
११ वैशाख, उदयपुर । उदयपुर र जनकपुरका थप एक/एक जनामा आज फेरि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस संगै नेपालमा थप दुई जना संक्रमित थपिएका छन् । संक्रमितको संख्या जम्मा ४७ पुगेको छ ।
उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उदयपुरबाट संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ५५ वर्षीया महिलामा भाइरसको संक्रमण पुष्टि भएको हो ।
यस्तै जनकपुरका १४ वर्षीया किशोरमा पनि संक्रमण पुष्टि भएको उहाँले बताउनुभएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था भने सामान्य रहेको पनि उहाँले जानकारी दिनुभयो ।
यसैगरी आजै काठमाण्डौँ स्थित पाटन अस्पतालको आइसोलेनमा उपचाररत दुई जना निको भएर घर फर्किएका छन् । उनीहरु पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका हुन् ।
योसँगै नेपालमा कोरोना निको भएर घर फर्किने संख्या ९ जना पुगेको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७