मुख्य समाचार

नेपाली चियाले अन्तराष्ट्रिय बजार पाएसंगै कृषक उत्साहित
२६ माघ, इलाम । नेपाली चियाले ट्रेडमार्क पाएसंगै इलामका कृषक उत्साहित भएका छन् । चियाको ट्रेडमार्क भारत र अमेरिकालगायतका मुलुकमा दर्ता भएपछि इलामका चिया कृषक उत्साहित भएका हुन् । चिया खेती शुरु गरीएको एक सय ५७ वर्षपछि नेपालमा उत्पादित चियाले अन्तर्राष्ट्रिय बजार पाउने भएपछि कृषकहरु उत्साहित भएका हुन् । पाँच महिना अघि इलामको सूर्याेदय नगरपालिकामा घोषणा गरिएको नेपाली चियाको ट्रेडमार्र्क भारत र अमेरीकामा दर्ता भएको छ । चिया खेती भएको..

के सत्ता चलाउनेहरु पनि भावुक हुन्छन् ?
२६ माघ, काठमाण्डौँ । के सत्ता चलाउनेहरु भावनामा डुब्न पुग्छन् ? भनिन्छ भावनामा परेमा सत्ता चलाउन सहज हुँदेन । राजनीतिको उचाईमा पुगेकाहरुको मुटु दरिलो हुन्छ र भावनामा पर्न चाहँदैनन् । तर, यति भन्दा भन्दै अनायासै भावुक बन्न पुग्छन् । यस्तै भए प्रधानमन्त्री केपी शर्मा ओली । २३ माघमा नेकपाको आफ्नो समूहले आयोजना गरेको जनसभामा ओली भावुक बन्नुभयो । भाषणका दौरान उहाँ बोल्नै नसक्ने गरी रोक्किनुभयो । उहाँको पक्षमा नारा लाग्न..

पूर्वी नाका काँकडभिट्टा खुलेसंगै आवतजावतमा सहज
२५ माघ, झापा । पूर्वी नाका झापाको काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौं मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो । नाकाबाट ठूला सवारी साधन आवतजावतमा रोक लगाए पनि मोटरसाइकल, सिटीरिक्सा तथा पैदलयात्रीलाई भने सहज भएका कारण दैनिक सयौं नेपाली भारतीय सीमावर्ती बजार पानीट्याङ्की, नक्सलबाडी, सिलगुढीलगायतका क्षेत्रमा औषधि, लत्ताकपडा र खाद्यान्न खरीदका लागि जाने र नेपालतर्फ आउने क्रम बढेको छ ।..

प्रदेश–१ प्रदेशसभा बैठक अन्योलमा
२५ माघ, विराटनगर । नेकपा विभाजनका कारण आजका लागि बोलाइएको प्रदेश–१ प्रदेशसभा बैठक केही दिन स्थगित गर्ने कि सुचारु गर्ने भन्नेमा नेकपाको दुई पक्षबीच विवाद भएको छ । नेकपाको ओली पक्ष आजका लागि बोलाइएको प्रदेशसभा बैठक केही दिन स्थगित गर्नुपर्ने पक्षमा उभिएको छ भने प्रचण्ड–माधव पक्ष बैठक रोक्न नहुने पक्षमा उभिएको छ । सोही विवादका कारण ११ बजेलाई बोलाइएको परामर्श समतिको बैठक समेत एक घण्टा ढिलो १२ बजेपछिमात्रै सुरु भएको..

श्रमजीवि पत्रकाहरुका लागि राहत प्याकेज ल्याउने संञ्चार मन्त्री गुरुङको घोषणा
२५ माघ, काठमाण्डौँ । संञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोना प्रभावित श्रमजीवि पत्रकाहरुलाई राहत प्याकेज ल्याउने घोषणा गर्नु भएको छ । सरकारका प्रवक्ता समेत रहनुु भएका मन्त्री गुरुङले त्यसका लागि आवश्यक सुुझाव दिन नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायलाई आग्रह समेत गर्नुभयो । ‘कोरोना प्रभावित सञ्चार गृह र श्रमजीवि पत्रकारहरुलाई तत्काल राहत दिनका लागि आवश्यक सुुझाव दिन म पत्रकार र पत्रकारहरुको संघ, संगठन सबैलाई आग्रह गर्दछुु,’ मन्त्री गुुरुङले भन्नुभयो, ‘सरोकारवाला..

अष्टलक्ष्मी शाक्य सहित दाहाल–नेपाल समूहका नेता कार्यकर्ता पक्राउ
२२ माघ, काठमाण्डौँ । दाहाल–नेपाल समूहले घोषणा गरेको आमहडताल सफल बनाउन सडकमा उत्रिएका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलाई पनि कलंकीबाट पक्राउ गरेको छ । उनीसँगै अन्य नेता तथा कार्यकर्ताहरुलाई पनि प्रहरीले पकाउ गरेको छ । कलंकीबाट नेतृ शाक्य पक्राउ परेकी हुन् । आज आमहड्ताल गरेको समूहका आधा दर्जन नेता–कार्यकर्तासहित प्रहरी र सशस्त्रको समूहले शाक्यलाई नियन्त्रणमा लिएको हो । हड्ताल सफल..

पूर्ववत रुपमै सार्वजनिक यातायात, उद्योगधन्दा संञ्चालन गर्न गृह मन्त्रालयको आग्रह
२२ माघ, काठमाण्डौँ । सरकारले पूर्ववत रुपमै सार्वजनिक यातायातलगायत आ–आफ्नो उद्योगधन्दा, पेशा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले आज आह्वान गरेको भनिएको आमहडतालका क्रममा संविधान तथा प्रचलित कानूनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न अनुरोध गरेको छ । मन्त्रालयले आमहडतालका क्रममा शान्ति सुरक्षामा खलल पुग्ने सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग..

लिखित जबाफ पेश गर्न प्रचण्डलाई सर्वाेच्च अदालतको आदेश
२१ माघ, काठमाण्डौँ । सर्वाेच्च अदालतले नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लिखित जबाफ माग गरेको छ । अदालतको अपहेलनासम्बन्धी मुद्दामा सर्वाेच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज प्रचण्डका नाममा कारण देखाउ आदेश जारी गरेको हो । प्रचण्डले विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी अभिवक्ति दिएको भन्दै अधिवक्ता समीर हायूले सर्वाेच्चमा अवहेलनासम्बन्धी रिट दायर गर्नुभएको थियो ।

संवैधानिक आयोगका प्रमुख तथा सदस्यद्वारा शपथग्रहण
२१ माघ, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम संवैधानिक निकायका रिक्त पदमा विभिन्न पदाधिकारीलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीको समुपस्थितिमा नवनियुक्त प्रमुख आयुक्त, आयुक्त, अध्यक्ष तथा सदस्यलाई राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथग्रहण गराइएको हो । उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलको पनि सहभागिता थियो । संवैधानिक निकायका प्रमुख आयुक्त र..

संवैधानिक परिषदको बैठक आज बस्दै
२० माघ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषदको बैठक बोलाउनुभएको छ । यसअघिको बैठकबाट संवैधानिक परिषदहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गरेको दुई दिनपछि परिषदको बैठक बोलाइएको हो । प्रधानमन्त्री ओलीले आज साँझ पाँच बजे संवैधानिक परिषदको बैठक बोलाउनुभएको हो । विविध विषयमा छलफल गर्न बैठक बोलाइएको बालुवाटार स्रोतले बताएको छ । सरकारले अध्यादेश जारी गरी परिषदका बहुमत सदस्यबाट निर्णय गर्न सक्ने व्यवस्था गरेको छ..