१४ वैशाख, काठमाण्डौँ । आजमात्र नेपालमा ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा चार हजार ३४६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टिजेन विधिबाट एक हजार नौँ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै बितेको २४ घण्टामा थप १८ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या तीन लाख सात हजार ९२५ पुगेको छ भने निको हुनेको संख्या दुई लाख ७८ हजार ५०६ पुगेको छ । यस्तै मृतकको संख्या तीन हजार १९४ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको छ ।