पार्टी र जनप्रतिनिधिबाट राहत कोषमा ४० लाखभन्दा बढि प्रदान

पार्टी र जनप्रतिनिधिबाट राहत कोषमा ४० लाखभन्दा बढि प्रदान

१८ वैशाख, इलाम । कोरोना भाइरस (ऋइख्क्ष्म्–ज्ञढ) को रोकथाम, नियन्त्रण र उपचार एवं राहत वितरणको लागि इलाम जिल्लाका स्थानीय तहहरुमा बनेको राहत कोषमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट धमाधम राहत रकम जम्मा गर्ने काम भइरहेको छ ।

पार्टीको स्थानीय कमिटीहरुको तर्फबाट राहत कोषमा योगदान पुर्याउने कार्य भइरहेको नेकपा जिल्ला कमिटी सचिवालय सदस्य एवं कार्यालय सचिव नवराज शंकरले बताउनुभयो । पार्टी कमिटी र पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुको तर्फबाट जिल्लाका १० वटै स्थानीय तहमा बनेको राहत कोषमा ५० लाखभन्दा बढी योगदान भएको उहाँले बताउनुभयो ।

इलाम सदरमुकाम समेत रहेको इलाम नगरपालिकाको राहत कोषमा पार्टी नगर कमटीले २० हजार दुई सय बीस रुपैंयाँ जम्मा गरेको नगर कमिटी सचिव नरेन्द्र खड्काले बताउनुभयो । यसैगरी इलाम नगरपालिका वडा नं. ७ वडा कमिटीले १० हजार रुपौंयाँ राहत कोषमा जम्मा गरेको वडा कमिटी संयोजक संजिव राईले बताउनुभयो ।

नेकपा सूर्याेदय नगर कमिटीले नगरपालिकाको राहत कोषमा दुई लाख एक हजार रुपैंयाँ रकम जम्मा गरेको सूर्याेदयन नगर प्रमुख रणबहादुर (आरबी) राईले बताउनुभयो । यस्तै माई नगरपालिकामा भने स्थानीय तहसँगको समन्वयमा वडास्तरमा नै राहत संकलन र वितरणको काम भइरहेको पार्टी नगर कमिटी अध्यक्ष धनकुमार लिम्बूले बताउनुभयो ।

नेकपाले राहत वितरणको लागि माई नगरपालिकाको वडा नं. ७, ८ र १० पालिकाको उपस्थितिमा वडाहरुलाई राहत सामाग्रीहरु उपलब्ध गराएको छ । वडा नं. ७ मा ५० हजार रुपैंयाँ बराबरको राहत सामाग्री, वडा नं. ८ मा इसाई समाज समेतको सहयोगमा एक लाख ६ हजार रुपैंयाँ बराबरको राहत सामाग्री र वडा नं. १० मा ३८ हजार रुपैंयाँ बराबरको राहत सामाग्री प्राप्त भएको नगर प्रमुख दिपक थेवेले बतायनुभयो ।
इलामको माङ्सेबुङ्ग गाउँपालिकामा नेकपा पार्टी कमिटीले आज एक लाख पाँच हजार हजार बराबरको राहत सामाग्री गाउँपालिकालाई हस्तान्तरण गरेको छ । एक हजार केजी चामाल, १५ कार्टुन खाने तेल, पाँच सय केजी नुन र एक सय केजी दाल राहत वितरणको लागि पार्टीको तर्फबाट स्थानीय सरकारलाई हस्तान्तरण गरिएको माङ्सेबुङ्गका पार्टी अध्यक्ष हेमन्त राईले बताउनुभयो ।

चुलाचुली गाउँपालिकामा नेकपा गाउँ कमिटीले ४० हजार रुपैंयाँ रकम जम्मा गरेको छ भने गाउँपालिकामा रहेका सबै ६ वटै वडाहरुले छुट्टै योगदान गरेको पार्टी गाउँ कमिटी कार्यालय सदस्य संजय राईले बताउनुभयो । “वडा नं. ४ र ६ ले १५/१५ हजार तथा वडा नं. ३ ले सात हजार रुपैंयाँ राहत कोषमा जम्मा गरेका छन् ।” उहाँले भन्नुभयो– “वडा नं. १ ले ११ हजार रुपैंयाँ, वडा नं. २ ले १० हजार रुपैंयाँ र वडा नं. ५ ले १० हजार रुपैंयाँ बराबरको राहत तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छौँ ।”

सन्दकपुर गाउँपालिकामा पार्टी कमिटीले ३० थान पीपीई र सात हजार थान मास्क तथा पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघले पाँच हजार थान मास्क स्थानीय सरकारलाई उपलब्ध गराएको गाउँपालिका उपाध्यक्ष शोभा पराजुलीले बताउनुभयो ।

रोङ्ग गाउँपालिकामा केही दिनभित्रै तीन लाख बराबरको खाद्य सामाग्री स्थानीय सरकारलाई उपलब्ध गराउने तयारी भइरहेको त्यहाँका पार्टी अध्यक्ष बृहस्पती खतिवडाले बताउनुभयो । यसैगरी देऊमाई नगरपालिका र फाकफोकथुम गाउँपालिका पार्टी कमिटीको तर्फबाट राहत रकमरसामाग्री स्थानीय सरकारलाई उपलब्ध गराउन तयारी भइरहेको बताइएको छ ।

जनप्रतिनिधि र राजनीतिक नियुक्ति पाएकाको योगदानः
कोरोना भाइरसविरुद्धको राहत कोषमा इलाम जिल्लाका स्थानीय तहहरुमा नेकपाको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरु र पार्टीको तर्फबाट राजनीतिक नियुक्ति पाएकाहरुले २५ लाखभन्दा बढी रकम जम्मा गरेका छन् । इलामका स्थानीय तहमा ७० प्रतिशतभन्दा बढी जनप्रतिनिधिहरु नेकपाको तर्फबाट निर्वाचित छन् ।

जिल्ला समन्वय समितिका जनप्रतिनिधिहरुले १५ दिन बराबरको सुविधा वापतको रकम प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा जम्मा गरेको जिसस प्रमुख गणेशप्रसाद बरालले बताउनुभयो । “प्रदेशको कोषमा एक लाख १३ हजार तीन सय ५५ रुपैंयाँ जम्मा गरेका छौं ।” उहाँले भन्नुभयो– “राजधानीमा रहेको इलाम जिल्लाका विपन्न नागरिकहरुको राहत वितरणको लागि जिल्ला समन्वय समितिको तर्फबाट त्यहाँको समितिलाई ५० हजार रुपैंयाँ पठाएका छौं ।”

इलाम नगरपालिकामा रहेका जनप्रतिनिधिहरुले एक महिनाको सुविधा बराबरको रकम नगरपालिकाको राहत कोषमा जम्मा गरेको नगर प्रमुख महेश बस्नेतले बताउनुभयो । आठ लाख ८५ हजार रुपैंयाँ जनप्रतिनिधिहरुको तर्फबाट नगरको राहत कोषमा जम्मा भएको उहाँले बताउनुभयो । यस्तै सूर्याेदय नगरपालिकामा जनप्रतिनिधिहरुको एक महिनाको सुविधा वापतको सात लाख सात सय १० रुपैंयाँ जम्मा भएको बताइएको छ ।

राहत कोषमा माई नगरपालिकाका जनप्रतिनिधिहरुको १५ दिन बराबरको सुविधा रकम जम्मा गरिएको छ भने देऊमाई नगरपालिकामा निर्णय हुन बाँकी रहेको नगरपालिकाका प्रवक्ता दावा तामाङ्गले बताउनुभयो । सन्दकपुर गाउँपालिका र माईजोगमाई गाउँपालिकाले सबै जनप्रतिनिधिहरुको १ महिनाको सुविधा वापतको रकम स्थानीय राहत कोषमा जम्मा गरेका छन् भने फाकफोकथुम गाउँपालिकामा कार्यपालिका सदस्यहरुको मात्रै एक महिनाको सुविधा वापतको रकम कोषमा जम्मा गरिएको छ ।

चुलाचुली गाउँपालिकामा जनप्रतिनिधिहरुको चैत्र महिनाको सुविधा वापतको रकमबाट २० प्रतिशतले हुन आउने रकम राहत कोषमा जम्मा गरिएको छ भने माङ्सेबुङ्ग गाउँपालिकामा १० दिनको र रोङ्ग गाउँपालिकामा सात दिनको सुविधा वापतको रकम कोषमा जम्मा गरिएको छ ।

यसैगरी नेकपाको तर्फबाट राजनीतिक नियुक्ति लिएर नेपाल सरकार युवा तथा खेलकूद मन्त्रालय राष्ट्रिय युवा परिषद् अन्तर्गत रहेको जिल्ला युवा समितिको कार्यालय इलामको अध्यक्ष समेत रहेका नवराज शंकरले एक महिनाको सुविधा वापतको रकम नेपाल सरकारले स्थापना गरेको राहत कोषमा जम्मा गरेको बताउनुभयो । देशभरका अध्यक्षहरुको सुविधा वापत नेपाल सरकारको राहत कोषमा ११ लाख ८० हजार रुपैंयाँ राहत जम्मा गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर


Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270