नेकपा एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक जारी

नेकपा एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक जारी


१२ वैशाख, काठमाण्डौँ । नेकपा एमालेको केन्द्रीय महाधिवेशन आयोजक कमिटीको आजको बैठकले महत्वपूर्ण निर्णय गर्ने जनाईएको छ । वालुवाटारमा विहान १० बजे देखी सुरु भएको बैठक जारी छ ।

आजको बैठकलाई वैशाख ६ र १० गते बसेको बैठकको निरन्तरताको रुपमा समेत हेरिएको छ । बैठकमा नेताहरुको जिम्मेवारी तोक्ने र माधवकुमार नेपाल पक्षका नेताहरुको कारवाही बारे थप छलफल हुने स्रोतको भनाई छ ।

गत ६ गते बसेको बैठकले नेपाल पक्षका नेताहरुलाई स्पष्टीकरण सोधिएको थियो । अधिकांश नेताहरुले स्पष्टीकरण बुझाई सक्नुभए पनि त्यसबारे निर्णय हुन बाँकी छ । आज आकस्मिक बोलाइएको बैठकमा त्यसबारे छलफल र निर्णय हुनसक्ने स्रोतको दाबी छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर