मुख्य समाचार
प्रधानमन्त्री ओली र जसपाका नेताहरुबीच भेटवार्ताः जसपाको प्रस्तावमा ओली सकारात्मक
२७ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टीका नेताहरुले बालुवाटारमा भेटवार्ता गरेका छन् । भेटमा सत्ता समिकरणबारे कुराकानी भएको थियो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भेट सकारात्मक भएको जानकारी दिनुभएको छ । उहाँले भोलिपनि कार्यदलस्तरीय भेटवार्ता हुने ट्वीटरमार्फत उल्लेख गर्नुभएको छ । भेटमा जसपाले संविधान संशोधन, रेशम चौधरीको रिहाईको विषय अगाडि सारेको थियो । आफूहरुका मागको सम्बोधन पहिलो प्राथमिकतामा रहेको बताएका थिए । भेटमा सत्तापक्षबाट..
नेपाली राजनीतिका ‘किङ मेकर’ देउवा किन शान्त ?
२७ फाल्गुन, काठमाण्डौं । देशमा राजनीतिक अस्थिरता चरम विन्दुमा पुगेको बेला सत्ता समीकरणबारे काँग्रेस सभापति शेरबहादुर देउवा मौन जस्तै छन् । एकमना सरकार चलाएको ‘नेकपा’ एमाले र माओवादी केन्द्रमा फर्किँदा पनि देउवामा हलचल आएको छैन । नेपाली राजनीतिमा उथलपुथल हुँदा पनि निर्णायक शक्ति केन्द्र देउवा निवास बूढानीलकण्ठ शान्तजस्तै छ । वर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार जोगाउन र नयाँ सरकार..
आज महाशिवरात्रि, शिवको पूजाराधना गरी आज देशभर मनाइँदै
२७ फाल्गुन, काठमाण्डौं । आज हिन्दुहरूको प्रमुख चाड महाशिवरात्रि । महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ ।भगवान शिवको प्रमुख पर्वको रुपमा मनाउने गरिएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । भगवान शिवजी उत्पत्ति भएका रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा..
प्रधानमन्त्री पदसँग मतलब छैन, पार्टी सभापतिका लागि तयार छुः शेरबहादुर देउवा
२६ फाल्गुन, काठमाण्डौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू संग प्रधानमन्त्री बन्ने कुनै उद्देश्य नभएको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री पदसँग कुनै मतलब नै नभएको बताउदै पार्टी सभापतिका लागि भने आफु तयार रहेको बताउनुभएको हो । आज कांग्रेस सम्बद्ध आदिवासी जनजाति नेताहरूसँगको भेटमा पूर्व प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो–‘प्रधानमन्त्री पदसँग मतलब छैन् । बरु, फेरि सभापति बन्ने मेरो उद्देश्य छ ।’ उक्त भेटमा..
विखण्डनवाद र हिंसाको अन्त्यपछि मुलुक शान्तिपूर्ण युगमा प्रवेश गरेको छः प्रधानमन्त्री ओली
२६ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विखण्डनवाद र हिंसाको अन्त्यपछि मुलुक नयाँ शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभएको छ । सिंहदरबारमा आज आयोजित राष्ट्रिय सुरक्षा परिषदको २०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले विखण्डनवाद र हिंसाको अन्त्य गरेर मुलुकलाई शान्तिको नयाँ अध्यायमा प्रवेश गएको बताउनुभएको हो । उहाँले हिंसात्मक बाटोमा लागेका सबैलाई शन्तिपुर्ण मार्गमा ल्याउन सफल भएको उल्लेख गर्नुहुँदै हिंसात्मक आन्दोलनमा लागेको विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउनु कसैको पराजय र..
ओली सरकारलाई नै दुई वर्ष टिकाउनु पर्छः झलनाथ खनाल
२६ फाल्गुन, काठमाण्डौँ । सत्तारूढ दल नेकपा (एमाले)का वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टीको नेतृत्वको सरकारलाई नै दुई वर्ष टिकाउने बताउनुभएको छ । आजको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा नेता खनालले यस्तो प्रतिक्रिया दिनुभएको हो । प्रतिनिधिसभाको पूरा कार्यकालभरि नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई टिकाउने खनालको भनाई आएको हो । उहाँले यही सरकारलाई दुई वर्ष टिकाउनतिर आफुहरु लागेको र अब संसद्मा हुन सक्ने विभिन्न खेलतिर नलागी..
प्रतिनिधिसभाको बैठक चैत्र ३ गते बस्नेगरि स्थगित
२६ फाल्गुन, काठमाण्डौँ । प्रतिनिधिसभाको अर्काे बैठक आगामी चैत्र ३ गते मंगलबार दिउँसो १ बजे बस्नेगरि स्थगित भएको छ । आजको बैठकमा शोक प्रस्ताव पारित गरेको थियो । बैठक सुरु भएलगत्तै सभामुख अग्नि प्रसाद सापकोटाले शोक प्रस्ताव वाचन गर्नुभएको थियो । बैठकमा निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित भएको हो । आजको बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने भनिएको थियो । त्यसको लागि प्रधानमन्त्री केपी शर्मा ओली पनि..
माओवादीबाट मन्त्री बनेकाहरु पुनः माओवादीमा नफर्किने
२६ फाल्गुन, काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र)बाट मन्त्री बनेकाहरु अब नेकपा (एमाले) मा समाहित हुने भएका छन् । सर्वाेच्च अदालतको फैसलाअनुसार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) तत्कालकै अवस्थामा पुगेको छ । दुई पार्टी अलग–अलग भएपछि माधव नेपाल, झलनाथ खनालहरु एमालेमै फर्किएका छन् । तर, माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु भने माओवादीमा नजाने बरु सांसद पद नै माया मारेर एमालेमै बस्ने निधोमा पुगेका छन् । उनीहरुको निश्कर्ष सुनेपछि एमाले अध्यक्ष तथा..
प्रतिनिधि सभाको दोस्रो बैठक आज बस्दै, ७ वटा अध्यादेश पेस गर्ने कार्यसूची
२६ फाल्गुन, काठमाण्डौँ । पुनस्र्थापनापछि प्रतिनिधि सभाको दोस्रो बैठक आज (बुधबार) बस्दै छ । संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने छ । आजको बैठकमा सात वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य संञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेस गर्ने कार्यक्रम छ..
सर्वाेच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दियो
२३ फाल्गुन, काठमाण्डौँ । सर्वाेच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दर्ता खारेज गरिदिएको छ । सर्वाेच्च अदालतले ऋषि कट्टेलद्वारा जारी रिटमाथि फैसला गर्दै आज यस्तो आदेश गरेको हो । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भइसकेको अवस्थामा सोही पार्टीसँग नाम मिल्ने गरी नयाँ पार्टी दर्ता गर्न नमिल्ने आदेश..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७