एमाले लोकतान्त्रिक मूल्य–मान्यता मान्ने शक्ति भएकाले अदालतको फैसला मान्छौँः सुवास नेम्वाङ

एमाले लोकतान्त्रिक मूल्य–मान्यता मान्ने शक्ति भएकाले अदालतको फैसला मान्छौँः सुवास नेम्वाङ


२८ असार, काठमाण्डौँ । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वाेच्च अदालतको फैसला गलत भए पनि स्वीकार गर्ने बताउनुभएको छ । नेकपा एमाले संविधान, लोकतान्त्रिक मूल्य र मान्यता मान्ने शक्ति भएकाले अदालतको फैसला मान्ने नेम्वाङले बताउनुभयो ।

‘यो फैसला प्रति सहमत हुन सक्ने ठाउँ देखिदैन । तर यति हुँदाहुँदै पनि कानूनको शासन र लोकतन्त्रमा विश्वास गर्ने शक्ति भएको कारण सर्वाेच्च अदालतको यो गलत निर्णयलाई हामी मान्छौं’, नेम्वाङले भन्नुभयो । उहाँले संविधान, लोकतान्त्रिक मूल्य र मान्यता वमोजिम निरन्तर संघर्षमा जाने पनि बताउनुभयो ।

अदालतको फैसलाले गम्भीर प्रश्न उठ्ने स्थिति आएको नेम्वाङले बताउनुभयो । संविधान, संवैधानिक अभ्यास र संसदीय प्रश्नहरु माथि समेत प्रश्न उठ्नेगरी फैसला आएको उहाँको भनाई छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर