन घण्टा चलेको छलफलमा तातोपानी पिउँदै दुई समुहबीच आन्तरिक राजनीतिका तातो गफ चलेको थियो । त्यस क्रममा..