९ वैशाख, उदयपुर । उदयपुरका थप ८ जनामा व्यक्तिमा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ४० पुगेको छ ।
उदयपुरबाट संकलन गरिएको शंकास्प व्यक्तिहरुको स्वाब धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्यापमा परीक्षणकालागि लगिएको थियो । परिक्षणमा आठै जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या अब ४० पुगेको छ । संक्रमित पुष्टि भएका ८ जनाको थप विवरण आउन बाँकी छ ।
केही समय अघिमात्र उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोभिड १९को संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको थियो ।