मन्त्री कुसियैतद्वारा सुनसरीका स्थानियतहरुमा राहत वितरण

मन्त्री कुसियैतद्वारा सुनसरीका स्थानियतहरुमा राहत वितरण

१७ वैशाख, सुनसरी । प्रदेश–१ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैतले सुनसरीको कोशी गाउँपालिका र इनरुवा नगरपालिलाई राहत हस्तान्तरण गर्नुभएको छ ।

मन्त्री कुसियैतले आज इनरुवा नगरपालिका र कोशी गाउँपालिकाका वडाहरुलाई १५ सय के.जी. चामल हस्तान्तरण गर्नुभएको हो ।

पहिलो चरणको राहत कोशी गाउँपालिका–५ का ७६५ घर परिवारलाई वितरण गरिएको थियो भने बाकी रहेको १०० घरपरिवारलाई चामल १५ केजीका दरले हस्तान्तरण गरीएको उहाँका स्वाकिय सचीव केशव मैनालीले जानकारी दिनुभएको छ ।

मन्त्री कुसियैतले सुनसरी क्षेत्र नम्बर ४ का भोक्रहा नरसिंह गाउँपालिका, बराहक्षेत्र नगरपालिका, कोशी गाउँपलिकाको आठ वटै वडामा राहत प्याकेजमा १५ सय केजी चामल हस्तान्तरण गर्नुभएको जनाईएइको छ ।

राहत हस्तान्तरण कार्यक्रममा कोशी गाउँपालिका–१ का वडाध्यक्ष राजकुमार शाह, वडा नं. २ का वडाध्यक्ष हिरालाल यादव र ५ नम्बर वडाध्यक्ष साह जमाल सहतिको उपस्थिती रहेको थियो । टोलीले यहाँका दलित, आदिबासी र बेरोजगारीको चपेटामा परेको सबैलाई राहत दिनुपर्ने माग समेत गरेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270