सर्वाेच्चमा विचाराधीन मुद्दामा मौन बस्न ओली पक्ष तयार

सर्वाेच्चमा विचाराधीन मुद्दामा मौन बस्न ओली पक्ष तयार


२६ असार, काठमाण्डौँ । नेकपा एमालेमा एकताका लागि प्रयासरत कार्यदलले सहमतिका लागि भोलि आइतबारको अर्काे भाका राखेको छ । नेताहरुका अनुसार कार्यदल स्तरमा भोलि भोलीसम्मा निष्कर्षमा पुग्न प्रयास हुने बताईएको छ ।

लामो समय अनौपचारिक र सोमबारदेखि निरन्तर कार्यदलस्तरमा वार्ता गरेका दोस्रो तहका नेताहरुले शुक्रबार नै सहमतिनजिक पुगेको दाबी गरेका थिए ।

तर आज सिंहदरबारमा बसेको कार्यदलको बैठकले पनि सहमतिलाई अन्तिम रुप दिन सकेन । कार्यदलका एक सदस्यका अनुसार २ जष्ेठ २०७५ मा फर्किने, एमाले पुनस्र्थापित भएपछि भएका निर्णयहरु फिर्ता लिने लगायतमा सहमति जुटेको छ । सर्वाेच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा मौन बस्न पनि अध्यक्ष केपी शर्मा ओली पक्ष तयार देखिएको छ ।

यसअघि ओली पक्षले एमालेका २३ निवर्तमान सांसदको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान लिँदै आएको थियो । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले १८ असारमा पार्टी केन्द्रीय कमिटीको बैठक राखेर असार २२ गते साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए । तर नेपाल पक्ष त्यसमा सहमत छैन ।

आजको बैठकमा सहभागी नभएका कार्यदल सदस्य एवं नेपाल पक्षका नेता रघुजी पन्तले पनि विचाराधीन मुद्दामा बोल्न नहुने आफ्नो मत भएको बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर