वडाध्यक्षद्धरा घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

१९ वैशाख, सुनसरी । सुनसरीको दुहवी नगरपालिका–६ ले वडाका बृद्धबद्धालाई सामाजिक सुरक्षा भत्ता घर घरमै पुगेर बितरण गर्न सुरु गरेको छ । वडाध्यक्ष मुन्ना शाह (हलुवाई)को अगुवाईमा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्न सुरु गरिएको हो । लकडाउनका कारण बैङ्कबाट भत्ता बितरण गर्न नसकिए पछि वडाध्यक्ष शाह आफै सामाजिक सुरक्षा भत्ता बितरण गर्न लागि पर्नुभएको छ । वडा नम्वर ६ मा जम्मा २१५ जना जेष्ठ नागरीक, एकल महिला, दलित,..

लकडाउन पालना नगर्नेलाई अनिवार्य १५ दिन क्वारेन्टाईनमा, खर्च पनि स्वयमले व्यहोर्नु पर्ने

१९ वैशाख, झापा । झापाको मेचीनगरपालिकाले लकडाउन पालना नगर्ने विरुद्ध कडा रुपमा उत्रने निर्णय गरेको छ । अनुमति बिना र आधिकारीक पास बिना मेचिनगरमा प्रवेस गर्ने तथा लकडाउन पालना नगर्नेलाई अनिवार्य रुपमा १५ दिनको क्वारेटाइनमा राखिने भएको छ । नगर प्रमुख विमल आचार्यका अनुसार जुन वडामा लकडाउन पालना नगरी मान्छे हिड्छ वा पुग्छ त्यहि वडामा बनाईएको क्वारेन्टाइनमा उक्त ब्याक्तिलाई राखिने छ । अत्यावश्यक कामका लागि हिडेको भएपनि जानकारी र पास..

रोल्पामा बम विस्फोटभएको १८ घण्टा बित्दा पनि उठ्न सकेन शव

१९ वैशाख, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा हिजो अपराह्न भएको बम विस्फोटमा परी मृत्यु भएका ४ बालबालिकाको शव अझैसम्म पनि उठाउन नसक्दा स्थानिय त्रसित बेनका छन् । घटनास्थल नजिकै अर्काे बम पनि फेला परेपछि मृतक बालबालिकाको शव घटनास्थलमै अझै रहेका छन् । विस्फोट नभएको बम समेत नजिकै फेला परेको त्यो बम डिस्पोट गर्नको लागी नेपाली सेना राति नै घटनास्थल पुगेको छ । तर अझै डिस्पोज नभएका कारण शव उठाउन..

राष्ट्रपति भण्डारीद्धारा श्रमिक दिवसको अवसरमा शुभकामना शन्देश जारी

१९ वैशाख, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना शन्देश जारी गर्नुभएको छ । उहाँले सम्पूर्ण श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको ग्यारेण्टी एवं सामाजिक सुरक्षालगायतका श्रमअधिकार सार्थक रूपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना ब्यक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा अन्तराष्ट्रिय श्रमिक दिवस २०२० को यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायुको कामना..

पार्टी र जनप्रतिनिधिबाट राहत कोषमा ४० लाखभन्दा बढि प्रदान

१८ वैशाख, इलाम । कोरोना भाइरस (ऋइख्क्ष्म्–ज्ञढ) को रोकथाम, नियन्त्रण र उपचार एवं राहत वितरणको लागि इलाम जिल्लाका स्थानीय तहहरुमा बनेको राहत कोषमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट धमाधम राहत रकम जम्मा गर्ने काम भइरहेको छ । पार्टीको स्थानीय कमिटीहरुको तर्फबाट राहत कोषमा योगदान पुर्याउने कार्य भइरहेको नेकपा जिल्ला कमिटी सचिवालय सदस्य एवं कार्यालय सचिव नवराज शंकरले बताउनुभयो । पार्टी कमिटी र पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुको तर्फबाट जिल्लाका..

नेकपा माङ्सेबुङद्धारा एक लाख बढीको राहत सहयोग

१८ वैशाख, इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माङसेबुङ गाउँ कमिटिले एक लाख पाँच हजार मुल्य बराबरको राहत सामग्री गाउँपालिकालाई हस्तान्तरण गरेको छ । आज माङसबेबुङ–३ चतुरेमा गाउँपालिकालाई सो सामग्री हस्तान्तरण गरेको हो । नेकपा माङसेबुङ अध्यक्ष हेमन्त राईले माङ्सेवुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङगो र उपाध्यक्ष सुनिता सुब्बालाई संयुक्त रुपमा सो सामग्री हस्तान्तरण गर्नुभएको हो । राह सामाग्रीमा एक हजार केजी चामल, १५ काटुन तेल, पाँच सय केजी नुन र..

गढी गाउँपालिकाको राहत वितरण पारदर्शी नभएको भन्दै नेकपा गढी गाउँलकमिटीको प्रेश विज्ञप्ती

१८ वैशाख, सुनसरी । सुनसरीको गढी गाउँपालिकाको राहत वितरण प्रति नेपाल कम्यूनिष्ट पार्टी गढी गाउँलकमिटीले असन्तुष्टी व्यक्त गरेको छ । कोरोना भाइरसको महामारी रोकथामका लागि सरकारले जारी गरेको लकडाउनमा गाउँपालिकाले गरेका गतिविधीहरु पारदर्शी नभएको साथै राहत वितरणमा राजनितीक प्रतिसोध लिएको भन्दै नेकपा गढी गाउँ कमिटीले आज प्रेश विज्ञप्ती जारी गरेको हो । गढी वासीहरुको जनजिवन निकै कष्टकर हुँदै गइरहेको समयमा स्थानिय सरकारले प्रभावकारी कदम चाल्न नसकेको सो विज्ञप्तीमा भनिएको छ..

सुनसरीको हरीनगरमा वितरण गरिएको चामल गुणस्तरीय रहेको भन्दै पत्रकार सम्मेलन

१७ वैशाख, सुनसरी । सुनसरीको हरिनगर गाउँपालिकाले वितरण गरेको राहत सामग्री मध्ये चामल प्लाष्टिकको भएको र गुणस्तरहिन भएको भ्रम फैलाइएको प्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज पालिकाले पत्रकार सम्मेलनगरि जारी गरिएको प्रेश विज्ञप्तीमा हरीनगरमा वितरण गरिएको चामल गुणस्तरीय रहेको बताईएको छ । हरिनगर गाउँपालिकाले वितरण गरेको राहत चामल गुणस्तरहिन रहेको भन्दै संञ्चार माध्यममा समाचार आएपछि स्थानियले राहत सामाग्री फिर्ता गरेका थिए । तर पालिकाका प्रमुख प्रशासकिय अधिकृत..

मन्त्री कुसियैतद्वारा सुनसरीका स्थानियतहरुमा राहत वितरण

१७ वैशाख, सुनसरी । प्रदेश–१ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैतले सुनसरीको कोशी गाउँपालिका र इनरुवा नगरपालिलाई राहत हस्तान्तरण गर्नुभएको छ । मन्त्री कुसियैतले आज इनरुवा नगरपालिका र कोशी गाउँपालिकाका वडाहरुलाई १५ सय के.जी. चामल हस्तान्तरण गर्नुभएको हो । पहिलो चरणको राहत कोशी गाउँपालिका–५ का ७६५ घर परिवारलाई वितरण गरिएको थियो भने बाकी रहेको १०० घरपरिवारलाई चामल १५ केजीका दरले हस्तान्तरण गरीएको उहाँका स्वाकिय सचीव केशव..

‘लकडाउन’का कारण झापामा दुई करोड मुल्य बराबरको च्याउमा क्षति

१७ वैशाख, झापा । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम रोक्न जारी गरिएको लकडाउनका कारण गएको एक महिनाको अवधिमा झापामा करिव २ करोड मुल्य बराबरको च्याउ नोक्सानी भएको च्याउ उत्पादक किसान संघले जनाएको छ । विगत १ महतिना देखी जारी लकडाउनका कारण जिल्ला भित्र व्यवसायिक रुपमा सञ्चालन गरिआएका च्याउ उद्योगका किसानले वजारसम्म आप्mना उत्पादन पुर्याउन नसक्दा करिव २ करोड मुल्य बराबरको नोक्सानी व्यहोर्नु परेको संघका जिल्ला संयोजक ज्ञानेन्द्र प्रसाद गौतमले वताउनुभयो..