
१२ वैशाख, काठमाण्डौँ । झापाको दमकमा ७ जनामा गरिएको आरडीटी परीक्षणमा एक जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । प्रारम्भिक चरणमा गरिने आरडीटी परीक्षणका क्रममा ७ जना मध्ये एक जना युवाको रिपोर्ट पोजेटिभ र अन्यको भने नेगेटिभ देखिएको हो ।
पोजेटिभ देखिएका युवा एक महिनाअघि दुवईबाट घर आएका हुन् । विहिवारसम्म ९८ जनामा गरिएको आरडीटी परीक्षणमा पहिलो पटक एकजनाको रिपोर्ट पोजिटिभ देखिएको नगरपालिकाले जनाएको छ ।
एक जनामा पोजिटिभ देखिएपछि पीसिआर परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना संकलन गरी थप अर्का एक जनाको समेत स्वाव संकलनगरी परीक्षणका लागि पठाइएको नगरपालिकाकी प्रवक्ता तथा उपप्रमुख गिता अधिकारीले बताउनुभयो ।
नगरपालिकाले विहिवार जारी गरेको प्रेस बिज्ञप्तीका अनुसार दमकका विभिन्न ३ स्थानमा रहेका क्वारेन्टाइनहरुमा कुल ४१ जनालाई राखेर उनीहरुको स्वास्थ्य अवस्था बारे निगरानी जारी राखिएको छ । ती मध्ये दमकको जामे मस्जिदमा १४, दमक ४ को मानसरोवरको क्वारेन्टाइनमा २१ र बाकी दाहाल प्रतिष्ठानको क्वारेन्टाइनमा रहेका छन ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७