आज थप ९ जनामा कोरोना पुष्टि, झापामा ८ संक्रमित थपिए

आज थप ९ जनामा कोरोना पुष्टि, झापामा ८ संक्रमित थपिए

८ जेष्ठ, झापा । आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज अपरान्ह ४ बजे भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा. विकास देवकोटाले यो जानकारी गराउनुभएको हो ।

रुपन्देहीको लुम्बिनीका १ पुरुष र झापाका ८ जना पु्रुषमा कोरानो संक्रमण पुष्टि भएको देवकोटाले बताउनुभयो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ ।

देवकोटाका अनुसार रुपन्देहीका संक्रमित पुरुष २७ वर्षीया हुन् भने, झापाका ८ जना संक्रमितहरु १७ देखि ५५ वर्ष उमेरसम्मका छन् । झापाका नयाँ संक्रमित लक्ष्मी मा.बी.को क्वारेन्टिमा रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेका बताईएको छ ।

यसअघि आज बिहान पनि १७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको थियो ।

यसैबीच हालसम्म कोरोना निको हुनेको संख्या ४९ पुगेको छ । आज टेकु अस्पतालमा उपचार गराइरहेका ४ जना निको भएसँगै कोरोना निको हुनेको संख्या ४९ पुगेको हो । यस्तै कोरोनाबाट सिन्धुपाल्चोक, बाँके र गुल्मीका १–१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270