दीपक मनाङ्गे गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्रीमा नियुक्त

दीपक मनाङ्गे गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्रीमा नियुक्त


१६ वैशाख, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

उहाँले स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे)लाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । मनाङ्गेलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

उहाँले आज नै पद तथा गोपनीयताको सपथ लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराउनुभएको हो ।

मन्त्रीमा नवनियुक्त मनाङ्गे मनाङबाट स्वतन्त्र सांसदको रुपमा निर्वाचित हुनुभएको थियो ।

मनाङ्गेलाई मन्त्री बनाएसँगै सामाजिक विकास मन्त्रालय फुटाएर नयाँ मन्त्रालयका रुपमा युवा तथा खेलकुद बनाइएको छ ।

माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि रिक्त भएको आन्तरिक मामिला तथा कानून, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई दिइएको छ भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री गुरुङ आफैंले राख्नुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर