कोराना संक्रमितको शुरक्षित उपचारका लागि वीपी प्रतिष्ठानमा तयारी

कोराना संक्रमितको शुरक्षित उपचारका लागि वीपी प्रतिष्ठानमा तयारी

१० जेष्ठ, सुनसरी । कोराना संक्रमित बढ्दै जाँदा यसको नियन्त्रण तथा कुनै अप्रिय घटना भए त्यसको व्यवस्थापनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले तयारी सुरु गरेको छ ।

सक्रमितको उपचारसँगै मृत्युभएमा शव व्यवस्थापनको लागी समन्वय कसरी गर्ने विषयमा प्रतिष्ठानले शुक्रबार धरान उपमहानगरपालिकासँग छलफल गरेको छ ।

छलफलमा प्रदेश सरकार, स्थानिय सरकार, प्रतिष्ठान र सुरक्षा निकायसँगको समन्यवमा सक्रमितको मृत्यु भएमा व्यवस्थापन आपसी समन्वय गरेर अगाडी बढ्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।

धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीका अनुसार कोरोना संक्रमण नियन्त्रण तथा कोरोना संक्रमणबाट आइपर्ने विभिन्न समस्यालाई कसरी व्यवस्थापन गर्ने भन्ने तर्फ छलफल केन्द्रीत भएको थियो ।

उहाँका अनुसार छलफलमा कोरोना संक्रमितलाई अस्पतालसम्म ल्याउने तथा उपचार गर्ने, कन्ट्र्याक ट्रेसिङ, अत्यावश्यक वस्तु उपलब्ध गराउने उत्तम विधि, फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, सञ्चारकर्मी लगायतको पिसिआर परिक्षण गर्नेदेखि संक्रमित भएर मृत्यु भएमा त्यसको अन्तिम संस्कारलाई कसरी व्यवस्थापन गर्ने भन्नेसम्मको छलफल भएको छ । प्रदेश सरकारसँग समन्वय गरेर यी सबै विषय टुग्याउने समेत उपमेयर भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270