प्रधानमन्त्री ओलीविरुद्ध तत्काल अविश्वासको प्रस्तावमा नजाने जसपाको निर्णय

१४ वैशाख, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध तत्काल अविश्वासको प्रस्तावमा नजाने निर्णय गरेको छ । आज बसेको पार्टीका शीर्ष ६ नेताहरुको बैठकमा सरकारविरुद्ध आउने अविश्वासको प्रस्तावमा जाने कि नजाने भन्नेबारे छलफल भएको थियो । तर, तत्काल अविश्वासको प्रस्तावको पक्षमा जान नसकिने निश्कर्ष निकालिएको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । पछिल्लो समय जसपा सत्ता समिकरणमा तानातानमा परेको छ । प्रधानमन्त्री ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुर र..

गण्डकी प्रदेशमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश

१४ वैशाख, कस्की । गण्डकी प्रदेश सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । सोमबार देखी सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गर्नुभएको हो । प्रस्ताव पेश गर्दै नेता कृष्णचन्द्र नेपालीले संघीय र प्रदेश सरकार असंवैधानिक र अलोकतान्त्रिक बाटोमा हिँडिरहेकाले अविश्वासको प्रस्ताव ल्याइएको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने असंवैधानिक कदमलाई..

उपत्यकामा वैशाख १६ देखि अत्यावश्यक बाहेकका सेवा बन्द

१४ वैशाख, काठमाण्डौँ । काठमाडौँ उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका अन्य सेवा र यातायात बन्द गरिएको छ । आज काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सो आदेश जारी गरी अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण नेपालमा समेत फैलिएको र पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकामा समेत संक्रमण तीव्र रूपमा बढिरहेको हुँदा उक्त..

नेकपा एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक जारी

१२ वैशाख, काठमाण्डौँ । नेकपा एमालेको केन्द्रीय महाधिवेशन आयोजक कमिटीको आजको बैठकले महत्वपूर्ण निर्णय गर्ने जनाईएको छ । वालुवाटारमा विहान १० बजे देखी सुरु भएको बैठक जारी छ । आजको बैठकलाई वैशाख ६ र १० गते बसेको बैठकको निरन्तरताको रुपमा समेत हेरिएको छ । बैठकमा नेताहरुको जिम्मेवारी तोक्ने र माधवकुमार नेपाल पक्षका नेताहरुको कारवाही बारे थप छलफल हुने स्रोतको भनाई छ । गत ६ गते बसेको बैठकले नेपाल पक्षका नेताहरुलाई..

विनाशकारी भूकम्प गएको आज ६ वर्ष पुरा !

१२ वैशाख, काठमाण्डौँ । ठिक आजकै दिन, छ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको छैटौँ स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठीको आयोजना गरेको छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिने र त्यसमाथि विज्ञले टिप्पणी गर्नुहुने कार्यक्रम रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो । वि.सं. २०७२ वैशाख १२..

त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटमा नेपालको कीर्तिमानी जीत

११ वैशाख, काठमाण्डौँ । त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै कीर्तिमानी जीत हाँसिल गरेको छ । आजर त्रिविको क्रिकेट मैदानमा भएको खेलमा नेपालले १४२ रनको सानदार जित हाँसिल गरेको हो । ५ डिसेम्बर २०१९ मा नेपालले भुटानलाई १४१ को कीर्तिमानी जीत दर्ता गराएको थियो । सोही रेकर्डलाई तोड्दै आज नेपालले नेदरल्याण्डलाई १४२ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३..

प्रधानमन्त्री ओलीद्धारा पुनर्निर्मित २२ तले धरहराको उद्घाटन (फोटो हेर्नुहोस्)

११ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुनर्निर्मित धरहराको उद्घाटन गर्नुभएको छ । २०७२ को भूकम्पले ढालेको धरहरा ठडिएसँगै ओलीले एक समारोहकाबीच पुनर्निर्मित धरहराको प्रवेशद्वारमा राखिएको शिलालेखको प्रधानमन्त्रीले अनावरण गरि उद्घाटन गर्नुभएको हो । धरहराको फेदमा निर्माण हुनुपर्ने संरचनागत कामहरु भने अझै सकिएको छैन । उद्घाटनपछि प्रधानमन्त्रीले लिफ्टबाट धरहराको २० औँ तलामा पुगेर पुष्पवृष्टि गर्नुभयो । भूकम्पबाट क्षतिग्रस्त भएको धरहरा पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फाल्गुन..

एमालेलाई फुटबाट जोगाउन ओली र नेपालबीच भेटवार्ता

८ वैशाख, काठमाण्डौँ । नेकपा एमालेको फुट जोगाउन अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । नक्शालस्थित होटल मेरिअटमा दुई नेताबीच भेटवार्ता सुरु भएको हो । भेटमा एमालेको एकता जोगाउने सुत्रबारे छलफल चलिरहेको बुझिएको छ । भेटवार्ताको वातावरण योगेश भट्टराईले गर्नुभएको हो । उहाँले आज दिउँसो बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेट्नुभएको थियो । दुई नेताबीच सेतुको भूमिका निभाएर भट्टराईले आफु आफ्नो कदमबाट ब्याक बनाउने..

मेची भन्सार कार्यालयमा राजस्व असुली लक्ष्यको तुलनामा १४ प्रतिशतले वृद्धि

५ वैशाख, झापा । चालु आर्थिक वर्ष २०७७/०७८ को नौ महिनामा मेची भन्सार कार्यालय काँकरभिट्टाले राजस्व असुली लक्ष्यको तुलनामा १४ प्रतिशतले वृद्घि गरेको छ । प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माका अनुसार साउनदेखि चैतमहिनासम्म राजस्व असुली लक्ष्य ८ अर्व, ५२ करोड ३० लाख २२ हजार रुपैयाँ भएपनि ९ अर्व ७२ करोड ८४ लाख ३७ हजार अथवा १ सय दशमलव १४ प्रतिशत राजस्व संकलन गरेको छ । जुन रकम लक्ष्यको तुलनमा १४..

पार्टीको ह्विप उल्लंघन गर्ने कर्णाली प्रदेशका सांसदलाई मन्त्री पद उपहार

५ वैशाख, काठमाण्डौँ । पार्टीको ह्विप उल्लंघन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने एमालेका तीन प्रदेशसभा सदस्यलाई मन्त्री बनाइएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत लिए पश्चात शनिबार मन्त्रिपरिषद हेरफेर गर्ने निर्णय गर्नुभएको हो । यसअघि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मा पाएका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मा दिइएको छ भने मुख्यमन्त्रीले नै सम्हाल्दै आएको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा अमरबहादुर थापा..