स्वास्थ्य / जीवनशैली

कोरोना संक्रमित दुई वर्षिया बालिकाको मृत्यु, संक्रमितको संख्या १५६७ पुग्यो
१८ जेष्ठ, काठमाण्डौँ । कोरोना भाइरसको संक्रमण देखिएकी दुई बर्षीया बालिकाको मृत्यु भएको छ । बाजुराकी दुई वर्षिया बालिकाको आज बिहान २ः३० बजे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित बिफ्रिङमार्फत जानकारी दिनुभएको छ । बालिकाको पिसिआर परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको जनाइएको छ । संक्रमित बालिकालाई ज्वरो, श्वासप्रस्वासको समस्या र पखला देखिएपछि बाजुरा अस्पतालमा १५ गते भर्ना गरिएको थियो । उनको बाजुरा जल्ला अस्पतालको..

थप १८९ जनामा कोरोनाको संक्रमण, कुल संक्रमित संख्या १४ सय १ पुग्यो
१७ जेष्ठ, इलाम । आज थप १८९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा. विकास देवकोटाले यो जानकारी गराउनुभएको हो । यो सँगै कुल संक्रमितको संख्या १४ सय १ पुगेको छ । एक हजार दुई सय ८८ जना पुरुष र एक सय १३ जना महिला छन् । देवकोटाअनुसार हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २१९ पुगेको छ । जसमध्ये १७२ जना पुरुष..

भारतबाट दुहबी आएका २३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ
१७ जेष्ठ, सुनसरी । सुनसरीको दुहवीमा भारतबाट आएका २३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु सबैको पिसिआर विधीबाट परिक्षण गर्नका लागि स्वाब संकलन गरी विराटनगरको कोशी अस्पताल (कोरोना उपचार केन्द्र)मा पिसिआर परिक्षण गर्न पठाईएको थियो । उनिहरु २३ जना कै पिसिआर रिपोर्ट नेगेटिभ आएको प्रदेश १ कोरोना उपचार केन्द कोशी अस्पतालले जनाएको छ ।

झापाका २७ जना कोरोना संक्रमितलाई वीपी प्रतिष्ठानले ११ घण्टा पछि मात्रै भर्ना गर्यो
१७ जेष्ठ, सुनसरी । कोरोना संक्रमण पुष्टि भएका झापाका २७ जना कोरोना संक्रमितहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ११ घण्टा पछि मात्रै भर्ना लिएको छ । हिजो राती १० बजे नै प्रतिष्ठान आइपुगे पनि प्रतिष्ठानले भर्ना लिन नमानेपछि संक्रमितहरु रातभर गाडीमा नै बसेका थिए । शैचालय गर्ने ठाउँ पनि नपाएर आइसोलेसन वार्ड बाहिरै परिसरमा नै गएर शैचालय गरेको उनिहरुले बताएका छन् । सो जानकारी पाउन वित्तीकै आज बिहान प्रदेश १..

एकैदिन थपिए १७० कोरोना संक्रमितः १२१२ पुग्यो कुल संक्रमित संख्या
१६ जेष्ठ, काठमाण्डौँ । नेपालमा थप १७० जनालाई कोरोना भाइरसको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिनुभयो । यो संगै नेपालमा संक्रमितको संख्या १२१२ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमण देखिएकामध्ये ५ जनाको मृत्यु भइसकेको छ भने उपचारपछि २ सय ६ जना निको भएका छन् । प्रवक्ता देवकोटाका अनुसार कोसी..

प्रेस युनियन सुनसरीद्धारा दुई सय ६० सञ्चारकर्मीको कोरोना बीमा
१६ जेष्ट, सुनसरी । नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका २६० जना सञ्चारकर्मीको कोरोना बीमा गरिदिएको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार युनियन कार्यसमितिले जिल्लाका २६० जना सञ्चारकर्मीको कोरोना बीमा गरेको हो । ‘हामीले जिल्लामा सक्रिय रहेका २६० जना सञ्चारकर्मीहरुको कोरोना बीमा गरेका हौँ,’ अधिकारीले भन्नुभयो, ‘अहिले दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको र पत्रकार पनि असुरक्षित रहेकाले हामीले कोरोना बीमा गरेका हौँ ।’ उहाँका अनुसार फ्रन्टलाइनमा रहेर..

झापामा फेरी थपिए २८ जना कोरोना संक्रमित, रौतहटमा पनि ५६ संक्रमित फेला
१६ जेष्ठ, काठमाण्डौँ । शुक्रबार(आज) झापाका थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोसी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा थप २८ जनामा कोरोा संक्रमण पुष्टि भएको हो । कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार कोशीमा परीक्षण गर्दा २७ जनाको पोजेटिभ देखिएको हो । संक्रमण पुष्टि भएकाहरु झापाको दक्षिण कचनकवल गाउँपालिकाका हुन । विपी कोइराला..

झापामा कोरोना संक्रमित संख्या ८० पुग्यो
१६ जेष्ठ, झापा । झापाको भद्रपुर नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै झापामा कोरोना संक्रमितको संख्या ८० पुगेको छ । भद्रपुर नगरपालिका ५ स्थित शङ्कर टोल बस्ने ३७ वर्षीय पुरुषमा कोरोना भेटिएको हो । कलवलगुरी प्रशिक्षण केन्द्रको क्वारेनटाइनमा बसेका उनी जेष्ठ ७ गते भारतको मुजफरपुरबाट आएका थिए । भद्रपुर गलगलिया नाकाबाट लुकिछिपी प्रवेश गरेका उनलाई सोजै क्वारेनटाइनमा लगेर राखिएको थियो । क्वारेनटाइनमा बसेका उनको स्वाब सङ्कलन..

झापाको मेचीनगरमा चार महिनामा ६४ जना नयाँ क्षयरोगका विरामी फेला
१६ जेष्ठ, झापा । झापाकोे मेचीनगरमा चारमहिनामा ६४ जना नयाँ क्षयरोगी फेला परेका छन् । यो सँगै मेचीनगरमा नयाँ र पुराना गरी वा नियमित क्षयरोेगको औषधि सेवन गर्नेको संख्या ९२ जना पुुगेको छ । यसअघि नगरमा २८ जनाले क्षयरोगको औषधि सेवन गरिरहेका थिए । विहिबार राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत मेचीनगर नगरपालिकाका स्वास्थ्य केन्द्रहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुसँग सम्पन्न क्षयरोग कार्यक्रम सम्बन्धि दोस्रो चौमासिक गोष्ठीमा सम्बन्धित केन्द्रका क्षयरोग फोकल पर्सनहरुले प्रस्तुत गरेको तथ्याङ्कले..

सोलुखुम्बुमा कसरी पुग्यो कोरोना भाइरस ? ‘संक्रमितको ट्राभल हिस्ट्री छैन’
१५ जेष्ठ, सेलुखुम्बु । प्रदेश–१ को पहाडी जिल्ला सोलुखुम्बमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार(आज) जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाका २७ बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश–१ को ८ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । अहिले सम्म प्रदेश भरीमा संक्रमितको संख्या १०५ पुगेको छ । संक्रमित युवकलाई विराटनगर स्थित कोशी अस्पताल (कोभिड १९ उपचार केन्द्र) पठाइएको सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाङगेल जाङ्बु शेर्पाले बताउनुभयो ।..