९ वैशाख, सुसरी । भारतको अररियाबाट हिँड्दै आएका सुनसरीका ८ जनालाई प्रहरीले बर्जु गाउपालिकाको अमडुवा सिमा क्षेत्रबाट गएराती नियन्त्रणमा लिएको छ । सुनसरीको दुहवी नगरपालिका वडा नं. १२ घर भएका ति ८ जना लामो समय देखि भारतको अररीया क्षेत्रमा लकडाउनका कारण रोकिएका थिए । लामो समयसम्म पनि लकडाउन नहटेपछि उनिहरु हिड्दै घर आउने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका ८ जना मध्ये ६ जना महिला र २ जना पुरुष रहेको सुनसरीका प्रहरी प्रमुख यज्ञ विनोद पोख्रेलले बताउनुभयो ।
नियन्त्रणमा लिईएका ८ जनालाई हाल दुहवी नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ । उनिहरुको थप स्वास्थ्य परिक्षणकालागि विराटनगर स्थित अस्थायी कोरोना अस्पताल लैजाने तयारी भइरहेको दुहवी नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक उचित नारायण शाहले बताउनुभयो ।