मुख्य समाचार

सर्वदलीय बैठकमा कोरोना नियन्त्रण तथा उपनिर्वाचनको विषयमा छलफल भयोः मन्त्री ज्ञवाली
४ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा कोरोना सङ्क्रमण नियन्त्रण, उपनिर्वाचन तथा प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आज बसको बैठकमा कोरोना नियन्त्रण, उपनिर्वाचन तथा संसद् बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । मन्त्री ज्ञवालीले बैठकमा सहभागी राजनैतिक दलका नेताहरूले कोरोना भाइरसको बढ्दो सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह..

पार्टीको साधारण सदस्य समेत नरहने गरी एमालेद्धारा ३ सांसदलाई कारवाही
४ बैशाख, काठमाण्डौँ । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पार्टीका ३ सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ । आज बसेको पार्टीको बैठकले वैशाख ३ गतेदेखि नै लागू हुनेगरी प्रदेशसभा सदस्यत्रय नन्दसिंह बुढा, अमर बहादुर थापा र कुर्मराज शाहीलाई पार्टी सदस्यसमेत नरहने गरी निष्काशन गरिएको प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्य समेत रहेका..

कर्णलीमा फ्लोर क्रस गर्ने सांसदहरुलाई कारवाही गर्ने तयारी
३ बैशाख, काठमाण्डौँ । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार सांसदलाई कारवाही गर्ने तयारी भएको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलले फ्लोर क्रस गर्ने सांसदहरुप्रति आक्रोश व्यक्त गर्दे कारवाही गर्ने संकेत गर्नुभएको हो । उहाँले पार्टीका सांसदहरुबाट राजनीतिक अपराध गर्ने काम भएको प्रतिक्रिया दिनुभएको छ । यस्तो क्रियाकलाप जिम्मेवार व्यक्तिहरुबाट हुने आफूले नसोचेको पनि उहाँले बताउनुभएको छ । फ्लोर क्रस गर्ने सांसदहरुलाई कारवाही गर्न कर्णाली प्रदेश एमाले संसदीय..

फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री शाही विश्वासको मत लिन सफल
३ बैशाख, काठमाण्डौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नु भएको छ । आज कर्णाली प्रदेश सभामा भएको मतदान प्रक्रियामा नेकपा एमालेका चार जना सांसदले पार्टीको ह्विप उल्लङ्घन गर्दै मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई मतदान गरेपछि उहाँले विश्वासको मत प्राप्त गर्नु भएको हो । नेकपा माओवादी र नेपाली काँग्रेससँग बहुमत नभएकाले शाही नेतृत्वको सरकार ढल्ने लगभग पक्का थियो । तर आश्चर्यजनक तरिकाले नेकपा एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा,..

भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका सिल
२ बैशाख, झापा । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि नेपालको पूर्वी नाका सिल गरिएको छ । आज (बिहीबार) बिहानदेखि ७२ घण्टाका लागि सिल गरिएको हो । पश्चिम बङ्गालमा वैशाख ४ गते राज्य सभाको निर्वाचन छ । उक्त निर्वाचनलाई लक्षित गर्दै काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको बताउनुभयो ।..

सत्ता कब्जा गर्ने महत्वाकांक्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाइयोः प्रधानमन्त्री ओली
१ बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेहरुले आफ्नो सत्ता कब्जा गर्ने महत्वाकांक्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाएको बताउनुभएको छ । आज काठमाडौंमा लोकतन्त्रका योद्धालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही मान्छेहरुले सत्ता कब्जा गर्नका लागि आफू प्रधानमन्त्री हुन नपाएपछि प्रतिगमन भयो भनेर कराउँदै हिँडेको बताउनुभयो । संविधान, व्यवस्था र जनताको अधिकार, लोकतन्त्रका मूल्य र मान्यता केही पनि नखोसिएको तर केही मान्छेका इच्छा र आकांक्षा..

प्रतिकूल अवस्थामा पनि २०७७ साल सफल वर्ष रह्योः प्रधानमन्त्री ओली
१ बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकूल अवस्थामा पनि २०७७ साल राजनीतिक, आर्थिक र सामाजिक हिसावले सफलताको वर्ष रहेको बताउनुभएको छ । नयाँ वर्ष २०७८ सालको अवसरमा देशबासीलाई शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले विभिन्न प्रकारका हल्लाहरुमा नअलमलिएर राष्ट्र निर्माणमा अघि बढ्न आह्वान गर्नुभएको हो । आपसमा फुट र बैमनष्यता नभइ राष्ट्रिय एकताका साथ सरकारले नयाँ वर्ष २०७८ सालमा नयाँ कामहरु गर्न लागेको जानकारी गराउनुहुँदै प्रधानमन्त्री ओलीले कोरोना संक्रमणबाट..

नेपाल पत्रकार महासंघको मतगणना सम्पन्नः अध्यक्षमा विपुल पोखरेल निर्वाचित
२८ चैत्र, काठमाण्डौँ । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित हुनुभएको छ । आज अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी प्यानलका उम्मेद्धवार पोख्रेल नेतृत्वको संयुक्त प्यानल नै विजयी भएको हो । अध्यक्ष पोखरेलले प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक पत्रकार प्यानलका निर्मला शर्मालाई तीन हजारभन्दा बढी मतान्तरले पराजित गर्नुभएको छ । पोखरेल प्यानलकै रमेश विष्टले वरिष्ठ उपाध्यक्षमा माधव नेपाललाई पराजित गर्नुभयो । महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित हुनुभएको छ..

विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेः प्रधानमन्त्री ओली
२८ चैत्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको भन्दै कटाक्ष गर्नुभएको छ । नेपाली काँग्रेससहित माओवादी केन्द्र र जसपाबीच वैकल्पिक सरकार गठनका लागि औपचारिक छलफल सुरु भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले आक्रोश पोख्दै तीन दलका नेताहरुलाई विकास विरोधीको संज्ञा दिनुभएको हो । आज काठमाडौँमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास विरोधीहरु..

राष्ट्रपति चुरे–तराई संरक्षण समितिको अध्यक्षमा डा. किरण पौडेल (मन्त्रिपरिषद् बैठकका निर्णय)
२७ चैत्र, काठमाण्डौँ । सरकारले विदेशमा बस्ने नेपाली समुदायलाई माध्यमिक तहसम्म नेपाली पाठ्यक्रमअनुसार पठनपाठन संञ्चालन गर्न चाहेमा सर्तसहित अनुमति दिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति दिएको छ । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न संञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा संञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले विदेशमा बस्ने नेपाली समुदायले नेपाली पाठ्यक्रममा शिक्षण सिकाई क्रियाकलाप संञ्चालन गर्न चाहेमा सम्बन्धित देशको कानुनअनुसार दर्ता गरी..