कोरोना संक्रमणका कारण विश्वभर ३ लाख २९ हजारभन्दा बढीको मृत्यु

कोरोना संक्रमणका कारण विश्वभर ३ लाख २९ हजारभन्दा बढीको मृत्यु


८ जेष्ठ, काठमाण्डौँ । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २९ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाख नाघेको छ ।

वल्डोमिटरर्सको आज बिहानसम्मको तथ्यांक अनुसार ५० लाख ८४ हजार ९ सय १८ जनाका कोरोना देखिएको छ । भने ३ लाख २९ हजार ७ सय १८ ले कोरोना कै कारण ज्यान गुमाएका छन् ।

एकै दिन विश्वभरका १ लाख ६ हजार मानिस कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । यो एकै दिन भेटिएको अहिलेसम्मकै उच्च संख्या हो ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानम गेब्रेयेसुुसले अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित फेला परेको जनाएका छन् ।

नयाँ संक्रमितमध्ये दुई तिहाइ संक्रमित अमेरिका, रुस, ब्राजिल र भारतका छन् ।

डब्ल्यूएचओले आज विहान नै भनेको छः अहिले नै कोरोना भाइरस अन्त्य हुने दिशातर्फ अघि बढिरहेको छ भनेर नबुझ्न पनि सुझाव दिएको छ । जेनेभामा बोल्दै गेब्रेयेसुसले विकसित मुलुक कोरोना भाइरस नियन्त्रणमा आएसँगै लकडाउन खुकुलो पार्ने दिशामा अघि बढिरहेको अवस्थामा गरिब मुलुकमा यो महामारी तीव्र गतिमा फैलिन सुरु गरेको बताएका छन् ।

विगत २४ घण्टामा विश्वभर ४ हजार ७४० जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४५ हजार ८०३ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २७ लाख ३३ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर