रोल्पामा बम विस्फोटभएको १८ घण्टा बित्दा पनि उठ्न सकेन शव

रोल्पामा बम विस्फोटभएको १८ घण्टा बित्दा पनि उठ्न सकेन शव

१९ वैशाख, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा हिजो अपराह्न भएको बम विस्फोटमा परी मृत्यु भएका ४ बालबालिकाको शव अझैसम्म पनि उठाउन नसक्दा स्थानिय त्रसित बेनका छन् ।

घटनास्थल नजिकै अर्काे बम पनि फेला परेपछि मृतक बालबालिकाको शव घटनास्थलमै अझै रहेका छन् । विस्फोट नभएको बम समेत नजिकै फेला परेको त्यो बम डिस्पोट गर्नको लागी नेपाली सेना राति नै घटनास्थल पुगेको छ । तर अझै डिस्पोज नभएका कारण शव उठाउन नसकिएको रोल्पाका प्रहरी नायब उपरिक्षक (डिसपी) चित्रबहादुर गुरुङले जानकारी दिनुभयो । प्रहरीले घटनास्थल सिल गरिसकेको छ ।
उक्त बम विस्फोटमा परी चार बालबालिकाको घटनास्थलमै ज्यान गएको थियो । मृत्यु हुनेमा सातदेखि ११ वर्ष उमेरका तीन बालक र एक बालिका रहेको त्रिवेणी–२ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिनुभयो ।

बम विस्फोट भएको स्थानबाट अलि ढाटा दुम्लाखोलामा २०६२ मा तत्कालीन नेकपा माओवादी र शाही सेनाबीच भिडन्त भएको थियो । सो भिडन्तलाई ‘दुम्ला भिडन्त’ भनेर चिनिन्छ । ०६२ साल ११ पुसमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म भिडन्त भएको थियो । प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन मगरका अनुसार सो भिडन्तमा नेपाली सेना र माओवादी लडाकु दुवै तर्फको क्षति भएको थियो । अहिले जुन बम भेटिएको त्यो चाहिँ अनुसन्धान विषय भएको अहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उक्त बम द्वन्द्वमा नै छाडिएको हो अथवा अरु नै हो भनेर प्रहरीले अनुसन्धान पछि स्पष्ट पार्नुपर्छ ।’

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270