झापा र सुनसरीका १६ जना संक्रमित पनि भारतबाटै आएका थिए

झापा र सुनसरीका १६ जना संक्रमित पनि भारतबाटै आएका थिए

८ जेष्ठ, झापा । झापाको कचनकबल गाउँपालिकामा आज थपिएका १५ जना कोरोना संक्रमित पनि भारतबाटै नेपाल आएको पाइएको छ । भारतले मजदुर उद्धारका लागि रेल सेवा सुरु गरेपछि नेपाल छिरेका उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका फोकल पर्सन जीवन चौंलागाईँका अनुसार, उनीहरु पछिल्लो एक साताको अवधिमा नेपाल छिरेका व्यक्ति हुन् । उनीहरुलाई सीमा क्षेत्रबाट सीधै क्वारेन्टाइनमा लगेर राखिएको थियो ।

‘उहाँहरु बम्बई, दिल्लीलगायतका क्षेत्रबाट आउनुभएको थियो,’ चौलागाईंले भन्नुभएको छ , ‘एक सय जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५० जनाको रिपोर्ट आइसकेको छ ।’

हालसम्म भारतबाट झापा आएका २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसअघिका दुई संक्रमित दमक र बाह्रदशी गाउँपालिकाका एक/एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । दुवै जना निको भएर घर फर्किसकेका छन् ।

उता धरानकी कोरोना संक्रमित ५१ वर्षीय महिला पनि दिल्लीबाट फर्किएको पाइएको छ ।

उनका एक जना आफन्त दिल्लीमा उपचाररत थिए । त्यही क्रममा उनी दिल्ली आउजाउ गरेको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय, धरानका प्रमुख सागर प्रसाईंले बताउनुभयो ।

उहाँका अनुसार महिलालाई बिहानै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइसकिएको छ । शंका लागेपछि महिला आफैं परीक्षण गराउन अस्पताल पुगेकी थिइन् ।

धरानमा हालसम्म चार जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । मुलुकभर ४ सय ४४ संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270